अन्तर्राष्ट्रिय

बदलास्वरूप इरानले इजरायलमा मिसाइल आक्रमण

बदलास्वरूप इरानले इजरायलमा मिसाइल आक्रमण

काठमाडौँ : इरानले ३०० भन्दा बढी ड्रोन आक्रमण गरेको इजरायली सेनाले जानकारी दिएको छ । गएरातीदेखि इरानले इजरायलमाथि आक्रमण शुरु गरेको थियो । यहि अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि इरानले सो को बदलास्वरूप यो आक्रमण गरेको जनाएको छ । सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो । इजरायली सेनाका अनुसार इरानले अहिलेसम्म १७० ड्रोन, ३० क्रुज मिसाइल, १२० ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको र ९९ प्रतिशतलाई आफ्नो एन्टी मिसाइल सिस्टमले आकासमै ध्वस्त बनाएको जानकारी दिएको छ । इरानले इजरायलमा आक्रमण शुरु गरेपछि संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायतले इरानको आक्रमणको निन्दा गरेका छन् ।
Read More
नयाँ जनवादी क्रान्तिका विरोधी र मित्र शक्तिहरू

नयाँ जनवादी क्रान्तिका विरोधी र मित्र शक्तिहरू

दस्तावेज लेख हाम्रो समाजमा आज विभिन्न अन्तर्विरोधहरू छन् । जस्तै सामन्त र किसानबिचको अन्तरविरोध, पुँजीपतिवर्ग र सामन्ती वर्गबिचको अन्तरविरोध, पुँजीपतिवर्ग र मजदुर–किसान वर्गबिचको अन्तर्विरोध, धनी किसान र मध्यमवर्गीय किसानबिचको अन्तरविरोध आदि । तर यी सम्पूर्ण अन्तरविरोधहरू समान किसिमका छैनन् । खास ऐतिहासिक स्थितिमा विभिन्नखालका अन्तर्विरोधहरूमध्ये कुनै एकले मूल अन्तरर्विरोधको रूप लिएको हुन्छ र यसले गर्दा समाजमा देखिने अन्य अन्तरर्विरोधहरू सामान्य अर्थात् गौण भएर गएका हुन्छन् । नेपालमा आज देखा परेको वर्गस्थिति र यिनीहरूको पारस्परिक सम्बन्धलाई हेर्दा २००७ सालअघि रहेको मूल अन्तरविरोध नै आजको नेपालमा पनि देखिन्छ । २००७ सालको क्रान्तिले सामन्तवाद, विदेशी एकाधिकार पुँजीवाद तथा साम्राज्यवाद र आम जनसमुदायको अन्तरद्वन्द्वमा…
Read More

जनयुद्धका कार्यभार पूरा गर्न क्रान्तिलाई माथि उठाऊँ

महान् जनयुद्ध अलपत्रमा पारिएको १८ वर्ष भइसकेको छ । नेपाली जनताले लडेको महान् जनयुद्धका कार्यभार पूरा गर्न क्रान्तिलाई अझै माथि उठाउने कार्यभार आज मालेमावादी क्रान्तिकारीको काँधमा छ । देश र श्रमिक वर्गको मुक्तिका लागि अब कुनै पनि बहानामा अलमल गर्ने छूट क्रान्तिकारीहरूलाई छैन । असली क्रान्तिकारीहरूले अब जमेको हिउँ फोर्ने समय आएको छ । आज सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, श्रमिक वर्ग र क्रान्तिकारी मालेमावादी शक्तिहरू २९ औँ जनयुद्ध दिवस मनाइरहेका छन् । नेपालको जनयुद्ध नेपाली जनताले मालेमावादी दर्शनमा आधारित रहेर आफ्नो वर्गको मुक्तिका लागि लडेको महान् वर्गयुद्ध हो । जनयुद्धको उद्देश्य पूरा नहोउन्जेल अर्थात् नेपालबाट सामन्तवादका अवशेषहरू, दलाल पुँजीवादी संसद्वाद, साम्राज्यवाद,…
Read More
ताइवानमा शक्तिशाली भूकम्प : भूकम्पमा मर्नेको सङ्ख्या ९ पुग्यो, ८८२ जना घाइते

ताइवानमा शक्तिशाली भूकम्प : भूकम्पमा मर्नेको सङ्ख्या ९ पुग्यो, ८८२ जना घाइते

ताइपेई : ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । ताइवानमा गएको शक्तिशाली भूकम्पमा मर्नेको सङ्ख्या ९ पुगेको छ । त्यहाँको राष्ट्रिय अग्नि विभाग (एनएफए)ले बताएअनुसार भूकम्पमा परेर ८८२ जना घाइते भएका छन् । अझै पनि १३१ जना भूकम्पका कारण भत्किएका संरचनाहरूमा फसेको बताइएको छ । यीमध्ये ५० जना सिल्क्स प्लेस होटल तारोकोका कर्मचारीहरू भएको बताइएको छ । भूकम्प आएको समयमा यी कर्मचारीहरू चार मिनिबसमा यात्रा गरिरहेका थिए । मिनीबसमा सवार कसैको पनि फोनमा सम्पर्क हुन नसकेपछि कतै फसेको हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन् । हुआलिएन काउन्टीमा एउटा सुरुङमा फसेका दुई जना जर्मन नागरिकहरुको उद्धार गरिएको एनएफएले…
Read More
प्यालेस्टाइन भूमि दिवस सम्पन्न : प्यालेस्टाइन जनताको संघर्षमा नेपालका श्रमजीवीहरुको ऐक्यबद्धता

प्यालेस्टाइन भूमि दिवस सम्पन्न : प्यालेस्टाइन जनताको संघर्षमा नेपालका श्रमजीवीहरुको ऐक्यबद्धता

काठमाडौँ : विश्व ट्रेड युनियन महासंघ ( डब्लूएफटियू), समन्वय समिति- नेपालको आयोजनामा विचार गोष्ठी तथा र्‍याली सहित "प्यालेस्टाइन भूमि दिवस" कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले प्यालेस्टाईनी जनताको आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्दै प्यालेस्टाइनमा जारी युद्ध अन्त्यको माग गरेको छ । विचार गाेष्ठी कार्यक्रमकाे अध्यक्षता गर्दै विश्व ट्रेड युनियन महासंघका प्रेसिडेन्सियल काउन्सिल सदस्य तथा नेपाल संयाेजक प्रेमलकुमार खनालले कार्यक्रम बारे प्रकाश पार्नुभएको थियो । 'साम्राज्यवादी अमेरिकाकाे उक्साहट र सहयोगमा इजरायली सरकारले प्यालेस्टाइनी जनताको नरसंहार गरेको छ । यो निकै दु:खद र निन्दनीय  घटना हो । प्यालेस्टाईनी जनता माथि इजरायलले गरेको वमवर्षा, नाकावन्दी र भौतिक पूर्वाधार तहसनहसको जति निन्दा गरे पनि पुग्दैन । हामी नेपालका श्रमजीवीहरु…
Read More
रुसको राजधानी मस्कोमा आतङ्कवादी हमला, पुटिनले दिए यस्ताे चेतावनी

रुसको राजधानी मस्कोमा आतङ्कवादी हमला, पुटिनले दिए यस्ताे चेतावनी

काठमाडौँ : रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या १४३ पुगेको छ । आक्रमणको झण्डै २४ घन्टापछि राष्ट्रपति पुटिनले शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै आज २४ मा राष्ट्रिय शोकको घोषणा पनि गरे । पुटिनले आक्रमणकारीले युक्रेनतर्फ भाग्न खोजेको बताउँदै उनीहरू सबै पक्राउ परेको र कडा सजाय हुने घोषणा पनि गरे । रुसले हालसम्म ११ जनालाई पक्राउ गरेको छ । जसमध्ये ४ जना आक्रमणकारी र ७ जनाले सघाइरहेको बताइएको छ । रुस–युक्रेन सीमाबाट पक्राउ परेका ११ जनालाई नै मस्को लगिएको छ । रुसी मिडिया हाउस आरटीको रिपोर्टका अनुसार अनुसन्धान एजेन्सीहरूले आतंकवादी हमला पूर्ण योजना बनाएर भएको…
Read More
अमेरिकाले नेपालमा नास्तिकता फैलाउन पैसा दिएको रिपब्लिकन सांसद मास्टको दाबी

अमेरिकाले नेपालमा नास्तिकता फैलाउन पैसा दिएको रिपब्लिकन सांसद मास्टको दाबी

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले नेपालमा नास्तिकता फैलाउन ५ लाख अमेरिकी डलर अर्थात् ६ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम खर्च गरेको भनी त्यहाँका एक सांसदले दिएको अभिव्यक्ति यति बेला चर्चामा छ । रिपब्लिकन सांसद ब्रायन मास्ट र विदेश राज्यमन्त्री रिचार्ड राहुल बर्मा । फ्लोरिडाबाट जितेका रिपब्लिकन सांसद ब्रायन मास्टले उक्त प्रसंग कोट्याउँदै नेपालमा धार्मिक आस्थामा विश्वास नराख्ने मानिसहरुका लागि उक्त रकम किन खर्च गरियो भनी प्रश्न उठाएका हुन् । उनले यसअघि पनि गत सेप्टेम्बरमा यस्तै प्रश्न उठाएर अमेरिकी संसदमा विदेश मामिला समितिसमक्ष औपचारिक पत्र लेखेका थिए । दुई वर्षअघि रिपब्लिकन पार्टीकै अर्का सांसद तथा पूर्वसभामुख न्युट ग्रिनरिचले…
Read More
व्रिटिश गोर्खा भुतपुर्व सैनीक संगठनले राख्याे प्रधानमन्त्रीलाई यस्ताे माग

व्रिटिश गोर्खा भुतपुर्व सैनीक संगठनले राख्याे प्रधानमन्त्रीलाई यस्ताे माग

काठमाडाैँ : व्रिटिश गोर्खा भुतपुर्व सैनीक संगठन(विगेसो)ले पत्रकार सम्मेलन सम्पन्न गरेको छ । अनामनगर संवाद डवलीमा शुक्रबार गोर्खा सेनाको सेवा सुविधालाई समुचित, समयाअनुकुल र समानताको आधारमा उपलव्ध गराउने माग राखी विगतदेखि नै संघर्ष गर्दै आएको हो । व्रिटिश गोर्खा भूतपूर्व सैनीक संगठन(विगेसो)का केन्द्रीय अध्यक्ष पदम सुन्दर लिम्वुको संचालनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य एवं व्रिटिश गोर्खा भूतपूर्व सैनीक संगठनका सल्लाहाकार परि थापाले आफनो भनाइराख्नु भएको थियो भने व्रिटिश गोर्खा भूतपूर्व सिंगापुर विभाग प्रमुख पल वहादुर घर्तीले मागपत्र पढेर पत्रकारहरुलाई सुनाउनु भएको थियो । पत्रकार सम्मेलनमा जलस्रोतवीद तथा लेखक रतन भण्डारीको पनि उपस्थिति रहेको थियो । पत्रकारहरुलाई पढेर सुनाएको मागपत्र…
Read More
नेपाल जनप्रगतिशील मोर्चा कुवेत क्रान्तिकारी कम्युनिस्ट पार्टीमा आवद्ध भएको घोषणा

नेपाल जनप्रगतिशील मोर्चा कुवेत क्रान्तिकारी कम्युनिस्ट पार्टीमा आवद्ध भएको घोषणा

काठमाडौँ : नेपाल जनप्रगतिशील मोर्चा कुवेत क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा आवद्ध भएको छ । सो मोर्चाले आइतबार एक प्रेस वक्तव्य जारी गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा आबद्ध भएको सगौरव घोषणा गरेको छ । मोर्चाका अध्यक्ष विकल्प र महासचिव सुरेश कालिकोटेले एक प्रेस वक्तव्य जारी गरी यस्तो घोषणा गरेका हुन् । वक्तव्यमा भनिएको छ, “अहिले नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकता प्रक्रियामा गएपछि नेतृत्वको सल्लाह अनुसार नै कमरेड मोहन वैद्य ‘किरण’ को नेतृत्वमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई नेपाली जनप्रगतिशील मोर्चा कुवेत आज फेरि उहाँकै नेतृत्वमा समावेश भएर काम गर्न पाउँदा आफूलाई गौरान्वित ठान्दछ । आजैका मितिदेखि क्रान्तिकारी कम्युनिस्ट…
Read More
हामीले त्याग र वीरताको जगमा खडा भएर क्रान्ति सम्पन्न गर्नेछौँ : अध्यक्ष किरण

हामीले त्याग र वीरताको जगमा खडा भएर क्रान्ति सम्पन्न गर्नेछौँ : अध्यक्ष किरण

काठमाडौँ : दलाल संसदीय व्यवस्थाका विरुद्धको संघर्षको प्रक्रियामा पक्राउ परी कारागार मुक्त हुनुभएका क्रान्तिकारी कमरेडहरु दिपक विष्ट, मनिराज राई, सन्तोष तामाङ, विशाल राई, नरेन्द्र तामाङ र मुस्कान राईलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टी कार्यालय कुपण्डोलमा भव्य स्वागत तथा क्रान्तिकारी अभिनन्दन गरेको छ । पार्टी अध्यक्ष मोहन वैद्य किरण, पार्टी कार्यालय सदस्य तथा प्रवक्ता कञ्चन, कार्यालय सदस्यहरु सुदर्शन, अटल, बसन्त, दिपक लगायतका नेताहरुले कारागारमुक्त कमरेडहरुलाई खादा र अबीर लगाएर स्वागत तथा अभिनन्दन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष किरणले क्रान्तिको बेला जेल अनिवार्य हुने भन्दै सच्चा क्रान्तिकारीहरुले क्रान्तिको प्रक्रियामा दुःख कस्ट गर्दै आउनु परेको र महान जनयुद्धको प्रक्रियामा पनि धेरै…
Read More