अन्तर्राष्ट्रिय

The resolutions on current issues adopted by the third plenary meeting of the Central Committee of RCPN

The resolutions on current issues adopted by the third plenary meeting of the Central Committee of RCPN

[The resolutions on current issues were adopted by the third plenary meeting of the Central Committee of the Revolutionary Communist Party of Nepal (RCPN) held in Kathmandu from October 15-18,2025.] The war between Hamas and Israel since October 7, 2023, has lasted for two years. Now, on the initiative of US President Donald Trump, a peace agreement has been signed between Hamas and Israel. The peace agreement stipulates that Hamas should give up its arms and become disarmed. The meeting welcomes the peace agreement and opposes the decommissioning of Hamas. The war between Russia and Ukraine, which began in the…
Read More
ट्रम्पलाई पुटिनले दिए यस्तो गम्भीर चेतावनी

ट्रम्पलाई पुटिनले दिए यस्तो गम्भीर चेतावनी

काठमाडौं– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । टोमाहक मिसाइलमार्फत रूसमाथि हमला गर्‍यो भने कडा जवाफ दिइनेछ । उनले टोमाहक मिसाइल रूसमा आक्रमण भए युक्रेन खरानी बनाइदिने चेतावनी दिएका हुन् । अमेरिकाले युक्रेनलाई टोमाहक मिसाइल दिन तयारी गर्दै रूसका दुई ठूला तेल कम्पनी रोसनेफ्ट र लूकोइलमाथि प्रतिबन्ध लगाएपछि पुटिनले यस्तो प्रतिक्रिया दिएका हुन् । पुटिनले वार्ताको पक्षमा रहेको बताउँदै भने, ‘कुनै पनि विवादमा संवाद नै सर्वोत्तम विकल्प हो, हामी सधैं वार्ताको पक्षमा छौं ।’ अक्टोबर २२ मा ट्रम्प–पुटिन बैठक रद्द भएपछि अमेरिकी प्रतिबन्ध लागू गरिएको हो । अमेरिकाले यो कदम रूसको युद्ध अर्थतन्त्र कमजोर पार्ने उद्देश्यले चालेको जनाएको छ…
Read More
उत्तर कोरियाले गर्याे हाइपरसोनिक मिसाइलसहित अत्याधुनिक हतियार प्रणाली परीक्षण

उत्तर कोरियाले गर्याे हाइपरसोनिक मिसाइलसहित अत्याधुनिक हतियार प्रणाली परीक्षण

सियोल : उत्तर कोरियाले आफ्नो सुरक्षात्मक क्षमतामा उल्लेखनीय सुधार ल्याउने उद्देश्यले हाइपरसोनिक मिसाइल प्रयोग गरिएको ‘अत्याधुनिक’ नयाँ हतियार प्रणालीको सफल परीक्षण गरेको दाबी गरेको छ। दक्षिण कोरियाली सेनाले बुधबार प्योङयाङबाट मिसाइल प्रक्षेपण भएको पत्ता लगाएको थियो। यो विगत केही महिनायता यस्तो प्रकारको पहिलो परीक्षण हो। यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहितका विश्व नेताहरू दक्षिण कोरिया भ्रमणको तयारीमा रहेका ठीक एक हप्ता अघि घटेको हो। उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएले शीर्ष सैन्य अधिकारी पाक जोङ चोनलाई उद्धृत गर्दै ‘यो नयाँ अत्याधुनिक हतियार प्रणालीले उत्तर कोरियाको आत्मरक्षात्मक प्रविधि निरन्तर सुदृढ हुँदै गएको स्पष्ट प्रमाण हो’ भनी जनाएको छ। एजेन्सीका अनुसार उक्त…
Read More
५ हजार रूसी एन्टी–एयरक्राफ्ट मिसाइल रहेको भेनाजुएलाका राष्ट्रपति मादुरोको दाबी

५ हजार रूसी एन्टी–एयरक्राफ्ट मिसाइल रहेको भेनाजुएलाका राष्ट्रपति मादुरोको दाबी

एजेन्सी : भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो देशसँग क्यारेबियन क्षेत्रमा तैनाथ अमेरिकी सेनाको गतिविधिको प्रतिरोध गर्नका लागि रूसमा निर्मित करिब ५ हजार म्यान–पोर्टेबल सतहदेखि हावामा प्रहार गर्न सकिने एन्टी–एयरक्राफ्ट क्षेप्यास्त्र भएको बताएका छन् । उनका अनुसार भेनेजुएलाको हवाई सुरक्षालाई सुदृढ पार्न यी क्षेप्यास्त्रहरू ‘शान्ति सुनिश्चित गर्नका लागि प्रमुख हवाई रक्षा स्थानहरूमा’ तैनाथ गरिएको हो । उक्त मिसाइल प्रणालीलाई रुसमा ‘इग्ला–एस’ भनिन्छ, जसले विशेषगरी कम उड्ने विमानहरू खसाल्न सक्ने क्षमता राख्दछन् । अमेरिकी पक्षले भने क्यारेबियनमा गोप्य रूपमा लडाकु विमान र नौसेनाका जहाजहरू तैनाथ गरी त्यसलाई ‘लागू पदार्थ नियन्त्रण प्रयास’ का रूपमा व्याख्या गरेको छ । अमेरिकाले हालसम्म भेनेजुएलाबाट लागुऔषध बोकेको कम्तीमा…
Read More
ट्रम्पसंगको शिखर बैठक स्थगित भएसँगै पुटिनद्वारा परमाणु हतियारको अभ्यास

ट्रम्पसंगको शिखर बैठक स्थगित भएसँगै पुटिनद्वारा परमाणु हतियारको अभ्यास

काठमाडौँ : रुसले बुधबार परमाणु हतियार संलग्न गराएर एक प्रमुख अभ्यास गरेको जनाएको छ। यो घोषणा अमेरिकाले राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबिचको दोस्रो शिखर बैठकको योजना स्थगित गरेको भोलिपल्ट आएको हो । क्रेमलिनले जारी गरेको भिडियोमा जनरल स्टाफका प्रमुख भ्यालेरी गेरासिमोभले पुटिनलाई उक्त अभ्यासहरूको बारेमा जानकारी दिइरहेको देख्न सकिन्छ । अभ्यासमा अमेरिकामा प्रहार गर्न सक्ने क्षमता भएका अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) हरूको अभ्यास प्रक्षेपण समावेश थियो । युक्रेन युद्धका महत्त्वपूर्ण क्षणहरूमा पुटिनले बारम्बार रुसको परमाणु शक्तिको सम्झना गराउँदै आएका छन्, जसलाई कीएभ र पश्चिमी सहयोगीहरूका लागि चेतावनीको सङ्केतका रूपमा लिइन्छ। यसै महिना नेटोले पनि परमाणु प्रतिरोधक अभ्यासहरू गरिरहेको छ…
Read More
टर्की कम्युनिष्ट पार्टी मार्क्सवादी–लेनिनवादीद्वारा नवनियुक्त महासचिव गौरवलाई बधाई

टर्की कम्युनिष्ट पार्टी मार्क्सवादी–लेनिनवादीद्वारा नवनियुक्त महासचिव गौरवलाई बधाई

बधाई र ऐक्यबद्धता पत्र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय समिति प्रिय कमरेडहरू, हामी तपाईंको तेस्रो केन्द्रीय समिति बैठकको सफलताका लागि सम्पूर्ण पार्टी र नवनियुक्त महासचिव, कमरेड सी .पी. गजुरेल (गौरव) लाई हार्दिक क्रान्तिकारी अभिवादन व्यक्त गर्दछौं। तीव्र वर्गीय अन्तर्विरोधहरू चर्किदै गएको र साम्राज्यवादका विरुद्ध विश्वभरका क्रान्तिकारी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूको बीचमा एेकताबद्धको आवश्यकता बढिरहेका बेला तपाईहरुको बैठक सम्पन्न भएको छ। तपाईंहरुको बैठकमा लिइएका निर्णयहरू नेपालमा क्रान्तिकारी प्रक्रियालाई अगाडि बढाउने दिशामा महत्त्वपूर्ण र समयसापेक्ष कदम सावित हुने छन् । साथै, हामी कमरेड मोहन वैद्य (किरण) लाई नेपालको पार्टी र क्रान्तिकारी आन्दोलनलाई मार्गदर्शन गर्न दशकौंदेखिको अटल समर्पण, वैचारिक दृढता र नेतृत्वको लागि…
Read More
क्रान्तकारी कम्युनिस्ट पार्टी नेपालकाे समसामयिक पारित प्रस्तावहरु

क्रान्तकारी कम्युनिस्ट पार्टी नेपालकाे समसामयिक पारित प्रस्तावहरु

(क्रान्तकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिकाे यही २०८२ असाेज २९-१ कात्तिकसम्म काठमाडाैँ बसेकाे तेस्राे पूर्ण बैठकले पारित गरेकाे समसामयिक प्रस्तावहरू) १.हमास र इजायलकाबीचमा गत२०८० असोज २० (२०२३ अक्टोबर ७)देखि चलेको युद्ध दुई बर्ष पूरा भएकोछ।अहिले आएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमाहमास र इजरायलकाबीचमाशान्ति सम्झौताभएकोछ ।उक्त शान्ति सम्झौतामा हमासले हतियार त्यागेर निशस्त्रहुनुपर्ने सर्त राखिएकोछ । यो बैठकले उक्तशान्ति सम्झौतालाई स्वागतगर्दछ र हमासलाई निशश्त्रगर्ने सर्तको विरोधगर्दछ । २. गत२०७८ फाल्गुन १३ (२०२२ फेब्रुअरी २४) मा रुसद्वारा युक्रेनका विरुद्ध “विशेष सैन्य परिचालन” को नाममा शुरु भएको रुस र युक्रेनबीचको युद्ध आजपनिकायम रहेकोछ।उक्त युद्धको अन्त्यगर्नेप्रयोजनकालागि रुस र अमेरिकाका राष्ट्रपतिहरु भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पका…
Read More
महिलाहरुको अन्तर्राष्ट्रिय सेमिनार नेपालमा नै हुने

महिलाहरुको अन्तर्राष्ट्रिय सेमिनार नेपालमा नै हुने

काठमाडाैँ : महिलाहरुको अन्तर्राष्ट्रिय सेमिनार नेपालमा नै हुने भएको छ । नोभेम्बर २७,२८ र २९ अर्थात मंसिर ११–१३ गते हुने भनिएको सेमिनार यो भन्दा अगाडि नेपालमा नै गर्ने तयारी भइरहेको अवस्थामा नेपालमा जेनजी आन्दोलनको कारण जर्मनीमा हुने भनिएको थियो । अन्तर्राष्ट्रिय महिलाहरुको संयुक्त छलफलबाट नेपालमा नै सम्पन्न गर्ने निर्णय बमोजिम यहाँ क्रियाशील महिलाहरुको संयुक्त बैठकले नेपालमा नै सेमिनार गर्ने निर्णय गरेको क्रान्तिकारी महिला संगठन नेपालका सह संयोजक शारदा महतले जानकारी दिनु भयो । सेमिनारमा अन्तर्राष्ट्रिय महिला आन्दोलन ,तथा साम्राज्यवाद विरोधी विषयवस्तु प्रस्तुत र छलफल हुने पनि वहाँले जानकारी दिनु भयो । सेमिनारको तयारी तीव्ररुपमा अगाडि बढेको छ । सेमिनारमा अन्तर्राष्ट्रिय…
Read More
अमेरिकाद्वारा नेपाली युवामाथि अर्बौ लगानी गरेको विदेशी मिडियाको दावी

अमेरिकाद्वारा नेपाली युवामाथि अर्बौ लगानी गरेको विदेशी मिडियाको दावी

 Abhinandan Mishra भर्खरै प्राप्त आन्तरिक रेकर्डहरूले कसरी वाशिंगटनले नेपालमा युवा परिचालन कार्यक्रमलाई चुपचाप वित्त पोषित र निर्देशित गर्‍यो भन्ने कुरा प्रकट गर्दछ – भारत र चीनको प्रभावको प्रतिरोध गर्न राजनीतिक प्रशिक्षण, विरोध रणनीति र भूराजनीतिक सन्देशको मिश्रण। नेशनल एन्डोमेन्ट फर डेमोक्रेसी (NED) द्वारा वित्त पोषित अमेरिकी संस्था, इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट (IRI) का आन्तरिक कागजातहरूले नेपालमा $350,000 को राजनीतिक कार्यक्रमको संरचना प्रकट गर्दछ जसले युवा नेपालीहरूलाई राष्ट्रिय नीति निर्माणमा भारत र चीनको प्रभावको विरुद्धमा वकालत गर्न र अमेरिकी प्राथमिकताहरूसँग मिल्दोजुल्दो शासन सुधारहरूको लागि जोड दिन तालिम र परिचालन गर्‍यो। रेकर्डहरू – सम्झौताहरू, बजेटहरू, प्रस्तावहरू, अनुसन्धान रिपोर्टहरू, कोषकर्ता अद्यावधिकहरू र प्रशिक्षण संक्षिप्तहरू…
Read More
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस

गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस

एजेन्सी रुसले गाजा क्षेत्रमा जारी हिंसा र मानवीय सङ्कट अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् असफल भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ। उसले यो असफलताको मुख्य कारण संयुक्त राज्य अमेरिकाले पटक–पटक प्रयोग गर्दै आएको भिटाे अधिकार भएको स्पष्ट पारेको छ। रुसको परराष्ट्र मन्त्रालयद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ, “गाजा क्षेत्रमा जारी युद्ध, रक्तपात र सर्वसाधारण जनताको पीडा अन्त्य गर्न सुरक्षा परिषद्ले अहिलेसम्म कुनै ठोस निर्णय लिन नसक्नु अत्यन्तै दुःखद र निराशाजनक विषय हो।” बिहीबार, सुरक्षा परिषद्का केही अस्थायी सदस्य राष्ट्रहरूले गाजामा युद्धविराम कायम गर्न, बन्धकहरूको सुरक्षित रिहाइ र मानवीय सहायता सहज रूपमा प्रवेश गराउन प्रस्ताव पेश गरेका थिए। सबै सदस्य…
Read More