ट्रम्पलाई पुटिनले दिए यस्तो गम्भीर चेतावनी

putin

काठमाडौं– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् ।

टोमाहक मिसाइलमार्फत रूसमाथि हमला गर्‍यो भने कडा जवाफ दिइनेछ ।

उनले टोमाहक मिसाइल रूसमा आक्रमण भए युक्रेन खरानी बनाइदिने चेतावनी दिएका हुन् ।

अमेरिकाले युक्रेनलाई टोमाहक मिसाइल दिन तयारी गर्दै रूसका दुई ठूला तेल कम्पनी रोसनेफ्ट र लूकोइलमाथि प्रतिबन्ध लगाएपछि पुटिनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पुटिनले वार्ताको पक्षमा रहेको बताउँदै भने, ‘कुनै पनि विवादमा संवाद नै सर्वोत्तम विकल्प हो, हामी सधैं वार्ताको पक्षमा छौं ।’

अक्टोबर २२ मा ट्रम्प–पुटिन बैठक रद्द भएपछि अमेरिकी प्रतिबन्ध लागू गरिएको हो ।

अमेरिकाले यो कदम रूसको युद्ध अर्थतन्त्र कमजोर पार्ने उद्देश्यले चालेको जनाएको छ ।

पुटिनले प्रतिबन्धले तेल आपूर्ति घटाउने र विश्वबजारमा मूल्य वृद्धि हुने चेतावनी दिएका छन् ।

उनका अनुसार, ‘रूसी तेलमा प्रतिबन्धले विश्वभर नै तेल महँगो बनाउनेछ ।’

अमेरिकी ट्रेजरीले भने रूस युद्ध रोक्न गम्भीर नभएकाले कारबाही गरिएको स्पष्ट पारेको छ ।

प्रतिबन्धले यी दुई कम्पनीका ३६ सहायक कम्पनीहरूमाथि पनि प्रभाव पार्नेछ र नोभेम्बर २१, २०२५ भित्र सबै कारोबार अन्त्य गर्न निर्देशन दिइएको छ ।

‘द गार्जियन’ का अनुसार, रोसनेफ्ट र लूकोइलबाट रूसको करिब आधा तेल निर्यात हुन्छ, जसका कारण प्रतिबन्धले विश्व तेल मूल्यमा करिब ५ प्रतिशत वृद्धि गर्न सक्छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?