आर्थिक

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

काठमाडाैँ : ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बिच दिगोसाझेदारी सम्बन्धी सम्झौतामा मिति २०८१/०३/२४गते हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास–आईटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गर्नुभएको छ ।नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा मनाउने गरी यस क्षेत्रलाई ग्लोबल आई.एम. इ बैंकले प्राथमिकतामा राखेको छ । राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको सम्बाहकको रुपमा रहेको र ग्लोबल आइएमई बैंक पनि सदैव…
Read More
नुनको मूल्य बढेर २६ रुपैयाँ पुग्यो

नुनको मूल्य बढेर २६ रुपैयाँ पुग्यो

काठमाडाैँ: साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य वृद्धि गरेको छ । मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्यवृद्धि गर्ने निर्णय गरेको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बताए । बढेको मूल्य आजै मध्यरातिदेखि लागू हुनेछ । नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यस आधारमा ४ रुपैयाँ प्रतिकिलोका दरले मूल्य बढेको छ। यसैगरी न्यु शक्ति नुनको उपभोक्ता मूल्य प्रतिकिलो २० रुपैयाँमा पुगेको छ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १६ रुपैयाँ थियो । आयो नुन र न्यू शक्तिको थोक मूल्य भने क्रमशः २३ र १७ रुपैयाँ रहेको छ । अर्थात…
Read More
जी–७ को आर्थिक सम्मेलनमा युद्ध भड्काउने कुरा

जी–७ को आर्थिक सम्मेलनमा युद्ध भड्काउने कुरा

जी–७ को आर्थिक सम्मेलनमा राजनीतिक दाउपेचका कुराहरु भएका छन् । गत जुन १३–१५ ( जेठ ३१–असार १) सम्म दक्षिणी इटालीको अपुलिया क्षेत्रमा सो सम्मेलन भएको थियो । सम्मेलनमा अमेरिका, बेलायत, क्यानडा, जर्मनी, इटाली, जापान र फ्रान्सकासाथै युरोपेली संघका सदस्य राष्ट्रहरु सहभागी थिएभने नेपालको छिमेकी भारतलाई आमन्त्रित राष्ट्रकारुपमा सहभागी गराइएको थियो । जहाँ भारतका नव नियुक्त प्रधानमन्त्रि नरेन्द्र मोदी आफै सहभागी हुनुभएको थियो । जी–७ खासमा एक अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक संगठन हो । जसमा उपरोक्त सात प्रमुख विकसित देशहरु आबद्ध रहँदैआएका छन् । उक्त सम्मेलनमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका प्रतिनिधिहरुले मुख्यत युक्रेन र गाजा युद्धलगायतका विषयमासमेत छलफल…
Read More
‘सहकारी पीडितलाई न्याय दे’ भन्दै प्रधानमन्त्रीलाई देखायो कालो झण्डा

‘सहकारी पीडितलाई न्याय दे’ भन्दै प्रधानमन्त्रीलाई देखायो कालो झण्डा

पोखरा : पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका छन् । आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए । कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।प्रधानमन्त्री प्रचण्ड गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलगायतमा सहभागी हुन मंगलबार पोखरा गएका थिए । आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी भएर पार्टी प्रशिक्षण कार्यक्रममा जाँदै…
Read More
नव जागरण एकेडेमी र नागार्जुन नगरपालिकाकाे सहकार्यमा व्यवसायीलाई अभिमुखिकरण तालिम

नव जागरण एकेडेमी र नागार्जुन नगरपालिकाकाे सहकार्यमा व्यवसायीलाई अभिमुखिकरण तालिम

काठमाडाैँ : आर्थिक बर्षको अन्तिम समयमा व्यवसायीलाई क्लोजिङ तथा लेखा परिक्षणको हतार छ । प्रत्येक आर्थिक बर्षको आन्तिममा बर्षभरीका सबै कारोबारको लेखा परिक्षण गर्नुपर्ने प्रावधान भएका कारण व्यवसायीहरु यो समयमा कर फस्यौट गर्नमा ब्यस्त देखिन्छन । कतिपय स्थानीय तहले कर फर्स्यौट गर्न ताकेता गरिरहेका छन । कर प्रणालीका बारेमा कतिपय व्यवसायीलाई जानकारी नहुदा आर्थिक बर्षको अन्तिममा व्यवसायीलाई बढी प्रेसरमा पर्ने गरेका छन । स्थानीय तहले व्यवसायीलाई करको दर, करको दायरा तथा अन्त शुल्कका बारेमा प्रयाप्त जानकारी दिन नसक्दा मझौला व्यवसायीले दोश्रो ब्यक्ति प्रयोग गर्न बाध्य भइरहेका हुन्छन । दोश्रो ब्यक्तिको प्रयोगले ब्यवसायी मारमा परिरहेको अवस्थालाई मध्यनजर राख्दै नव जागरण एकेडेमीले…
Read More
सानिमा रिलायन्स लाईफलाइ कर्पोरेट वुमन्सविच क्रिकेट २०२४ को शिर्ष उपाधि

सानिमा रिलायन्स लाईफलाइ कर्पोरेट वुमन्सविच क्रिकेट २०२४ को शिर्ष उपाधि

काठमाडाैँ : सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ । जेष्ठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स बैकलाई हराउँदै सानिमा रिलायन्स लाईफको महिला क्रिकेट टिमले उक्त उपाधि हाँसिल गरेको हो । टुर्नामेन्टमा सानिमा रिलायन्स लाईफकै स्वस्तीका कार्किले वेस्ट प्लेयर अफ द सिरिज, प्लेयर अफ द फाइनल तथा वेष्ट फिल्डरको अवार्ड समेत जित्न सफल भएकी थिइन । साथै विभिन्न खेलमा सानिमा रिलायन्स लाईफकै इलिसा थापा, विमला पन्त तथा स्वस्तीका कार्कीले प्लेयर अफ द म्याच अवार्ड जित्न सफल भएका थिए । विजेता टिमको…
Read More
नेपाल आयल निगमले घटायाे पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले घटायाे पेट्रोल र डिजेलको मूल्य

काठमाडाैँ : सरकारले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो । निगमका अनुसार शुक्रबार नै भारतीय आयल कर्पोरेशनले पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ रुपैयाँ घटाएर नयाँ मूल्यसूची पठाएको थियो । यस्तै डिजेलको मूल्य प्रतिलिटर २.४५ रुपैयाँ घटेर आएको थियो । सरकारले बजेट वक्तव्यमार्फत सरकारले लगाएको हरित करसमेत जोडेर निगमले मूल्य समायोजन गरेको जनाएको छ । सरकारले हरित करको रूपमा पेट्रोल र डिजेलमा रु १ प्रतिलिटर कर लगाउने घोषणा बजेटमार्फत गरेको थियो । घटेको मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ कायम…
Read More
बजेट फेरि पनि दलाल पुँजीवादी शोषणकै पक्षमा

बजेट फेरि पनि दलाल पुँजीवादी शोषणकै पक्षमा

काठमाडौ : नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले हिजो जेष्ठ १५ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष ०८१/०८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा जनाइएकोछ । । नेपालको संविधानको धारा ११९ मा प्रत्येक आर्थिक वर्षको बजेट सङ्घीय संसदमा जेठ १५ गते पेस गर्नुपर्ने व्यवस्था गरिएकोछ । राजस्व तथा व्ययको अनुमानलाई स्वीकृत नगरेसम्म कार्यान्वयन हुन नसक्ने संवैधानिक व्यवस्था छ । सङ्घको बजेट पारित भएपछि…
Read More
सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

काठमाडाैँ : सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही २०८१ जेठ १ गते देखी २५ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ । हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ…
Read More
सहकारी ठगको संरक्षणमा प्रधानमन्त्री प्रचण्ड सरकार

सहकारी ठगको संरक्षणमा प्रधानमन्त्री प्रचण्ड सरकार

काठमाडौँ : जनसर्वसाधारणले निकै दुःख कष्ट गरेर खाइ नखाइ सहकारीमा बचत गरेको रकममा व्यापक हिनामिना, अपचलन, दुरुपयोग र ठगी गरिएको छ । पीडितहरुले आफ्नो बचत फिर्ता गराइदिन हारगुहार गरे, चरणबद्ध आन्दोलन गरे तर राज्य पीडितलाई न्याय दिलाउन होइन, पीडकहरुकै संरक्षणमा उत्रिएको छ । यतिबेला पीडकमध्येका एक मानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सरकारको उपप्रधान तथा गृहमन्त्री छन्, उनैको संरक्षण सरकार लागेको छ । सहकारी पीडितहरु महिनौदेखि सडक संघर्षमा छन्, तर सरकार उनीहरुको आवाज सुन्दैन । सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद् अधिवेशन अन्त्य गरिदिएको छ । सत्तास्वार्थका लागि एमाले, माके…
Read More