
कुपण्डाेल, ललितपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोको आयोजनामा वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम भएकोछ।

ब्युरो सचिब चिन्तामणि पौडेलको अध्यक्षता पार्टीका कार्यबाहक महासचिव सिपि गजुरेल (गौरव)को प्रमुख आतिथ्यता स्थायी समिति सदस्य रामसिह श्रीस बिशिस्ट अतिथी पोलिट ब्युरो सदस्य तथा ९ ब्युरो इन्चार्ज दिनेश शर्माको आतिथ्यता ललितपुर सचिव जगदीस्वर महर्जनको स्वागत पार्टीका केन्द्रिय सदस्य सुरेश तामाङको सञ्चालनमा भएको उक्त कार्यक्रम २०८२ जेठ १७ शनिबार सम्पन्न भएकाे जानकारी ब्युराे सचिव चिन्तामणी पाैडेलले दिनुभयाे ।




कार्यक्रममा सहिदहरुप्रति १ मिनेट श्रद्धाञ्जली अर्पण गरेको थियो भने पार्टी नीति कार्यक्रम र बर्तमान राजनीतिक परिस्थिति बारे गौरव, संगठन बिधान नियमावली आचार संहिता सम्बन्धी राम सिंह श्रीस संगठनात्मक अनुसासन र ब्युरोले गरेका निर्णय कार्यान्वयन र पार्टी परिचालन सम्बन्धि आवस्यक निर्देशनसहितको प्रशिक्षण दिनु भएको थियो।



