
धरान : क्रान्तिकारी महिला संगठन, नेपाल धरानको दोस्रो महिला भेला २६ माघ २०८१मा सम्पन्न भएको छ । कार्यक्रम कमला खड्काको अध्यक्षता तथा सञ्चालनमा भएको भेलाको प्रमुख अतिथि महिला संगठनकी अध्यक्ष निरु पोख्रेल, विषेश अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी , नेपालका सुनसरी सचिव पारस लिम्बू , निवर्तमा केन्द्रीय सदश्य रवि किरण, नगर सचिव वि. वि राई, सह–सचिव दिप खड्का, जनयुद्ध घाईते तथा अपाङ्ग केन्द्रीय सदस्य सुजता वन जिल्ला कमिटि सदस्य राम वा पौडेल र गोपि भण्डारी उपस्थित भई भेला सफलताको शुभकामना दिनु भएको थियो ।
भेलाले क्रान्तिकारी महिला संगठन नेपाल धरानको १९ सदस्सीय नगर समिति चयन गरीएको छ। जसमा अधयक्ष कमला खड्का, सदस्यहरु संगीता थापा,विष्णु लिम्वु,प्रतिक्षा राई, चन्द्रकला राई, मनमाया सिजाली ,मिना राई, अंमृता राई, वसन्ति राई, ईन्दिरा वि।क, दुर्गा विक युनिता तामाङ , उमा खड्का, सिफरा विसंखे, हिरा तामाङ सल्लाहकार मा सुनमाया लिम्वु रहनु भएको छ ।