समाचार

प्रकृति लंसाललाई आत्महत्यातर्फ दुरुत्साहित गर्नेलाई कारबाही गर-कार्यवाहक महासचिव गौरव

प्रकृति लंसाललाई आत्महत्यातर्फ दुरुत्साहित गर्नेलाई कारबाही गर-कार्यवाहक महासचिव गौरव

काठमाडाैँ : भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) ले विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि भएको विवादका कारण सबै नेपाली विद्यार्थीहरूलाई कुटपिट गरि विश्वविद्यालय छोड्न आदेश दिएको र यस प्रति पार्टीको गंभीर ध्यानाकर्षण भएको छ भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवव्दारा एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ । भारतीय संचार माध्यमहरुले उनको आत्महत्याको कारण उनीमाथि लामो समयदेखि हुँदै आएको दुव्र्यवहार बताएका छन् भने यसको ठिक विपरित भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) ले प्रकृति लंसाललाई आत्महत्यातर्फ दुरुत्साहित गर्ने व्यक्तिको छानबीन गरी उमाथि कडा भन्दा कडा कारबाही नचलाई सबै नेपाली विद्यार्थीहरूलाई कुटपिट गरि…
Read More
भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)का नेता  ध्रुवनारायण निधन

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)का नेता ध्रुवनारायण निधन

काठमाडाैँ : भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)मासलाईनका एक महत्वपूण नेता धु्रव नारायणको २०२५फ्रेब्रअरी १२ मा असामयिक निधन भएको छ भारतीय क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा उहाँ पाँच दशक देखि सक्रिय व्यक्तित्व हुनुहुन्थयो। अवसरवाद र संकीर्णतावादको विरोधी नेताका रुपमा उहाँको परिचय बनेको थियो। १९५७ अगष्ट ३० मा उहाँको जन्म भएको थियो । उहाँको बुवा जयनारायण मिश्र पटना विश्वविद्यालयको प्रोफेसर र आमा शान्ति मिश्र हुनहुन्थ्यो ।भाकपा –माले )का सदस्य र कार्यकर्ता हुनुहुथ्यो । उहाँका दुई छोरा हुनुहुन्छ ।हिन्दी र अंग्रेजी भाषामा उहाँ बोल्न लेख्न सक्नु हुन्थ्यो। जयप्रकाश नारायणद्वारा प्रेषित चत्र युवा बाहिनीले नेतृत्व गरेको विद्यार्थी आन्दोलनको बेलामा उहाँ राजनीतिमा प्रवेश गर्नुभएको थियो। पछि उहाँ…
Read More
एमसीसी परियोजना स्थगित

एमसीसी परियोजना स्थगित

काठमाडौं : नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र यस निकायबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो । सम्झौता अन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेश अनुसार ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ । यसअघि अमेरिकी सहयोग नियोग (युएसएड) का परियोजना ९० दिनका लागि स्थगित गर्न भन्दै अमेरिकी सरकारले पत्राचार गरेपछि ती कार्यक्रमको काम रोकिएको थियो । युएसएड अन्तर्गतका विभिन्न ६ परियोजना…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियान गर्ने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियान गर्ने

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चैत्र १ देखि बैशाख १८ सम्म ‘जनसम्बन्ध विस्तार अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठले गरेका निर्णय सार्वजनिक जानकारीका लागि जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले जारी गरेको वक्तव्यमा भनिएको छ, “२०८१ माघ २६ देखि फागुन १ सम्म क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिको दोस्रो पूर्ण वैठक कार्यवाहक महासचिव क. गौरवको अध्यक्षतामा काठमाडौँमा सम्पन्न भयो । उक्त बैठकले गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ । १) बैठकको प्रारम्भमा नेपालमा सञ्चालित जनसंघर्ष, जनआन्दोलन तथा महान् जनयुद्ध र विश्व कम्युनिस्ट आन्दोलन तथा…
Read More
नरभक्षी बाघले आँगनमा खेलीरहेका ३ बर्षीय बालककाे लियाे ज्यान

नरभक्षी बाघले आँगनमा खेलीरहेका ३ बर्षीय बालककाे लियाे ज्यान

फाेटाे : गुगलबाट बर्दिया: बर्दिया जिल्लाकाे मधुवन नगरपालिका वडा नं.५ धर्मबस्ती मावलीघरको आँगनमा खेलीरहेका ३ बर्षिय बालक रेहान चलाउनेलाई नरभक्षी बाघले समातेर केहि मिटर टाढा लगी ज्यान लिएको छ । बालकलाई शनिबार साँझ ७ बजेतिर ज्यान लिएकाे पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालफ, बर्दियाले विज्ञप्तिमार्फत जानकारी दिएकाे हाे । जिल्ला कार्यबाहक सेक्रेटरी विनय रानाले ३ बर्षिय रेहान चलाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारहरुप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । उनले पीडितलाई यथाशिघ्र उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराएका छन्। प्रेस विज्ञप्तिकाे पूर्णपाठ- '२०८१।११।३ गते शनिबार साँझ ७.०० बजेतिर जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं.५ धर्मबस्ती मावलीघरको आँगनमा खेलीरहेका ३ बर्षिय बालक…
Read More
ताप्लेजुङ घटनाप्रति नेकपाको गम्भीर ध्यानाकर्षण र घोर विरोध

ताप्लेजुङ घटनाप्रति नेकपाको गम्भीर ध्यानाकर्षण र घोर विरोध

काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टीले ताप्लेजुङ घटनाप्रति वक्तव्य निकालेर विरोध जनाएको छ । अध्यक्ष लोकनारायण सुवेदीले २०८१ माघ २० गते वक्तव्य निकालेर विरोध जनाएका हुन् । वक्तव्यको पूर्ण पाठ यस प्रकार रहेको छ ।– १.नेपाल कम्युनिष्ट पार्टी ताप्लेजुङ्ग जिल्लाको पाथीभरामा केवल कार बनाउने सन्दर्भमा स्थानीयबासी समुदायसँग कुनै सरोकार नराखी जबरजस्ती गर्ने र उनीहरुको शान्तिपूर्ण विरोधलाई राज्यले हिंसा मच्चाएर दमन गर्ने जुन काम गरेको छ र त्यहाँको स्थितिलाई भड्काएको छ त्यसलाई नेपाल कम्युनिष्ट पार्टी घोर अप्राजातान्त्रिक र भत्र्सनायोग्य ठान्दछ कडा विरोध जनाउँदछ । साथै गोली चलाएर घाइते भएका स्थानीय बासिन्दाहरुलाई क्षतिपूर्ति दिन, घाइतहरुको निःशुल्क उपचार गर्न र समस्याको शान्तिपूर्ण समाधान खोज्न…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा पाथीभरा गोली काण्डको विरोध

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा पाथीभरा गोली काण्डको विरोध

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पाथीभरा गोली काण्डको विरोध गरेको छ । ताप्लेजुङ् पाथीभराको मुक्कुमलुङ बचाउ आन्दोलनको क्रममा गत माघ १२ गते नेपाल सरकारको गृहप्रशासनले अन्धाधुन्ध गोली प्रहारगर्दा दर्जन भन्दा बढी सर्वसाधारण जनता गंभीर घाइते भएका छन् । त्यस सन्दर्भमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले माघ १९, २०८१मा एक प्रेस वक्तव्य प्रकाशित गर्नु भएको छ । वक्तक्य निम्न अनुसार छ – “ताप्लेजुङ् पाथीभराको मुक्कुमलुङ बचाउ आन्दोलनको क्रममा गत माघ १२ गते नेपाल सरकारको गृहप्रशासनले अन्धाधुन्ध गोली प्रहारगर्दा दर्जन भन्दा बढी सर्वसाधारण जनता गंभीर घाइते भएका छन् । यस घटनाका घाइते मिक्लाजुङ–५, सिक्तेम्बा निवासी १८ वर्षीय सगुन लावतीको…
Read More
तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँ : ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ । आयोजनाप्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी एक सय १८ परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा एक सय एक परिवारलाई रकम प्रदान गरिएको हो । क्षतिपूर्ति रकम अधिकतम रु तीन लाख र न्यूनतम रु १० हजार प्रदान गरिएको उनले बताए। आयोजनाको प्याकेज एकअन्तर्गत बाँधलगायत संरचना निर्माणको काम जारी छ । बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान भएको…
Read More
सामाजिक सञ्जाल नियमन विधेयकप्रति पत्रकार महासङ्घ उपत्यका प्रदेशकाे आपत्ति

सामाजिक सञ्जाल नियमन विधेयकप्रति पत्रकार महासङ्घ उपत्यका प्रदेशकाे आपत्ति

काठमाडौँ : सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयकको कतिपय प्रावधानप्रति नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले आपत्ति जनाएको छ । समितिले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालको नियमन गर्नुपर्छ भन्ने पक्षमा उपत्यका प्रदेश समिति रहे पनि नियमनका नाममा संविधानमा नै स्पष्ट रुपमा उल्लेख भएका मौलिक हकको समेत हनन् हुने गरी व्यवस्था गरिनु आपत्तिजनक र संविधानको भावना विपरीत हुने उल्लेख गरेको छ । संविधानले प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक जस्ता विषयलाई मौलिक हकका रूपमा स्पष्ट व्यवस्था गरेको छ । तर, विधेयकमा गरिएका व्यवस्थाले सार्वजनिक सरोकारका विषय र सार्वजनिक पद धारण…
Read More
बिगेसो महिला विभागद्वारा विशेष कार्यक्रम सम्पन्न

बिगेसो महिला विभागद्वारा विशेष कार्यक्रम सम्पन्न

काठमाडौं : ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (बिगेसो)को आयोजनामा सर्वोच्च अदालतको ११ दिने निर्देशनात्मक आदेश कार्यान्वयन सम्बन्धी विशेष कार्यक्रम अन्तर्गत बुधबार बिगेसो महिला विभागको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला अधिकार, भूतपूर्व गोर्खा सैनिकका मुद्दा, राष्ट्रिय स्वाभिमान, स्वाधिनता, श्रम शोषण तथा महिला अधिकार हनन जस्ता विषयमा कार्यक्रमका अतितिहरुले विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पमुख अतिथिको रुपमा उपस्थित हुनुभएका बिगेसाका प्रमुख सल्लाकार परि थापाले भूतपूर्व गोर्खाहरुका सम्बन्धमा सर्वोच्च अदालतको दिएको निर्देशनात्मक आदेश अविलम्ब कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभएको थियो । बिगेसो महिला विभाग संयोजक श्रीमती सुलोचना रोक्का गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि बिगेसोका अध्यक्ष पदमसुन्दर लिम्बु, अखिल नेपाल…
Read More