समाचार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेको ११औँ जिल्ला सम्मेलन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेको ११औँ जिल्ला सम्मेलन

काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्लाको एकताको ११औँ जिल्ला सम्मेलन बनेपामा बुधबार सप्पन्न भयो। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ नेता सिपि गजुरेलको प्रमुख अतिथ्यमा उत्घाटन गरि सम्पन्न भएको हो। उदघाट्न सत्रमा बोल्दै प्रमुख अतिथी गजुरेलले क्रान्तिका लागि अहिले बस्तुगत अबस्था अनुकुल भएको तर आत्मगत अबस्था कमजोर रहेको भन्दै क्रान्ति सम्भब रहेको बताउनु भयो। तेसैगरी विशेष अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय कार्यलय सदस्य तथा पार्टी प्रबक्ता हेमन्त प्रकाश ओलि सुदर्शनले नयाँ जनबादी क्रान्तिको खुट्किलो पार गर्दै बैज्ञानिक समाजबादको दिसामा अगाडी बढ्नु पर्ने बताउनु भयो। कार्यक्रममा केन्द्रिय कार्यलय सदस्य तथा प्रदेश ३को संयोजक चन्द्रहरी सुवेदी अटल, पार्टीको केन्द्रिय सचिबालय…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, भक्तपुरकाे जिल्ला सम्मेलन सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, भक्तपुरकाे जिल्ला सम्मेलन सम्पन्न

भक्तपुर : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल भक्तपुर जिल्ला सम्मेलन जिल्ला संयोजक विवेकको अध्यक्षता जिल्ला सह संयोजक टेकहरी न्यौपानेको संचालन र रामकुमार दोङको स्वागतमा २०८१ असाेज ७ गते सम्पन्न भएको छ। सम्मेलनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यालय सदस्य तथा वरिष्ठ नेता गौरव रहेका थिए । अतिथिहरुमा कार्यालय सदस्य तथा प्रवक्ता सुदर्शन, कार्यालय सदस्य तथा ३ नंं प्रदेश संयोजक अटल, सचिवालय सदस्य तथा ३. प्रदेश सहसंयोजक प्रभात, सचिवालय, सदस्य तथा ३. प्रदेश सह संयोजक प्रवेश सदस्य दलसिंङ खत्री रहेका थिए । ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनेट मौन धारण गरिएको थियो । सम्मेलन सफलताको शुभकामना दिनेहरुमा प्रमुख अतिथि गौरव, प्रवक्ता…
Read More
देवचुली नगरपालिकामा क्रान्तिकारी कम्युनिष्ट पार्टीको भेला सम्पन्न

देवचुली नगरपालिकामा क्रान्तिकारी कम्युनिष्ट पार्टीको भेला सम्पन्न

नवलपुर : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको राष्ट्रिय एकता अधिवेशनको पूर्व सन्ध्यामा नवलपुरका नगर तथा गाउँपालिकाको सम्मेलन तथा भेलाहरु तीब्र बन्दै गएको छ ।सोही क्रममा २०८१ असोज ५ गतेका दिन देवचुली नगरपालिकाको नगर भेला सम्पन्न भएको जिल्ला संयोजक दीपकले जानकारी दिनुभयो । भेलाले बिजय सचिव र पर्खाल सह सचिव रहेको ११ सदस्यीय पालिका समितिको चयन गरेको हो ।नगर संयोजक विजयको अध्यक्षता तथा सह संयोजक पर्खालको सञ्चालन एवं प्रसादको स्वागत मन्तव्य पछि महान शहिदहरुको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो ।भेलामा केन्द्रिय सचिवालय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज अनुकूलको प्रमुख आतिथ्यता जिल्ला संयोजक दिपक सह संयोजक न्युजर्ज र प्रदेश सदस्य पुष्पको…
Read More
भक्तपुर नगर समितिको एकता नगर सम्मेलन सम्पन्न

भक्तपुर नगर समितिको एकता नगर सम्मेलन सम्पन्न

भक्तपुर : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको भक्तपुर नगर समितिको नगर सम्मेलन सम्पन्न भएको छ । केपी धेमसुको अध्यक्षता पदम लामाको सञ्चालन र जिल्ला सहसंयोजक टेकहरी न्यौपानेको स्वागतमा कार्यक्रम अगाडि बढेको थियो । ज्ञात अज्ञात शहिदहरु प्रति १ मिनेट मौन धारणपछि अगाडि बढेको सम्मेलनमा प्यानल प्रश्तुत भक्तपुर संयोजक श्रीकृष्ण सलुले गरेका थिए । सम्मेलनले ११ सदस्सीय भक्तपुर नगर समिति गठन गरेको छ ।जसमा सचिव दया लिम्बु ,सह सचिव शमर रोयल र इन्चार्ज नविन रहेका छन् । – टेकहरी न्यौपाने
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही जिल्ला सचिवमा लक्ष्मीकान्त पौडेल निर्वाचित

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही जिल्ला सचिवमा लक्ष्मीकान्त पौडेल निर्वाचित

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रुपन्देही जिल्लाको एकता सम्मेलनले लक्ष्मिकान्त पौडेलको नेतृत्वमा १९ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ ।यहि असोज ४ र ५ गते – “सबैखाले अवसरवार र प्रतिक्रियावाद विरुद्ध संघर्ष गरौं । अनुशासित , जुझारु र बृहत कम्युनिस्ट पार्टी निर्माण गर्दै सर्वहारा वर्गको मुक्ति आन्दोलनमा सहभागी बनौं।।” भन्ने मुल नारा सहित रुपन्देही जिल्लाको सैनामैनामा सम्पन्न जिल्ला एकता सम्मेलनले पौडेललाई जिल्ला सचिवमा निर्वाचित गरेको केन्द्रीय सदस्य तथा जिल्ला संयोजक दिपक पौडेलले जानकारी दिनुभयो । जिल्ला सम्मेलनको उद्घघाटन पार्टीका केन्द्रीय सहसंयोजक सन्त बहादुर नेपालीले गर्नुभएको थियो। उद्घाटन सत्रमा पार्टीका केन्द्रिय कार्यालय सदस्यद्वय कृष्णराज पौडेल, हरिभक्त कण्डेल, केन्द्रीय सदस्य अटल…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राष्ट्रिय एकता महाधिवेशन प्रचार प्रसारको कार्यतालिका

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राष्ट्रिय एकता महाधिवेशन प्रचार प्रसारको कार्यतालिका

काठमाडौँ : 'राष्ट्रिय एकता महाधिवेशन भब्य रुपमा सफल पारौँ !, नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अगाडि बढौँ !!' भन्ने मूल नाराका साथ विस २०८१ साल मंसिर १३ देखी २३ सम्म काठमाडौँमा सम्पन्न हुन गैरहेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन केन्द्रीय प्रचार प्रसार समितिले महाधिवेशन प्रचार प्रसारको कार्यतालिका सार्वजनिक गरेको छ । २०८१ भदौ १२ गते साझ समितिका संयोजक राजवीरको अध्यक्षतामा जुम बैठक बसी महाधिवेशन प्रचार प्रसार सम्बन्धी विभिन्न निर्णयहरु गरेको छ । बैठकमा प्रचार प्रसार समितिका संयोजक कमरेड राजवीरले पार्टी निर्णयको व्रिफिङ सहित प्रचार प्रसार कार्यक्रमको खाका प्रस्तुत गरेका थिए । सहभागी सदस्यहरुको सुझावहरुको आधारमामहाधिवेशन प्रचार…
Read More
दशैँमा १० सुनको सिक्का जित्ने अफर, सि.जी.का साना घरायसी सामाग्रीहरुमा

दशैँमा १० सुनको सिक्का जित्ने अफर, सि.जी.का साना घरायसी सामाग्रीहरुमा

काठमाडाैँ : नेपालको अग्रणी ब्राण्ड सि.जी. स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दशैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “दशैँमा १० अफर” ल्याएको छ । यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १० – १० ग्रामका १० सुनका सिक्काहरु जित्ने अरवसर प्राप्त गर्नेछन् । यो अफर सि.जी. का साना घरायसी उपकरणहरुमा मात्र समावेश छन्। यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सि.जी. का कुनै पनि साना किचन एप्लायन्स खरिद गरि बिज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्नो बिबरण भरि समाबेस गर्नुपर्नेछ। यो योजना सि.जी.का हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान,…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको धरान नगर सम्मेलन सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको धरान नगर सम्मेलन सम्पन्न

सुनसरी : क्रान्तिकारीकम्युनिष्ट पार्टी नेपालको २०८१असोज ३ गते धरान नगर सम्मेलन सम्पन्न भएको छ। “दलाल संसदवादी तथा दक्षिणपन्थी संशोधनवादी , प्रतिक्रियावदी विरुद्ध हाम्रो अभियान । जनसंघर्ष प्रतिरोध संघर्ष र सशस्त्र विद्रोहको दिशामा पहिलो धरान सम्मेलन ।।” भन्ने मुल नाराकासाथ प्रथम धरान नगर सम्मेलन सम्पनन भएको छ । उक्त सम्मेलन सुनसरी जिल्ला पार्टी इन्चार्ज विवेकको प्रमुख आतिथ्यता विविराईको सभापतित्व र पारस लिम्बुको सन्चालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो भने पारस लिम्बु टिका राई सुजाता बन रहेको तीन सदस्सीय अध्यक्ष मण्डलबाट बन्द सत्र कार्यक्रम सम्पन्न भएको थियो बन्द सत्रमा रामबहादुर पौडेलले आर्थिक प्रतिवेदन र संयोजक विविराईले राजनैतिक तथा सांगठनिक प्रतिवेदन प्रश्तुत गरेका…
Read More
नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित

नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित

काठमाडौं : नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम हाललाई स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले आज सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मकालागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएको छ । असोज ४ गतेलाई मनोनयन तथा १२ गतेलाई निर्वाचन तालिका रहेको महासंघको निर्वाचन प्रक्रिया हाललाई अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको छ । कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए । सोही अनुसार निर्वाचन समितिले चुनाव स्थगत गरेको हो । महासंघको निर्वाचन पटक पटक स्थगित हुन पुगेको छ ।
Read More
महाधिवेशनलाई भव्य, सानदार र ऐतिहासिक रुपमा सफल पार्न ५ नं. प्रदेश संयाेजक अटलकाे अनुराेध

महाधिवेशनलाई भव्य, सानदार र ऐतिहासिक रुपमा सफल पार्न ५ नं. प्रदेश संयाेजक अटलकाे अनुराेध

दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनलाई भव्य, सानदार र ऐतिहासिक रुपमा सफल पार्न ५ नं. प्रदेश संयाेजक अटलले अनुराेध गर्नुभएकाे छ । उहाँले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै 'सवै किसान, मजदुर, श्रमजीवी शिक्षक, विद्यार्थी, प्रोफेसर, डाक्टर, इन्जिनियर, कानुन व्यवसायी, व्यापारी, उद्योगपती, निर्माण व्यसायी पत्रकार लगायत सम्पूर्ण तह र तप्काका न्यायप्रेमी जनसमुदायमा सहयोग र समर्थनका लागि हार्दिक अनुरोध गर्दछौ' विज्ञप्तिमा भनिएकाे छ, 'गत भाद्र २८ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नं. प्रदेश संगठन समितिको तेस्रो बैठक भव्य रुपमा सम्पन्न भएको छ । प्रदेश समितिका इन्चार्ज क. कुमुदको विशेष उपस्तिथि र प्रदेश संयोजक क अटलको अध्यक्षतामा सम्पन्न सो…
Read More