नेपाल जनप्रगतिशील मोर्चा कुवेत क्रान्तिकारी कम्युनिस्ट पार्टीमा आवद्ध भएको घोषणा

काठमाडौँ : नेपाल जनप्रगतिशील मोर्चा कुवेत क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा आवद्ध भएको छ । सो मोर्चाले आइतबार एक प्रेस वक्तव्य जारी गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा आबद्ध भएको सगौरव घोषणा गरेको छ । मोर्चाका अध्यक्ष विकल्प र महासचिव सुरेश कालिकोटेले एक प्रेस वक्तव्य जारी गरी यस्तो घोषणा गरेका हुन् ।

वक्तव्यमा भनिएको छ, “अहिले नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकता प्रक्रियामा गएपछि नेतृत्वको सल्लाह अनुसार नै कमरेड मोहन वैद्य ‘किरण’ को नेतृत्वमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई नेपाली जनप्रगतिशील मोर्चा कुवेत आज फेरि उहाँकै नेतृत्वमा समावेश भएर काम गर्न पाउँदा आफूलाई गौरान्वित ठान्दछ । आजैका मितिदेखि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाललाई समर्थन गर्दै उक्त पार्टीमा आबद्ध भएको व्यहोरा यसै प्रेस विज्ञप्तिमार्फत् सबैको जानकारीका निम्ति सार्वजनिक गरिएको छ ।”

By जन बिहानी

Related Posts