पाेखरामा कृियाशील ६ राजनीतिक दलको अन्तरक्रिया
पाेखरा : कास्कीमा कृयाशील छ वटा राजनीतिक दलको आयोजनामा गणतन्त्रको रक्षा , कास्की जिल्लामा भएका अनियमितता, ढिलासुस्ति, भ्रष्टाचार, विकास निर्माण र जन्ताको जनजीविकाको सरोकारका विषयमा बृहत अन्तर कृया कार्यक्रम बुधबार सम्पन्न भएको छ। पोखराको घन श्याम स्मृति भवनमा सम्पन्न कार्यक्रमका सभापति नेकपा विप्लवको तर्फबाट उमेस सि,सन्चालन नेपाल समाजबादी पार्टी नयाँ शक्तितर्फबाट राजु क्षेत्री,र धन्यवाद सहित कार्यक्रम समापन राजमो कास्कीको तर्फ रबि मोहन ढकाले गरेका थिए।कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका पुर्ब अध्यक्ष आनन्दराज मुल्मि हुनुहुन्थ्यो। मुल्मिले कास्कीको कृयाशील साना दलहरु बिकास निर्माण र भ्रष्टाचार बिरुद्धको अभियानमा एक ठाउँमा उभिएर खबरदारी सभा, अन्तरक्रिया कार्यक्रम गर्न लागेकोमा धन्यवाद दिनु भयो।म अत्यन्तै खुसि…