आर्थिक

हुम्लाकाे विकट गाउँमा माेटर पुग्दा स्थानिय खुशी

हुम्लाकाे विकट गाउँमा माेटर पुग्दा स्थानिय खुशी

माघ २५ गते । हुम्लाकाे सर्केगार्ड गाउँपालिका– ५ को गोठी गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले खुसीयाली मनाएका छन्। स्थानीयको वर्षौँदेखि गाउँमा गाडी गुडाउने सपना यति बेला आएर पुरा भएकाे हाे । उक्त गाउँका स्थानीयकाे वर्षौँदेखिको घरआगनमा सडक सञ्जाल जोडिएको हेर्ने चाहाना पुरा भएकाले यसबाट हरेक कुरामा सहज हुनेछ । यसरी सडक सञ्जाल चाँडै जोडिएला भन्ने नसोचेकै बेला सडक निर्माण भएर एक साथ छ वटा बोलेरो जिप गाउँमा आई पुगेपछि स्थानीय अचम्मित मात्र नभएर खुसी समेत देखिएका छन । अब गोठी गाउँमा गाडी मात्र पुगेको छैन गाउ नै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । गाउँमा ताँती लागेर आएका यात्रुले भरिएका बोलेरो…
Read More
उजुरी परेपछि १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान  रद्द ।

उजुरी परेपछि १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान  रद्द ।

माघ २३ गते । साढे १६ लाख स्मार्ट कार्ड खरिदको लागि गरेको बोलपत्रमा मिलेमतो भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छानबिन थालेको अवस्थामा यातायात व्यवस्था विभागले साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान  रद्द गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार टेण्डर आह्वान चार/पाँच दिन अघि नै रद्द गरिएको हो तर मिलेमतो भएर टेण्डर रद्द नगरिएको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार टेण्डर परेका  कम्पनीले  पेश गरेका  कागजपत्र पूर्ण नभएकले टेण्डर रद्द गरिएको हाे ।  मूल्याङकन समितले दिएको प्रतिवेदनका आधारमा ठेक्का रद्द गरिएको उहाँ बताउनुहुन्छ। दुई कम्पनीले मात्र टेण्डर भरेका…
Read More
सरकारले नै विद्युतीय ट्याक्सीमा बिचौलिया खडा गरेर ७ लाखको भ्रष्टाचार गर्ने गरेको आरोप

सरकारले नै विद्युतीय ट्याक्सीमा बिचौलिया खडा गरेर ७ लाखको भ्रष्टाचार गर्ने गरेको आरोप

काठमाडौँ : ट्याक्सी व्यवसायीहरूले आफूहरूले खरिद गर्ने विद्युतीय ट्याक्सीमा सरकारले नै बिचौलिया खडा गरेर ७ लाखको भ्रष्टाचार गर्ने गरेको आरोप लगाएका छन् । राजधानीको संवाद डबलीमा स्वरोजगार मजदुर चालक स्वतन्त्र संघर्ष समितिले कार्यक्रमको आयोजना गरी आफूहरूलाई व्यवसाय गर्न नदिएर देशबाट विस्थापित गर्न खोजेको आरोपसमेत लगाएका छन् । सो अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले विद्युतीय साधन व्यक्तिले निजी प्रयोजनका लागि किन्दा र ट्याक्सी व्यवसायीले किन्दा ७ लाखको अन्तर आउनु सरासर कानुनविपरीत भएको बताए । सत्य र न्यायको खोजी अभियानका संयोजकसमेत रहेका श्रेष्ठले उच्च अदालतले त्यस किसिमको अन्यायलाई नियमन गर्न भनेर सरकारलाई आदेश दिँदा पनि उसले नसुन्न दुखद रहेको चिन्ता व्यक्त…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी ३ नं.प्रदेशले चैत्र २४ सम्म संघर्षका कार्यतालिका बनायो, आज वायुसेवा निमगममा भएको भ्रष्टाचारविरूद्दकाे विरोधसभा

क्रान्तिकारी कम्युनिस्ट पार्टी ३ नं.प्रदेशले चैत्र २४ सम्म संघर्षका कार्यतालिका बनायो, आज वायुसेवा निमगममा भएको भ्रष्टाचारविरूद्दकाे विरोधसभा

काठमाडौं : पार्टीको घोषित संघर्षका कार्यक्रम अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश ३ ले संघर्षका कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । घोषित कार्यतालिका अनुसार आज माघ २१ गते वायुसेवा निगममा भएको अनियमितता र भ्रष्टाचारको विरुद्धमा न्यूरोड गेटमा विरोध प्रदर्शनको आयोजना गरिएको छ । धर्ना र विरोधसभालाई प्रदेश ३ का नेताहरुले सम्बोधन गर्नुभएको छ । घोषित संघर्षका कार्यक्रम अनुसार माघ २३ गते विद्याुत प्राधिकरण कार्यालयमा एमसीसी परियोजनाका विरुद्ध संघर्षरत लप्सीफेदीका जनताहरुको मागलाई समेत समावेश गरी ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ भने माघ २४ गते सर्वोच्च अदालतको कार्यादेशको कार्यान्वयन गर्न माग गर्दै सरकारका विरुद्ध भूतपूर्व गोर्खाहरुको संगठन विगेसोले विरोधसभा गर्ने कार्यक्रम…
Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघको ‘कारखानामा जाऔं’ अभियान प्रभावकारी हुँदै

क्रान्तिकारी ट्रेड युनियन महासंघको ‘कारखानामा जाऔं’ अभियान प्रभावकारी हुँदै

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघको चार महिने ‘कारखानामा जाऔं’ अभियान जारी छ । कामदार तथा मजदुरहरूमाथि हुने सबैखाले अन्याय बिरुद्ध सशक्त उत्रँदै दवावमार्फत उत्पन्न श्रमविवाद हल गर्ने काम पनि महासंघले सँगसँगै गर्दै आएको छ । महासंघले श्रमिक मजदुरहरूको निमित्त उचित ब्यवहारिक सामाजिक सुरक्षाको माग गर्दै आएको छ । त्यसैगरी बजार महँगीको अनुपातमा पारिश्रमिक वृद्धि गरिनुपर्ने र वैज्ञानिक तलवमान कायम गरिनुपर्नेमा समेत महासंघले बिशेष जोड दिँदै आएको छ । महासंघले अभियानको क्रममा मजदुर जागरणसँगै कारखानामा काम गर्ने मजदुरहरूलाई सङ्गठित गर्दै पनि आएको छ । अभियानकै क्रममा माघ १५ गते काठमाडौँको थापाथलीस्थित निर्माणाधिन…
Read More
सूर्य दर्शन सहकारी घाेटाला काण्डविरुद्ध संघर्ष,जनतामारा ठगहरुलाई जनकारबाही गरिने

सूर्य दर्शन सहकारी घाेटाला काण्डविरुद्ध संघर्ष,जनतामारा ठगहरुलाई जनकारबाही गरिने

पाेखरा : चर्चित सूर्य सुदर्शन सहकारी घटाला विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले संघर्षकाे शुरुआत गरेको छ । अाज उक्त सहकारीकाे कार्यलय,पाेखरामा सुदर्शन सहकारीका फरार ठगि व्यक्तिहरुकाे फाेटाे सार्वजनिक गर्दै “सूर्य दर्शन बचत तथा श्रृण सहकारी संस्थाका अभियुक्तहरुलाई पक्राउ गरि गर” भन्दै ब्यानर टाँसिएको छ । साथै उक्त पार्टीले सात बुँदे घाेटालाकाे अक्षम्य अपराधहरु कालाेब्यानरमा सार्वजनिक गर्दै उक्त सहकारी कार्यलयमा टाँसेकाे छ । सरकारले उक्त बिषयलाई नजरअन्दाज गरिए थप कडा संघर्ष गर्दै ठगहरुलाई जनकारबाही गरिने समेत बताएकाे छ ।उक्त पार्टीले टाँसेकाे सात बुँदे जस्ताको त्यस्तै“सूर्य दर्शन सहकारीले गरेका अक्षम्य बदमासीहरू !१. सूर्य दर्शन सहकारीमा बचत गर्ने १८ हजार ७ सय बचतकर्ताहरूको १…
Read More
माछापुच्छ्रे बैंकले वितरण गर्याे ३१० विद्यार्थीलाई स्विटर

माछापुच्छ्रे बैंकले वितरण गर्याे ३१० विद्यार्थीलाई स्विटर

माछापुच्छ्रे बैंक लिमिटेडले सामुदायिक विद्यालयमा अध्ययनरत ३१० जना विद्यार्थीलाई न्यानो कपडा स्विटर वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्विटर वितरण गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकका अनुसार कोशी प्रदेश अन्तर्गत उदयपुरको श्री आधारभूत विद्यालय सीवाई बेल्हा, कालीखोलास्थित श्री माध्यमिक विद्यालय र मधेश प्रदेश अन्तर्गत सिरहाको श्री जनता आधारभूत विद्यालय मिर्चैयामा अध्ययनरत विपन्न, गरिब तथा जेहेन्दार बालबालिकालाई स्विटर वितरण गरिएको छ ।
Read More
मूल्य बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको

मूल्य बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको

काठमाडौं : नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार बढेको मूल्य बुधबार मध्यरातिदेखि नै लागू हुने छ ।
Read More
सानिमा रिलायन्स लाईफले एक बिमा सचेतता कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाईफले एक बिमा सचेतता कार्यक्रम सम्पन्न

रामेछाप : सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली मा.बि. रामेछापमा एक बिमा सचेतता कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थी बिच उक्त कार्यक्रम आयोजना गरिएको थियो । बिमा सचेतता कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री , तालिम विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट , शाखा प्रमुख रामहरि के.सि. प्रधानाध्यापक टंक प्रसाद दाहाल , सहायक प्रधानाध्यापक चन्द्र सिङ धामी लगायतको उपस्थिति रहेको थियो । कम्पनीले विभिन्न स्थानमा सञ्चालन गर्दै आएको यस्ता कार्यक्रमले समुदायमा बीमाको आवश्यकता र महत्वको जानकारी हुन गई बीमा प्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छ।
Read More
भाटभटेनीका सञ्चालक गुरूङले कर छली गरेको सर्वोच्च अदालतको ठहर

भाटभटेनीका सञ्चालक गुरूङले कर छली गरेको सर्वोच्च अदालतको ठहर

काठमाडौँ : सर्वोच्च अदालतको पूर्ण इजलासले भाटभटेनी सुपर मार्केटलाई आयकर तथा मूल्य अभिवृद्धि कर छली प्रकरणमा दोषी ठहर गरेको छ ।न्यायाधीशहरू कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजश्व ठगी गरेको भनी यसअघि दुई न्यायाधीशको इजलासबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो । सर्वोच्चको यो फैसलापछि अब भाटभटेनीले सरकारलाई करिब १३ करोड रुपैयाँ नक्कली भ्याट बिलमार्फत राजश्व ठगी गरेको पाइएको थियो । भाटभटेनीले एक वर्षमै ३ करोड ८५ लाख बराबरको नक्कली भ्याट बिल जारी गरेर राजश्व ठगी गरेको पाइएको थियो । उक्त मुद्दा केही दिनदेखि सर्वोच्चको पूर्ण इजलासमा बहस भएको…
Read More