विचार

राष्ट्रिय एकता महाधिवेशन सफल पारौं

राष्ट्रिय एकता महाधिवेशन सफल पारौं

लेखक : मनु विक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशन यही मंसिर १३ देखि २३ गतेसम्म काठमाण्डौमा सम्पन्न हुन गइरहेको छ । “राष्ट्रिय एकता महाधिवेशन भव्यरुपमा सफल पारौं । नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अगाडि बढौं ।”भन्ने मूल नाराका साथ राष्ट्रिय एकता महाधिवेशन सम्पन्न हुन गइरहेको छ । एकता महाधिवशेनको सन्दर्भमा देशव्यापी रुपमा भेला सम्मेलनहरु सम्पन्न भइरहेका छन् । महाधिवेशको प्रचार प्रसार तीव्र रुपमा भइहेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका जिल्ला तथा केन्द्रका कार्यकर्ताहरु महाधिवेशन सफल पार्नकोलागि निरन्तररुपमा जनभेटघाट ,छलफलमा लागिपरेका छन् । महाधिवेशन सफल पार्नको लागि हरतरहले लाग्नु पर्ने भएको छ ।महाधिवेशनकोलागि क्रान्तिकारी कम्युनिष्ट पार्टी…
Read More
दर्शन : मालेमावादको विकासको प्रश्न

दर्शन : मालेमावादको विकासको प्रश्न

लेखक : हस्तबहादुर केसी ” मार्क्सवाद संघर्षद्वारा मात्र विकसित हुन सक्छ , र यो कुरा विगत र वर्तमानका सन्दर्भमा मात्र नभई भविष्यका सन्दर्भमा पनि त्यत्तिकै सत्य हो ।” – माओ त्सेतुङ , Selected Works Of Mao Tse Tung , Vol.v, p.409, Foreign Language Press 1977. मार्क्सवाद – लेनिनवाद – माओवाद विश्व सर्वहारा वर्गको मार्गदर्शक सिध्दान्त हो । यसको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । यस दार्शनिक आलेखमा मार्क्सवाद – लेनिनवाद – माओवादको सैध्दान्तिक तथा दार्शनिक विकास कसरी हुँदै आएको छ भन्ने विषय संक्षेपमा प्रस्तुत गरिनेछ । मार्क्सवादको संक्षिप्त…
Read More
भौतिकवादी सिद्धान्त भनेको के हो ?

भौतिकवादी सिद्धान्त भनेको के हो ?

संसार परिवर्तनशील छ, प्रकृति र सामाजिक जीवनमा निरन्तर विकास र परिवर्तन भइरहन्छ । अब प्रश्न उठ्छ ः संसारमा हुने विकास र परिवर्तनको स्रोत के–के हुन् र तिनलाई हामीले कुन ठाउँमा खोज्नुपर्छ ? सांसारिक परिघटनाहरूका जरा कहाँ रहेका हुन्छन् र कुन आधार र प्रस्थानबिन्दुबाट तिनको व्याख्या–विश्लेषण थाल्नुपर्छ ? कुनै विषय वा प्रक्रियाको अनुसन्धान र खोज गर्ने सम्बन्धमा उक्त सवाल निकै महत्व राख्ने सवाल हो, किनभने यो व्यावहारिक क्षेत्रमा हाम्रो पहुँचसित सम्बन्धित छ र कुनै विषयको अध्ययन र अनुसन्धान गर्दा आधार वा प्रस्थानबिन्दु गलत रहेको खण्डमा त्यसबारे निकालिने निष्कर्षहरू गलत रहन्छन् । संसारमा घट्ने घटनाहरू, सांसारिक चीज तथा तिनका अन्तर्सम्बन्धहरूको व्याख्या–विश्लेषण गर्ने…
Read More
चाडबाडलाई सस्तो तरिकाले मनाऔं

चाडबाडलाई सस्तो तरिकाले मनाऔं

अहिले नेपालीहरुको घर आँगनमा चाडवाड आउँदैछ । विस्तारै वर्षायाम सकिएपछि चाडवाड एक एक गरी दशैं, तिहार, छठ जस्ता चाडवाडहरु नेपालीको घर आँगनमा आउँदै छन् ,यी चाडवाडहरुको सकरात्मक नकरात्मक दुवै पक्ष रहेका छन् । चाडबाड मनाउन सबै आफन्ती इष्ट्रमित्रहरु देश, विदेशबाट आउने गर्दछन् । चाडबाडको समयमा सबैसंग भेटघाट हुन पाइने वषौंदेखि भेटघाट हुन नपाएकारुबीच भेटघाट हुने, दुःख सुखको साटासाट गर्न पाईने, आपसी मेलमिलाप गर्ने समय पाईने हुन्छ ।देशमा रहेका होस या घरमा रहेका खेती किसानी गर्नेहरु होस या कुनै पेशा व्यवसाय गर्नेहरु ,जागिरको शिलशिलामा घरबाहिर रहेकाहरु होस या अध्ययन अध्यापनकोलागि घर छोडेर पर पर पुगेकाहरु जो सुकैले पनि यी चाडबाडको समयमा…
Read More
एकता महाधिवेशन सफल पारौं, पार्टी एकताको स्पीरिटलाई आत्मसात गरौं

एकता महाधिवेशन सफल पारौं, पार्टी एकताको स्पीरिटलाई आत्मसात गरौं

देशका ३ वटा कम्युनिस्ट पार्टी ने.क.पा. (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र नेकपा (बहुमत) का बीच २०७९ सालको मंसिरबाट पार्टी एकताका लागि औपचारिक वार्ता शुरु भएको थियो । त्यसभन्दा पहिले अनौपचारिक वार्ता तथा एमसीसी विरोधी आन्दोलन, चुनाव बहिष्कार आन्दोलन, राष्ट्रघाती नागरकिता विधेयक सम्बन्धी आन्दोलन र अन्य राष्ट्रियता, जनतन्त्र, जनजीविकाका आन्दोलनमा सहकार्य भएका थिए । सहकार्य, वार्ता र छलफलको पृष्ठभूमिमा तीन पार्टीहरुबीच पार्टी एकतालाई अगाडि बढाउने निस्कर्षमा पुगेका थियौं । आधारभूत रुपमा वर्गसंघर्ष, सर्वहारा अधिनायकत्व, बल प्रयोगको सिद्धान्तलाई तीन वटै पार्टीले स्वीकार गरेका थियौं । देशको कम्युनिस्ट आन्दोलन विश्व कम्युनिस्ट आन्दोलनको अभिन्न अंग भएको र सर्वहारा अन्तर्राष्ट्रवादलाई स्वीकार गर्दै विद्यमान दलाल नोकरशाही…
Read More
क्रान्तिकारी आन्दोलनको वर्तमान अवस्था

क्रान्तिकारी आन्दोलनको वर्तमान अवस्था

अहिले विश्वकै क्रान्तिकारी आन्दोलनले धक्का खाएको अवस्था छ ।विश्वमा पूँजीवादी साम्रज्यवादी शक्तिहरुको बोलवाला रहेको छ । विश्वव्यापी रुपमा कही पनि क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको शासन सत्ता आफ्नो हातमा रहेको छैन ।आफूलाई कम्युनिष्ट बताउने पार्टीहरु प्रतिक्रियावादी सत्ताको हिस्सेदार बनेका छन् ।संसदीय व्यवस्थामा रमाइरहेका छन् ।संसदीय निर्वाचनलाई नै आफ्नो रणननीति बनाएका छन् । यही व्यवस्थाबाट नै समाजवाद आउँछ भनिरहेका छन् र उस्तै परे यही व्यवस्था नै समाजवादी व्यवस्था हो भन्दै जनतालाई गुमराहमा राखिरहेका छन् । विश्वको परिवेश जस्तो रहेको छ ।अहिलेको नेपालको परिवेशपनि त्यही प्रकारको रहेको छ ।यहाँका आफूलाई कम्युनिष्ट बताउने पार्टीहरु यस्तै गरिरहेका छन् । संसदीय व्यवस्था नै उत्तम व्यवस्था हो भनिरहेका…
Read More
रित्तिंदैछ देश दुश्चक्रमा नेपालका युवापुस्ता

रित्तिंदैछ देश दुश्चक्रमा नेपालका युवापुस्ता

लेखक : टेकहरि न्यौपाने दिनानुदिन नेपालको गाउँ वस्ती, शहर रित्तिने त हैन? भन्ने अति डरलाग्दो भयावह दयनीय स्थिति देशमा देखिन थालेको छ । नेपालका शासक वर्गहरुले दैनिक आधारभूत आवश्यकता सामानहरुमा अचाक्ली मूल्यवृद्धि, ढाडसेक्नेगरी सबै चीजमा कर अनि दैनिक जीविकोपार्जनमा चुकाउनै नसक्ने महंगाईका साथ कुनै व्यापार व्यवसाय गरौं भन्नेहरुका लागि विभिन्न किसिमका झन्झटिला कानुनी तगारा झन्झटिला दिक्कलाग्दा दर्ता कर लगायत धेरै समस्याको सामना गर्नुपर्ने हुनाले देशमा सरकारले युवाहरुलाई बाँच्न र बस्नुपर्ने वातावरण नै धुमिला बनाई दिनाले युवा जमात दिक्क भएर देश छोड्न बाध्य भएका छन् । सरकारले युवाहरुलाई उनीहरुको योग्यताका आधारमा उनीहरुको सीपको आधारमा कला कौशलको क्षमताको आधारमा सरकारी सेवाहरु दिने…
Read More
प्रम ओलीको अमेरिका भ्रमण पछाडिका रहस्यहरु

प्रम ओलीको अमेरिका भ्रमण पछाडिका रहस्यहरु

लेखक : डा. केशव देवकोटा नेपालका प्रधानमन्त्रि केपी ओली यतिबेला अमेरिका भ्रमणका क्रममा हुनुहुन्छ । उहाँ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा राष्ट्रसंघकै महासभामा सहभागी हुन न्युयोर्क पुग्नुभएको हो । उहाँले गत शनिबारनै महासचिव गुटेरेससँग भेट पनि गरिसक्नु भएको छ । उहाँ अमेरिकी सरकारको औपचारिक निमन्त्रणामा न्युयोर्क पुग्नुभएको होइन । त्यसैले उहाँले पहिलो विदेश भ्रमण अमेरिकाबाट शुरु गर्नुभएको भन्न मिल्दैन । प्रम ओली अमेरिका जाने पूर्ब सन्ध्यामा नेपालमा जेजस्ता गतिबिधिहरु भए, त्यसलाई केलाएर हेर्ने होभने धेरै कुराहरुको रहस्य खुल्छ । प्रम ओली गत चारगते त्यसतर्फ जानुभएको होभने उहाँ कतारको दोहाहुँदै नेपाली समयअनुसार पाँचगते शनिबार अमेरिको न्युयोर्क पुग्नुभएको थियो । प्रधानमन्त्री…
Read More
‘यो संविधान किन खारेज गर्नुपर्छ ?

‘यो संविधान किन खारेज गर्नुपर्छ ?

प्रा.डा.ओम गुरुङ पृष्ठभूमिलामो पर्खाइपछि ०७२ असोज ३ गते नयाँ संविधान जारी हुँदा नेपाली कांग्रेस, तत्कालीन नेकपा ९एमाले० र एनेकपा ९माओवादी० तथा तिनका समर्थकले संसारकै उत्कृष्ट, दक्षिण एसियामा सबैभन्दा प्रगतिशील र नेपालका लागि युगान्तकारी भन्दै संविधानको स्वागत गर्न आमनेपालीलाई आह्वान गरे । तर, संवैधानिक विधि र लोेकतान्त्रिक प्रक्रियाका आधारमा जारी नभएर हतार–हतारमा चार राजनीतिक दलले आफ्ना राजनीतिक स्वार्थअनुरूप वैशाख २५ गते गरेको १६ बुँदे प्रतिगामी सहमतिको आधारमा जारी गरेको संविधानले आदिवासी जनजाति, महिला, मधेसी, मुस्लिम, दलित, अपांगता भएका, खस तथा अन्य उपेक्षितरउत्पीडित वर्ग समुदायको भावना र चाहना पूरा गर्न सकेन । उनीहरूले संविधानलाई प्रतिगामी, यथास्थितिवादी र जनविरोधी भन्दै सुरुदेखि नै तीव्र विरोध गर्दै…
Read More
क्रान्तिकारी आन्दोलनमा महिलाको खडेरी

क्रान्तिकारी आन्दोलनमा महिलाको खडेरी

महिलाहरु अहिले केही मात्रामा भएपनि सचेत भएका छन् । पढाई लेखाईमा विगतको जस्तो अवस्था रहेको छैन । छोरीहरुलाई शिक्षामा केही मात्रामा भएपनि लगाउने चलनको विकास भएको छ । उनीहरुको चेतना विकास हुँदै गईरहेको छ । रोजगारी,आय आर्जनमा अगाडि जाँदै छन् । जति नै अभाव वा समाजमा चेतनास्तर कम भएका अविभावक भएपनि उनीहरुले छोरीलाई अक्षर चिनाउने र पढाई लेखाईमा ध्यान दिने पनि गरेका छन् । जसको कारण महिलाहरु आफैमा आत्मविश्वास बढिरहेको छ ।सरकारी तथा अन्य रोजगारीमा महिलाहरुको केही मात्रामा भएपनि उपस्थिति छ, हुँदै छ । महिलाहरु व्यापार, व्यवसाय ,उद्योगमाहरुमा पनि महिलाहरु उदाउँदै छन् । महिलाहरुले वैदेशिक रोजगारीमा पनि जाने गरेका छन्…
Read More