समाचार

क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल ललितपुरले गर्याे समवेदना पत्र हस्तान्तरण

क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल ललितपुरले गर्याे समवेदना पत्र हस्तान्तरण

ललितपुर : क्रान्तिकारी कम्यूनिष्ट पार्टि नेपालको सदस्य तथा ललितपुर जिल्ला उधोग व्यापार महासंघको संयोजक पूर्णबहादुर माझीको ममतामयी माता श्रीमती अलवी माया माझीको ६६ वर्षको उमेरमा असामयिक निधन भएकोप्रति सिंगो संगठन तथा क्रान्तिकारी जिल्ला ललितपुर समितिलाई स्तब्ध बनाएको जनाइएकाे छ। साेमबार जिल्ला संगठन समितिका संयाेजक बलिभद्र शर्मा लगायत नेताहरूले पूर्णबहादुर माझीलाइ समवेदना पत्र हस्तान्तरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण व्यक्त गरेका छन् । साथै शोक सन्तप्त परिवारजनमा गहिराे समवेदना व्यक्त गरिइएकाे छ ।
Read More
पिकअप भ्यान दुघर्टनाप्रति महासचिव वश्यालद्वारा गहिरो दुःख प्रकट

पिकअप भ्यान दुघर्टनाप्रति महासचिव वश्यालद्वारा गहिरो दुःख प्रकट

भारत : अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र वश्यालले जैमिनीबाट वाग्लुङकालागि छुटेको पिकअप भ्यान दूर्घटना भएको समाचारप्रति दुःख प्रकट गर्दै मृतकहरु मा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार जनप्रति गहिरो समवेदना अर्पण गर्नु भएको छ । महासचिव वश्यालले उद्धार कार्यमा सक्दो सहयोग गर्न र बाटो निकै अफ्ठ्यारो रहेकाले सावधानी पूर्वक सवारी चलाउन पनि सबैलाई अनुरोध गर्नु भएको छ । प्रश्तुत छ महासचिव वश्यालले जारी गर्नु भएको वक्तव्यको पूर्ण पाठ – जैमिनी नगरपालिका दुःखद समाचार (मेरो गाउबाट), जैमिनी नगरपालिका छिस्ती केवै बाट बाग्लुङ तर्फ जादै गरेको जिप हर्देवा पारीको भीर च्यानेको घुम्तीबाट दिनांक ११ नोभेम्बर २०२४ तदानुसार २०२८१ कार्तिक २६…
Read More
बागलुङ पिकअप भ्यान दुर्घटना

बागलुङ पिकअप भ्यान दुर्घटना

बागलुङ : बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ दुर्घटना भएको छ । जैमिनी–७ जैदीको व्यार्थला नजिकै ग२च ९२४७ ‘पिकअपभ्यान’ आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा जैमिनी नपा–०८ केवई बस्ने जिप चालक ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँ बस्नेहरु २० वर्षीय रश्मी श्रीष, ५० वर्षीय नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुल प्रसाद श्रीष रहेका छन् । दुर्घटनामा जैमिनी नपा ०८ केवई बस्ने ४५ वर्षीय गंगाबहादुर श्रीष घाइते भएका छन् । भ्यान सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुलीको एकता सम्मेलन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुलीको एकता सम्मेलन सम्पन्न

सिन्धुली : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली जिल्ला सङ्गठन समितिको ऐतिहासिक जिल्ला एकता संम्मेलन पार्टी केन्द्रीय कार्यालय सदस्य, ३ नं. प्रदेश संयोजक क अटलको प्रमुख आतिथ्यमा यही कार्तिक २२ गते सिन्धुलीमाढीमा सम्पन्न भएकोछ । सम्मेलनको उद्घाटन र कार्यक्रमको अध्यक्षता जिल्ला इन्चार्ज सेक्रेटरी क जीवन र सञ्चालन क अनुजले गर्नुभएको थियो ।उक्त जिल्ला सम्मेलनले इन्चार्ज क जीवन सेक्रेटरी र क अनुज सहसेक्रेटरी निर्वाचित गरी पछि ६ सदस्य थप्ने गरी २१ सदस्यीय जिल्ला समिति सिन्धुली चयन गरियो । नव निर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि क अटलले सफथ खुवाउनु भयो । कार्यक्रमको अन्तमा जिल््ला कार्य समिति र प्रतिनिधिलाई संयुक्त रुपमा समसामयिक राजनीतिक बिषयमा बृहत्तर…
Read More
वक्ताहरुले भने,‘क्रान्तिको लागि वस्तुगत परिस्थिति तयार भएको छ’

वक्ताहरुले भने,‘क्रान्तिको लागि वस्तुगत परिस्थिति तयार भएको छ’

काठमाडौं : शनिबार काठमाडौँमा आयोजित ‘अक्टोबर क्रान्ति र लेनिन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले लेनिनले भनेजस्तै नेपालमा क्रान्तिको लागि वस्तुगत परिस्थिति तयार भएको दावी गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य प्रा.डा. जगदीशचन्द्र भण्डारी, नेकपा (मसाल)मा प्रवक्ता रामप्रकाश पुरी, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लेखनाथ न्यौपाने लगायतका नेताहरुले यस्तो बताएका हुन् । मुलुकमा सत्ता फासिस्ट हुँदै जाने र सडकमा अराजक पपुलिष्ट हुँदै जाने अवस्था आउन नदिन क्रान्तिकारी एजेन्डासहितको कम्युनिस्ट पार्टी सडकमा आउनुपर्नेमा नेताहरुले जोड दिए । एकीकृत समाजवादीका महासचिव भूसालले भन्नुभयो, “परिस्थिति भन्ने हो भने लेनिनले भनेको त्यो क्रान्तिकारी सङ्कट रेभुलुशनरी…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रूकुमकाे एकता भेला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रूकुमकाे एकता भेला सम्पन्न

रूकुम: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रूकुमकाे एकता भेला सम्पन्न भएकाे छ । २०८१ कात्तिक १३ गते रूकुममा सम्पन्न भएकाे भेलाले रिस्कलाइ सचिवमा चयन गर्दै ३ सदस्यीय पछि थप्ने गरि १९ सदस्यीय सङ्गठन समिति गठन गरेकाे छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनि प्रदेश संयाेजक अटल प्रमुख अतिथि रहनु भएकाे थियाे । कार्यक्रमकाे अध्यक्षता गगनले गर्नु भएकाे थियाे भने सञ्चाल सुदिपले गर्नु भएकाे थियाे ।
Read More
अखिल भारत नेपाली एकता समाजले बेंलोरमा मनाइयो स्थापना दिवस

अखिल भारत नेपाली एकता समाजले बेंलोरमा मनाइयो स्थापना दिवस

बेंगलोर,भारत : ७ नवम्बर २०२४ का दिन अखिल भारत नेपाली एकता समाजको दक्षिण नगर समितिले समाजको ४६ औँ वार्षिक मनाएकोछ। कार्यक्रम को संञ्चालन सेर सिह बि क ले गर्नु भएको थियो । राम दत्त पाण्डेको अध्यक्षतामा र केन्द्रीय उपाध्यक्ष किसन बहादुर बि क को प्रमुख अतिथि रहेको थियो भने(विशेष अतिथि केन्द्रीय सचिव राम सिह बि क, विशिष्ट अतिथि केन्द्रीय प्रतिनिधि धर्माराम बि क हुनुहुन्थ्यो अन्य अतिथिमा हाँक साप्ताहिक सम्बादाता कर्नाटाका राज्यका करन दयाल, केन्द्रीय सदस्य गणेश बि क, सेर बहादुर दयाल, ज्ञानमति बि क, मिना बि क, कलावति दयाल रहनु भएको थियो । बिद्यार्थी केन्द्रीय सदस्य प्रकाश दयाल,क्षेत्रिय सदस्य हरू…
Read More
कमरेड पुष्पगोपाल श्रेष्ठको श्रद्धाञ्जली सभा सम्पन्न

कमरेड पुष्पगोपाल श्रेष्ठको श्रद्धाञ्जली सभा सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार सदस्य पुष्पगोपाल श्रेष्ठको श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । पार्टीको एकता महाधिवेशन आयोजक समितिको आयोजनामा सम्पन्न श्रद्धाञ्जलीसभामा कमरेड पुष्पगोपाल श्रेष्ठले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पु¥याउनु भएको योगदानको बारेमा चर्चा गरिएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय संयोजक मोहन वैद्य किरणको अध्यक्षता र कार्यालय सदस्य दिनेश शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा अतिथिहरु सीपी गजुरेल, रामसिंह श्रीस, सुदर्शन, प्रतीक, कुमुद लगायतका नेताहरुको उपस्थिति रहेको थियो । श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै केन्द्रीय संयोजक किरणले कमरेड पुष्पगोपाल श्रेष्ठमा निडरतापूर्वक आफ्नो कुरा राख्ने बेजोड कला भएको बताउनु भयो । उहाँले भन्नुभयो, “क्रान्तिप्रति उहाँ निकै चिन्तित हुनुहुन्थ्यो । क्रान्तिकारी शक्तिलाई कसरी…
Read More
रामपरी देवी साहप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले दियाे श्रद्धाञ्जली

रामपरी देवी साहप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले दियाे श्रद्धाञ्जली

काठमाडौं : गरुडा नगरपालिका वडा नं. ५ रौतहट निवासी रामपरी देवी साहप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । यही २०८१ कात्तिक १५ गते उपचारको क्रममा सर्लाहीको अस्पतालमा ६० वर्षको अल्पायुमै साहको दुःखद निधन भएको थियो । क्यान्सर रोगले पीडित उहाँ क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिका सदस्य कमरेड प्रल्हाद साहकी ममतामयी आमा हुनुहुन्थ्यो । कम्युनिस्ट आन्दोलनलाई नजिकबाट सहयोग गर्दै आउनुभएकी साहको निधनबाट पार्टीले एकजना शुभचिन्तक गुमाएको पार्टीका प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । उहाँका श्रीमान, चार छोरी, तीन छोराहरु तथा नाति नातिनाहरु हुनुहुन्छ ।वक्तव्यमा दुःखको यस घडीमा पार्टीले रामपरि देवी साहप्रति…
Read More
रुकुमबाट काठमाडौँ आउँदै गरेको बस बागलुङमा  दुर्घटना,२३ जना घाइते

रुकुमबाट काठमाडौँ आउँदै गरेको बस बागलुङमा दुर्घटना,२३ जना घाइते

काठमाडौ : रुकुमबाट काठमाडौँ आउँदै गरेको ना ८।ख ८४१४ नम्बरको बस बागलुङको निसिखोला ६, जाउलेपानीमा बुधबार दुर्घटना भएको छ । बसमा करीव ४० जना यात्रु छन् । दुर्घटनाबारे हाँक टुडेले बागलुङको इलाका प्रहरी कार्यालय बुर्तिबाङ सित जानकारी लिदा अहिले सम्म कुनै पनि व्यक्ति मृत्यु नभएको ,करीब २३ जना घाइते भएको र करीव पाँच जना गम्भीर घाइते भएको जानकारी गराएकोछ । अहिले उद्दार कार्य चलिरहेको र अन्तिम रिपोर्ट आउन बाँकी रहेको बुर्तिबाङ इलाका प्रहरी कार्यालयले जनाएकोछ । यस भन्दा पहिले गत साल चैत्रमा निसी खोलामै बस दुर्घटना हुँदा ९ जना यात्रुको मृत्यु भएको थियो ।
Read More