क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीको एकताको सम्मेलन हुँदै
नयाँ जनवाद हुदै बैज्ञानिक समाजवाद स्थापनाका लागि जनबिद्रोह आवश्यकक नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीले संर्घषको रुपमा एकता सम्मेलन गर्ने जनाएको छ । सोमबार बर्दघाटमा पत्रकार सम्मेलनको आयोजना गरी सो पार्टीले उक्त कुरा जनाएको हो ।पत्रकार सम्मेलनमा बोल्दै पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले नयाँ जनवाद हुदै बैज्ञानिक समाजवाद स्थापनाका लागि जनबिद्रोह आवश्यक रहेको बताउनुभयो ।त्यसैगरी पार्टीका अर्का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले पार्टीको एकताको जिल्ला सम्मेलनले जिल्लाको वर्गसंर्घषको खाका बनाउने बताउनुभयो । सम्मेलन पछि पार्टी राष्ट्रियता,जनतन्त्र र जनजिविकाको पक्ष संर्घष गर्ने उहाँको दावी थियो ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादी, नेकपा(बहुमत) र नेकपा (मशाल)…