सूर्य दर्शन सहकारी घाेटाला काण्डविरुद्ध संघर्ष,जनतामारा ठगहरुलाई जनकारबाही गरिने

पाेखरा : चर्चित सूर्य सुदर्शन सहकारी घटाला विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले संघर्षकाे शुरुआत गरेको छ । अाज उक्त सहकारीकाे कार्यलय,पाेखरामा सुदर्शन सहकारीका फरार ठगि व्यक्तिहरुकाे फाेटाे सार्वजनिक गर्दै “सूर्य दर्शन बचत तथा श्रृण सहकारी संस्थाका अभियुक्तहरुलाई पक्राउ गरि गर” भन्दै ब्यानर टाँसिएको छ ।

साथै उक्त पार्टीले सात बुँदे घाेटालाकाे अक्षम्य अपराधहरु कालाेब्यानरमा सार्वजनिक गर्दै उक्त सहकारी कार्यलयमा टाँसेकाे छ । सरकारले उक्त बिषयलाई नजरअन्दाज गरिए थप कडा संघर्ष गर्दै ठगहरुलाई जनकारबाही गरिने समेत बताएकाे छ ।
उक्त पार्टीले टाँसेकाे सात बुँदे जस्ताको त्यस्तै
“सूर्य दर्शन सहकारीले गरेका अक्षम्य बदमासीहरू !
१. सूर्य दर्शन सहकारीमा बचत गर्ने १८ हजार ७ सय बचतकर्ताहरूको १ अरब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ अपचलन/हिनामिना गरेको ।
२. हजारौ बचतकर्ताहरूलाई घरबार बिहिन र बिचल्ली बनाएको ।
३. बचतकर्ताहरुले जम्मा गरेको रकमबाट ग्यालेक्सी फोर्के टेलिभिजनमा लगानी गरी करोडौं रकम हिनामिना र भ्रष्टाचार गरेको ।
४. जि.बि. राई २१ करोड, भुपेन्द्र राई ८० करोड ७० लाख, ज्ञानबहादुर बम्जम १९ करोड १८ लाख, थानबहादुर बुढा २७ करोड ४८ लाख र शिवबहादुर गुरुङ (महेन्द्र भोटे)ले ५ करोड रुपैयाँ हिनामिना गरेको ।
५. संचालक गितेन्द्रबाबु (जिवि) राई सहित संचालक समितिका अन्य दर्जनौ ब्याक्तिहरू बचतकर्ताहरूको रकम हिनामिना गरी फारार वेपत्ता रहेको ।
६. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने ग्यालेक्सी फोर्के टेलिभिजनमा हुँदा ग्यालेक्सी फोर्के टेलिभिजनको शेर जिवि राईलाई बिक्री गरेको नाममा सूर्य दर्शन सहकारीबाट रबि लामिछानेले १ करोड ८० लाख रकम हिनामिना गरेको ।
७. काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, बुटवलको सुप्रिम सहकारी, विरगञ्जको सानो पाइला र चितवनाको सहारा लगायत सहकारीले १६ अर्ब भन्दा बढी बचतकर्ताहरूको रकम हिनामिना गरेको ।
८. नोटः सहकारीमा जम्मा गरेको बचतकर्ताहरूको अरबौं रकम लुटेर हिनामिना र भ्रष्टचार गरी बेपत्ता भएका जिवि राई लगायतका व्यक्तिहरुलाई सरकारले खोजी गरी सम्पूर्ण पीडित बचतकर्ताहरूको डुबेको अरबौं रकम फिर्ता गरी पीडित जनतालाई न्याय दिलाउन हामी अनुरोध गर्दछौ । अन्यथा, हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले नीज जनतामारा ठगहरुलाई खोजबिन गरी जनकार्वाही गरिने समेत जानकारी गर्दछौं ।”

Blanqui

Blanqui

Web Developer

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?