मुलुकको व्यापार घाटामा २०७९/८० को तुलनामा ०.९६ प्रतिशतले कमी ।
काठमाडौं,साउन ८ गते । आर्थिक वर्ष २०७९/८० मा मुलुकको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड पुगेको थियो । गत आर्थिक वर्षमा भने व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ छ । यो अघिल्लाे आर्थिक बर्षकाे तुलनामा ०.९६ प्रतिशतले कम हो । आयात नभई नहुने वस्तु र स्वदेशमै पर्याप्त सम्भावना भएको वस्तुमा समेत परनिर्भर हुँदा मुलुककाे दैनिक व्यापार घाटा ३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । व्यापार घाटा सामान्य घटे पनि दैनिक ४ अर्ब घाटा हुनु स्वाभाविक मान्न नसकिने जानकारहरू बताउँछन् । घाटा कम गर्न र अर्थतन्त्रमा सुधार ल्याउन पुँजीगत खर्चमा जोड दिनुपर्ने उनीहरूको भनाइ छ । विभागको तथ्यांकअनुसार गत आर्थिक…