अन्तर्राष्ट्रिय

संयुक्त महिला प्रशिक्षण तथा विधाइ कार्यक्रम सम्पन्न

संयुक्त महिला प्रशिक्षण तथा विधाइ कार्यक्रम सम्पन्न

चेन्नई : अखिल भारत नेपाली एकता समाज चेन्नई संयुक्त समितिको आयोजनाम२१÷१२÷२०२५ का दिन परिचय तथा महिला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रशिक्षणा केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य तथा चेन्नई उत्तर नगर अध्यक्ष उमानन्द आचार्य, केन्द्रीय सदस्य तथा चेन्नई पश्चिम नगर अध्यक्ष राजु अधिकारी, केन्द्रीय सदस्य तथा महिला ईन्चार्ज दुर्गा सुवेदी र केन्द्रीय महासचिव महेन्द्र वस्यालले विभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो। प्रशिक्षणकै क्रममा केन्द्रीय सदस्य ज्योति नारायण शर्मा र नगर सदस्य जानु देवी सुवेदी जी सदाको लागि स्वदेश जानु भएको हुदा वहाहरूले संगठन निर्माणमा दिनु भएको महत्वपूर्ण योगदानलार्इ धन्यवाद दिदै स्वदेशको लागि विधाइ गरियो। विधाइको क्रममा…
Read More
बेंगलोर दक्षिण नगर समितिको १७ औं सम्मेलन सम्पन्न

बेंगलोर दक्षिण नगर समितिको १७ औं सम्मेलन सम्पन्न

बेंगलोर : अखिल भारत नेपाली एकता समाज वेंगलोर दक्षिण नगरसमितिको १७ औ नगर सम्मेलन १४ दिसम्बर २०२५ का दिन वेंगलोरमा अवस्थित रेणुखम्बा थकाइ मंदिर हलमा सम्पन्न भएको छ। कार्यक्रमको संचालन नगर सचिव हरिष वि.कले र अध्यक्षता नगर उपाध्यक्ष उदय सिंह बिष्टले गर्नु भएको थियो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्जनामा १ मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाइ शब्दबाट अर्जुन सिह भाट र गीत–संगीत बाट रक्तिमका कलाकारहरूले स्वागत गर्नु भएको थियो। प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केंद्रीय सल्लाहकार सदस्य कृष्ण केसीले दीप प्रज्वलन गरेर १७ औं नगर सम्मेलनको उद्घाटन गर्नु भएको थियो। उद्घाटन पछि सम्मेलन सफलताको शुभकामना दिनेहरूमा अखिल भारत…
Read More
अखिल भारत नेपाली एकता समाजको सँयुक्त नगर सम्मेलन भव्य रुपमा सम्पन्न

अखिल भारत नेपाली एकता समाजको सँयुक्त नगर सम्मेलन भव्य रुपमा सम्पन्न

हैदरावाद : अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समिति द्वारा संचालित उत्तर हैदरावाद नगर समितिको तृतीय सम्मेलन र दक्षिण हैदरावाद नगर समितिको एघारौं नगर सम्मेलन गोविन्द केसीको अध्यक्षतामा र केदारनाथ शर्माको संचालनमा कार्यक्रमको प्रारम्भ गरिएको थियो।अतिथिहरुको आसन ग्रहणमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष आनन्द थापा केन्द्रिय सदस्य सुर्य पुन, राम प्रसाद पौडेल मनोहर पौडेल अखिल भारत नेपाली एकता समाज केन्द्रीय महिला विभागका सचिव कोपिला धिमाल, अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष कृष्ण पौडेल ,सदस्य लक्ष्मी शर्मा ,अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय महिला विभागका अध्यक्ष दिलमाया थापा र रक्तिम क्षेत्रिय विभागबाट…
Read More
‘भारतीय फासीवादी राज्य ध्वस्त हुनेछ; नयाँ जनवादी क्रान्ति विजयी हुनेछ’

‘भारतीय फासीवादी राज्य ध्वस्त हुनेछ; नयाँ जनवादी क्रान्ति विजयी हुनेछ’

TKP–ML TİKKO कमान्डको वक्तव्यनयाँ जनवादी क्रान्तिको विजयका लागि ठूलो धैर्य र दृढताका साथ जनयुद्ध अगाडि बढाइरहेको जनमुक्ति गुरिल्ला सेना आफ्नो २५ वर्षको संघर्ष पूरा गर्दैछ । भारतका मजदुर र किसानहरू विशेषगरी सबै उत्पीडित श्रमिक, उत्पीडित जाति–जनजाति, महिला र युवाहरूको लडाइँ शक्ति रहेका भारतीय कम्युनिष्ट पार्टी (माओवादी) नेतृत्वको जनमुक्ति गुरिल्ला सेनाको (PLGA) स्थापना वार्षिकोत्सवको अवसरमा, हामी टर्कीका मजदुर–किसान मुक्तिसेना (त्क्ष्प्प्इ) का कमान्डर र लडाकुहरूले सबैभन्दा सच्चा क्रान्तिकारी भावनासहित TIKKOका सबै लडाकुहरू र कमान्ड संरचनालाई अभिवादन गर्दछौँ ।जंगलको गहिराइदेखि पहाडका शिखरसम्म, दक्षिण एसियाको आकाशसम्म रातो झण्डा फहराइरहेको छ, जसले मानवताको भविष्यलाई संकेत गर्दछ । महान भारतीय क्रान्तिका नेता कमरेड चारु मजूमदारको नेतृत्वमा…
Read More
एकता समाजका केन्द्रीय सदस्य मनोहर पौडेलको विदाई कार्यक्रम सम्पन्न

एकता समाजका केन्द्रीय सदस्य मनोहर पौडेलको विदाई कार्यक्रम सम्पन्न

हैदरावाद : अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समितिको आयोजनामा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रिय समितिका सचिवालय सदस्य मनोहर पौडेलको आफुले काम गर्ने कम्पनीबाट अवकाश लिएर सदाकोलागि स्वदेश जानुहुने भएकोले मिति २०२५ डिसेम्बर ७ का दिन विदाइ कार्यक्रम सम्पन्न भएको छ ।विदाई कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष कृष्ण पौडेलले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन मध्य दक्षिण क्षेत्रिय समितिका सदस्य केदारनाथ शर्माले गर्नु भएको थियो। कार्यक्रममा उपस्थित जनसमुदायहरुलाई मध्य दक्षिण क्षेत्रिय समितिका उपाध्यक्ष राजेन्द्र धिमालले शब्द द्वारा स्वागत मन्तव्य राख्नुभएको थियो। मनोहर पौडेललाई माल्यार्पण गर्नु हुनेमा प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाज…
Read More
आइकोर अन्तर्गतका महिलाहरुको दोस्रो सम्मेलन काठमाडाैँमा सम्पन्न

आइकोर अन्तर्गतका महिलाहरुको दोस्रो सम्मेलन काठमाडाैँमा सम्पन्न

काठमाडाैँ : आइकोर (इन्टरनेश्नल कोओर्डिनेशन फर रिभुलुश्नरी पार्टीज एण्ड अर्गनाइजेशन ) अन्तरर्गतका महिलाहरुको दोस्रो सम्मेलन गत नोभेम्बर २६मा काठमाण्डौमा सम्पन्न भएको छ ।सम्मेलनमा एशिया,युरोप,अफ्रिका ,दक्षिण अमेरिका लगायतका विभिन्न महादेशहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सम्मेलनमा विभिन्न देशबाट आउनुभएका प्रतिनिधिहरुले आ–आफ्नो धारणा प्रश्तुत गर्नु भएको थियो । सम्मेलनमा विश्वभरि नै क्रान्तिकारी आन्दोलन कमजोर बन्दै गएको , वैचारिक अवस्था अत्यन्त कमजोर रहेको, महिला आन्दोलन अत्यन्त कमजोर हुँदै गएको ,महिलाहरुको राजनैतिक अवस्थामा परिवर्तन हुन नसकेको, लैंगिक हिंसा र असमानतामा कमी आउन नसकेको विश्व महिला आन्दोलन कमजोर हुँदै गएको ,विश्वमा पर्यापरणीय संकट गहिरिँदै गएको र यसको मारमा महिलाहरु परेको, विश्वमा साम्राज्यवादी फासीवादको कारण कामदार…
Read More
क्राकपानेपालका महासचिव गाैरवले  दिए विश्व महिला सम्मेलनकाे शुभकामना

क्राकपानेपालका महासचिव गाैरवले दिए विश्व महिला सम्मेलनकाे शुभकामना

काठमाडौँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आइकोर ( क्रान्तिकारी पार्टी तथा संगठनहरूको अन्तर्राष्ट्रिय समन्वय समिति ) अन्तर्गतको दोस्रो विश्व महिला सम्मेलन र सैद्धान्तिक गोष्ठीलाई शुभकामना दिएको छ। पार्टीका महासचिव गौरवले नोभेम्बर २७ मा एक शुभकामना सन्देश मार्फत सो शुभकामना तथा बधाई दिनुभएको हो । मङ्सिर १० गते (नोभेम्बर २६ का दिन ) आइकोर अन्तर्गतका महिलाहरूको विश्व सम्मेलन सम्पन्न भइसकेको छ र ग्रासरुट महिलाहरूको समेत सहभागितामा नोभेम्बर २७ ,२८ , २९ र ३० तारिख सम्म काठमाडौँमा दोस्रो सैद्धान्तिक गोष्ठी सम्पन्न हुने भएको छ । उक्त सन्देशमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र क्रान्तिकारी संयुक्त मोर्चा नेपाल दुवैको तर्फबाट सम्मेलन र गोष्ठी सफलताको शुभकामना…
Read More
विश्व महिलाहरुको सैद्धान्तिक गोष्ठी मंसिर ११–१३ गतेसम्म काठमाडाैँमा हुने

विश्व महिलाहरुको सैद्धान्तिक गोष्ठी मंसिर ११–१३ गतेसम्म काठमाडाैँमा हुने

काठमाडाैँ : महिलाहरुको मंसिर ११–१३ गतेसम्म हुन गइरहेको विश्व महिला सम्मेलनको सैद्धान्तिक गोष्ठीबारे जानकारी दिन मंसिर ८ गते पत्रकार सम्मेलन सम्पन्न भएको छ । पत्रकार सम्मेलनमा महिलाहरुको शोषण र उत्पीडनको मूल कारण साम्राज्यवाद भएको महिलाहरुको भनाइ रहेको छ । पत्रकार सम्मेलनमा गोष्ठीबारे जानकारी दिनुका साथै गोष्ठीको तयारी पूरा भएको बताइयो । पत्रकार सम्मेलनमा विश्वभरका देशहरुबाट उत्पीडित महिलाहरुको उपस्थिति रहने जानकारी दिइयो । गोष्ठीमा साम्राज्यवाद, पर्यावरणीय संकट र आणविक प्रतिष्पर्धाको विषयमा गहन छलफल हुने जानकारी गराइएको छ । गोष्ठीले संसारभरका उत्पीडित महिलाहरुको अधिकार स्थापित गर्न र साम्राज्यवाद विरोधी धारणा निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । पत्रकार सम्मेलनमा संसारभरका महिलाहरु…
Read More
माद्वी हिद्माको हत्या मोदी सरकारको चरम फासीवादी कदम हाे : महासचिव गाैरव

माद्वी हिद्माको हत्या मोदी सरकारको चरम फासीवादी कदम हाे : महासचिव गाैरव

काठमाडौं : भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का केन्द्रीय समिति सदस्य तथा जनमुक्ति छापामार सेनाका कमाण्डर क. सन्तोश “माद्वी हिद्मा”, उहाँकी श्रीमति क. राजे र अन्य ४ जना कमरेडहरुको आन्ध्र प्रदेशको सितारामराजु जिल्लामा गत १८ नोभेम्बर २०२५ तदनुसार २०८२ मंसिर २ गते भारतीय सरकारद्वारा गिरफ्तारीपछि गरिएको कायरतापूर्ण हत्याले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई आक्रोशित बनाएको छ । पार्टीका महासचिव गौरवले मंसिर ४ मा एक प्रेस वक्तव्य जारी गर्दै कमरेड हिद्मा लगायत माओवादी नेता कार्यकर्ताहरुको हत्यालाई मोदी सरकारको चरम फासीवादी कदमको संज्ञा दिनुभएको छ । र, हत्याको तीव्र निन्दा तथा भत्र्सना गरिएको छ । वक्तव्यमा भनिएको छ, “हामी यस हत्याकाण्डमा सहादत प्राप्त गर्ने क.…
Read More
बेङ्गलोरमा १४ दिसेम्बरमा १७औँ नगर सम्मेलन हुने

बेङ्गलोरमा १४ दिसेम्बरमा १७औँ नगर सम्मेलन हुने

भारत : १६ नोभेम्बर २०२५ मा अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिको पाँचौ बैठक अध्यक्ष राम दत्त पाण्डेय को अध्यक्षतामा र केन्द्रीय उपाध्यक्ष किसन बहादुर, केन्द्रीय सचिव रामसिंह विक, केन्द्रीय सदस्य धर्म राम विक, केन्द्रीय सदस्य शेरसिंह विक, केन्द्रीय सदस्य गणेश विक केन्द्रीय सदस्य ज्ञानमती को विशेष उपस्थितिमा सम्पन्न भएको छ । बैठकले आगामी १४ दिसम्बर २०२५ मा हुन गैरहेको १७ औँ नगर सम्मेलन भब्य रूपमा सफल पार्ने निर्णय गरेको छ ।
Read More