अन्तर्राष्ट्रिय

‘The working class must lead everything’ :  11 revolutionary communist parties of the world

‘The working class must lead everything’ :  11 revolutionary communist parties of the world

Kathmandu-  11 revolutionary communist parties of the world have appealed to support people’s wars in all countries of the world . They have jointly appealed this on the ocassion of 135th May Day . Signatory Communist Revolutionary Parties are Communist (Maoist) Party of Afghanistan, Construction Committee of the Maoist Communist Party of Galicia, Communist Party of India (Maoist), Communist Party of Turkey – Marxist Leninist (TKP-ML), Communist Worker Union (mlm) Colombia, Maoist Communist Party – Italy, Red Road of Iran (Maoist group), Revolutionary Communist Party of Nepal, Worker Voice – Malaysia, Revolutionary Maoist Coalition – USA and  Proletarian Party of Purbo…
Read More
वैज्ञानिक समाजवाद नै राजनीतिक संकटको एकमात्र विकल्प हो : संयाेजक, किरण

वैज्ञानिक समाजवाद नै राजनीतिक संकटको एकमात्र विकल्प हो : संयाेजक, किरण

मार्क्सको जन्मदिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा वक्तव्य जारी काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कार्लमाक्र्सको जन्म दिवसमा प्रेस वक्तव्य जारी गरेको छ । पार्टीका संयोजक मोहन वैद्य किरणले जारी गरेको वक्तव्यमा भनिएको छ, “यतिबेला विश्व गंभीर परिस्थिति भएर गुज्रिरहेको छ । श्रम तथा पुँजीका बीचको चर्कंदो अन्तर्विरोध र यसले पैदा गरेको बारम्बारको आर्थिक संकट, एकाधिकारी पुँजीको विस्तारका निमित्त तीव्र बन्दै गएको अन्तर–साम्राज्यवादी टकराव तथा तेस्रो विश्व युद्धको खतरा एवम् साम्राज्यवाद र उत्पीडित राष्ट्र तथा जनताका बीचको विस्फोटक बन्दै गएको अन्तर्विरोध आदिका कारण साम्राज्यवादी विश्व व्यवस्था यतिबेला उम्कनै नसक्ने गरी गम्भीर राजनीतिक संकट उन्मुख छ । यसको समाधान साम्राज्यवादी पुँजीवादसँग छैन । माक्र्सद्वारा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच पार्टी एकता घोषणा सभा सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच पार्टी एकता घोषणा सभा सम्पन्न

क्रान्तिको कार्यभार पूरा गर्ने नेताहरुको प्रतिबद्धता (फोटोफिचर)  काठमाडौं : १३५ औं मजदुर दिवसको अवसर पारेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच एकता भएर बनेको नवगठित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको घोषणा सभा आज काठमाडौंमा सम्पन्न भएको छ । घोषणा सभालाई पार्टीका बरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’, सहसंयोजकद्वय धर्मेन्द्र बास्तोला कञ्चन, सन्तबहादुर नेपाली, पार्टीका सल्लाहकारद्वय इश्वरी दाहाल ‘असारे काका’, गोविन्द सिंह थापा ‘मामा’, पार्टीका कार्यालय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक दिनेश शर्मा ‘सागर’, गुणनिधि आचार्य लगायतका नेताहरुले विशेष सम्बोधन गर्नुभएको थियो ।  पार्टीका बरिष्ठ नेता सीपी गजुरेल गौरवको अध्यक्षता र कार्यालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनको सञ्चालनमा सम्पन्न…
Read More
१३५ औँ अन्तर्राष्ट्रिय मे दिवसको सन्दर्भमा

१३५ औँ अन्तर्राष्ट्रिय मे दिवसको सन्दर्भमा

“सन् १८६६ मा पहिलो “अन्तर्राष्ट्रिय मजदुर संघ”ले यो निश्चय गर्याे कि कामको दिन सीमित गरिनु त्यो पहिलो सर्त हो, जस बिना सुधार र मुक्ति अन्य सबै प्रयत्न अवश्य नै निस्फल सिद्ध हुनेछ । काङ्ग्रेसको प्रस्ताव छ कि कामको दिनको कानुनी सीमा आठ घण्टा होस् ।” – माक्र्सको पूँजी नेपाली संस्करण भाग १, पृष्ठ ४३४ “सन् १८६६ अगस्ट १६ मा अमेरिकाको वाल्टी मोर मा भएको जनरल काङ्ग्रेस अफ लेबरले घोषणा गर्याे । आज पहिलो र सबैभन्दा ठूलो आवश्यकता यस कुराको छ कि यो देशका मजदुरहरूलाई पुँजीको दासताबाट मुक्त गर्नका लागि एउटा यस्तो कानुन पास गरियोस्, जसको मातहतमा अमेरिकी संघको सबै राज्यहरूमा…
Read More
छरिएर रहेका क्रान्तिकारीहरुलाई एकता प्रक्रियामा सामेल हुन संयाेजक किरणकाे आह्वान

छरिएर रहेका क्रान्तिकारीहरुलाई एकता प्रक्रियामा सामेल हुन संयाेजक किरणकाे आह्वान

काठमाडौं : नेपाली सर्वहारावर्गको अग्रदस्ताका रुपमा रहेका दुई क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)का बीच भएको पार्टी एकता र १३५औं मे दिवसको अवसरमा यसको घोषणा नेपाली तथा विश्व सर्वहारा वर्गका लागि एउटा सार्थक र भव्य परिघटना बन्न गएको उल्लेख गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणले जारी गर्नुभएको प्रेस वक्तव्यमा जारी एकताको यस सुखद् अवसरमा कम्युनिस्ट नामका विभिन्न संशोधनवादी दलहरुको भ्रममा परेका क्रान्तिकारीहरु, छरिएर रहेका विभिन्न समूह तथा व्यक्तित्वहरुलाई यो ऐतिहासिक एकता प्रक्रियामा सामेल हुन आह्वान गर्नुभएको छ । प्रेस वक्तव्यमा संयोजक किरणले भन्नुभएको छ, “तपाइँ हाम्रो यस प्रकारकोे एकताले नेपाली क्रान्तिको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा(मशाल) बीच पार्टी एकता मे दिवसमा हुने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा(मशाल) बीच पार्टी एकता मे दिवसमा हुने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ र नेपाल कम्युनिस्ट पार्टी (मशाल)का महासचिव सन्त बहादुर नेपालीले आज एक संयुक्त प्रेस–वक्तव्यमार्फत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)बीचको पार्टी एकता गर्ने लामो समयदेखि पार्टी एकताका लागि चलिरहेको वार्ता प्रक्रियालाई अव यही २०८१ वैशाख १९ गते ऐतिहासिक मे दिवसका अवसरमा पार्टी एकताको घोषणा गर्ने निर्णयमा पुगेको जानकारी दिइएको छ । वक्रव्यमा यो अवसरमा विश्वका र नेपालका शोषित उत्पीडित जनसमुदायमा खुसी व्यक्त गर्दै साथै अन्य क्रान्तिकारी व्यक्तित्व, समूह र पार्टीलाई एकता प्रक्रियामा अबद्धता र योगदानका लागि विशेष अपीलसमेत गरिएको छ ।संयुक्त प्रेस–वक्तव्यको पूर्ण पाठ तल दिइएको छ :
Read More
साम्राज्यवादी युगमा लेनिनवादको महत्व

साम्राज्यवादी युगमा लेनिनवादको महत्व

लेनिनसँग स्टालिन पनि करिब त्यति नै जोडिनुभएको छ, जति माक्र्ससँग एङ्गेल्स । रसियाली क्रान्तिको जीवन–मरणका प्रश्नमा उहाँहरू जोडिनुभएको छ । तर, यहाँ लेनिन–स्टालिनवाद नभएर लेनिनवाद नै किन भयो ? स्वयम् स्टालिनबाट सुनौँ, “लेनिनवादको व्याख्या गर्नुको अर्थ लेनिनका कृतिहरूमा भएका त्यस्ता विशिष्ट तथा नौला कुराहरूको व्याख्या गर्नु हो, जसलाई थपेर लेनिनले माक्र्सवादको भण्डारलाई समृद्ध पार्नुभएको छ र जुन स्वभावतः उहाँको नामसित जोडिएका छन् । यही अर्थमा मात्र म … लेनिनवादका आधारहरूबारे चर्चा गर्नेछु । “त्यसो भए, लेनिनवाद भनेको के हो त ?”“कोही के भन्दछन् भने लेनिनवाद भनेको रुसको विशिष्ट पारिस्थितिमा माक्र्सवादको प्रयोग हो । यस परिभाषामा अलिकति सत्य त छ र…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी ४ नं. प्रदेश समितिले गर्याे अन्तरक्रिया

क्रान्तिकारी कम्युनिस्ट पार्टी ४ नं. प्रदेश समितिले गर्याे अन्तरक्रिया

पोखरा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ४ नम्बर प्रदेश समितिको आयोजनामा पोखरामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल एकता महाधिवेशन आयोजक समिति सदस्य क.गोकुल पराजुलीव्दारा सञ्चालित कार्यक्रमको अध्यक्षता एकता महाधिवेशन आयोजक समिति सचिवालय सदस्य क..केश बहादुर परियार र स्वागत मन्तव्य एकता महाधिवेशन आयोजक समिति सचिवालय सदस्य क.रामजी थापाले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एकता महाधिवेशन आयोजक समिति सचिवालय सदस्य तथा प्रदेश संयोजक क.अशोक लम्साल हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा स्वतन्त्र बुद्धिजीवी बिश्व सिग्देल, नेपाल समाजबादी पार्टी गण्डकी प्रदेश ,संयोजक किरण थापा, नेकपा(एमाले) प्रदेश प्रतिनिधि क.शिव बहादुर बराल, ,संयोजक,राष्ट्रिय क्रान्तिकारी मोर्चा गण्डकीका क. दिपक गुरुङ, प्रतिनिधि…
Read More
१५५औ लेनिन जयन्तीका सन्दर्भमा उहाँका दुई महत्वपूर्ण योगदानहरुको संक्षिप्त चर्चा

१५५औ लेनिन जयन्तीका सन्दर्भमा उहाँका दुई महत्वपूर्ण योगदानहरुको संक्षिप्त चर्चा

विश्वभर आजैकै दिन अप्रिल २२मा क्रान्तिकारी कम्युनिस्टहरुले लेनिनको १५५औ जन्मशताव्दी मनाइरहेका छन् । यसैक्रममा माकर्सवादको विकासमा लेनिनका अनेकौ महान योगदानहरुको चर्चा गर्ने सन्दर्भमा यहाँ उहाँका निम्न दुई महत्वपूर्ण योगदानहरुको चर्चा गरिएको छ ः १ अवसरवादीका विरुद्ध क्रान्तिकारी कार्यविधिको विकास र २ साम्राज्यवादबारे लेनिनको विश्लेषण१ अवसरवादीका विरुद्ध क्रान्तिकारी कार्यविधिको विकासशताब्दीयौँको मोडबाट साम्राज्यवादको उदयसँगै उपनिवेशहरूको बाँडफाँडका लागि साम्राज्यवादी शक्तिहरूद्वारा युद्धहरूलाई निम्ताउने काम गरियो । एउटा उदाहरणका रूपमा रसियन– जापनिज युद्धलाई लिन सकिन्छ । रसियन–जापनिज युद्ध किन भयो ? किनभने दुवै रसिया र जापानले उत्तर–चीन र कोरियामा रहेको मन्चुरियामाथि नियन्त्रण गर्न चाहन्थे । त्यही खालका युद्धहरू विश्वका विभिन्न भागमा उपनिवेशलाई हडप्ने र पुनः…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्याे “साम्राज्यवादी युगमा लेनिनवादकाे महत्व” अन्तरक्रिया

क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्याे “साम्राज्यवादी युगमा लेनिनवादकाे महत्व” अन्तरक्रिया

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष माेहन वैद्य ‘किरण’ ले कम्युनिस्ट आन्दोलनको एउटा धारा, दक्षिणपन्थी अवसरवादी, आत्मसर्मपणवादी धार रहेकाे उल्लेख गर्दै उनीहरुले आफूलाई कम्युनिस्टको नाम राखेर, कम्युनिस्टको झण्डा चोरेर, मार्क्सवाद, माओवाद, लेनिनवादको नाम जपेर संसदवादको र प्रतिक्रियावादको खेती गरिरहेकाे टिप्पणी गर्नुभयाे । उहाँले भन्नुभयाे, “आज सत्तामा कम्युनिस्टहरु छैनन् । तर, प्रतिक्रियावादीहरुले सत्तामा कम्युनिस्ट छ, सरकारमा कम्युनिष्ट छ, केही पनि गर्न सकेको छैन भनेर बदनाम गरेका छन् । हाम्रो भनाई के हो भने ति कम्युनिस्ट होइनन् । त्यो धार दक्षिणपन्थी अवसरवाद धार हो ।” आज १५५ औँ लेनिन जयन्तीको सन्दर्भमा पार्टी कार्यालय कुपोन्डोलमा आयाेजित “साम्राज्यवादी युगमा लेनिनवादकाे महत्व” विषयक अन्तरक्रिया…
Read More