प्यालेस्टाइन भूमि दिवस सम्पन्न : प्यालेस्टाइन जनताको संघर्षमा नेपालका श्रमजीवीहरुको ऐक्यबद्धता
काठमाडौँ : विश्व ट्रेड युनियन महासंघ ( डब्लूएफटियू), समन्वय समिति- नेपालको आयोजनामा विचार गोष्ठी तथा र्याली सहित "प्यालेस्टाइन भूमि दिवस" कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले प्यालेस्टाईनी जनताको आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्दै प्यालेस्टाइनमा जारी युद्ध अन्त्यको माग गरेको छ । विचार गाेष्ठी कार्यक्रमकाे अध्यक्षता गर्दै विश्व ट्रेड युनियन महासंघका प्रेसिडेन्सियल काउन्सिल सदस्य तथा नेपाल संयाेजक प्रेमलकुमार खनालले कार्यक्रम बारे प्रकाश पार्नुभएको थियो । 'साम्राज्यवादी अमेरिकाकाे उक्साहट र सहयोगमा इजरायली सरकारले प्यालेस्टाइनी जनताको नरसंहार गरेको छ । यो निकै दु:खद र निन्दनीय घटना हो । प्यालेस्टाईनी जनता माथि इजरायलले गरेको वमवर्षा, नाकावन्दी र भौतिक पूर्वाधार तहसनहसको जति निन्दा गरे पनि पुग्दैन । हामी नेपालका श्रमजीवीहरु…