क्रान्तिकारी युवा संघ नेपालको घोराही नगर भेला सम्पन्न
दाङ : क्रान्तिकारी युवा संघ नेपालले घोराही नगर संगठन समितिको भेला घोराही बजारमा सम्पन्न गरेको छ। भेलामा रमेश महरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट्ब्युरो सदस्य तथा ४ न. ब्यूरो (राप्ती ब्यूरो) इन्चार्ज श्याम बहादुर बोहरा अटलले गर्नु भएको थियो। प्रमुख अतिथि अटलले शुभकामना मन्तव्य राख्दै देशमा भष्ट्रचारले जरो गाडेको भन्दै त्यसको अन्त्यको लागि युवाहरु एक भएर संर्घष गर्नु पर्ने बताउनु भएको छ। साथै युवाहरूको सहभागीता बिना मुलुकको परिबर्तन सम्भव नभएको भन्दै प्रमुख अतिथि अटलले नयाँ जनबादी क्रान्तिको खुडकिलो पार गर्दै बैज्ञानिक समाजवाद स्थापना गर्ने युवाहरु नयाँ तरिकाले जुरमुराउनु पर्ने बताउनु भयो। त्यस्तै अर्को अतिथि पार्टी…