समाचार

पुष्पलालको ४७औं स्मृति दिवस समारोह  सम्पन्न

पुष्पलालको ४७औं स्मृति दिवस समारोह सम्पन्न

नयाँ जनवादको खुड्किलो पूरा गरेर मात्रै पुष्पलाल श्रेष्ठको सच्चा सम्मान हुन्छ : प्रतिक काठमाडौं : राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल र पुष्पलाल जन्म शतवार्षिकी राष्ट्रिय समारोह समितिको  आयोजना पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवश समारोह कार्यक्रम २०८२ असार ७ गते कोटेश्वरको खड्का पार्टी प्यालेसमा सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कंडेलले कमरेड पुष्पलाल श्रेष्ठको शतवार्षिकी तथा ४७ औं स्मृति दिवस समारोहलाई सम्बोधन गर्दै जनवादी क्रान्तिको खुड्किलो पूरा गरेर मात्रै पुष्पलाल श्रेष्ठको सच्चा सम्मान हुने विचार व्यक्त गर्नुभएको भयो । उहाँले छरिएर रहेका सम्पूर्ण क्रान्तिकारीहरुलाई एकताबद्ध बनाउँदै जनवादी क्रान्तिको खुटकिलो पूरा गरेर मात्रै कामरेड पुष्पलाल श्रेष्ठको क्रान्तिकारीपन,…
Read More
पुष्पलाल मार्क्सवादी विश्वविद्यालय सम्भावना र चुनाैती विषयक बृहत विचारगाेष्ठी सम्पन्न

पुष्पलाल मार्क्सवादी विश्वविद्यालय सम्भावना र चुनाैती विषयक बृहत विचारगाेष्ठी सम्पन्न

काठमाडौं : पुष्पलालको ४७ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा पुष्पलाल मार्क्सवादी विश्वविद्यालय निर्माणको प्रस्ताव गरिएको छ । सो कार्यक्रममा उनका नामबाट मार्क्सवादी विश्वविद्यालय स्थापना गर्न नेपालमा क्रियाशील १९ कम्युनिस्ट/वामपन्थी पार्टी/संस्था, सङ्गठन र बौद्धिकहरूले ऐक्यबद्धता प्रकट गरेका छन् ।पुष्पलाल स्मृति दिवसमा आयोजित ‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालय सम्भावना र चुनौती’ विषयक बृहत् बिचार गोष्ठीमा सहभागी वामपन्थी नेता–कार्यकर्ता र बुद्धिजीवीले कम्युनिस्ट जनमत अत्यधिक रहेको समाज तर बिचार शून्यताका कारण रनभुल्लमा परेका पार्टीहरू भएको अवस्थामा नेकपाका संस्थापक पुष्पलालकै नामबाट विश्वविद्यालय निर्माण हुनु अत्यावश्यक रहेको बताएका हुन् ।नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले यो ऐतिहासिक प्रस्ताव कार्यान्वयनमा सबै पार्टीले प्रस्थापकलाई सघाउनुपर्ने धारणा राखे । सबै कम्युनिस्ट…
Read More
मार्क्सवादको ओरिजनलीटी सबैले पढ्नुपर्छ, यसको विकास र रक्षा गर्नुपर्छ : सुदर्शन

मार्क्सवादको ओरिजनलीटी सबैले पढ्नुपर्छ, यसको विकास र रक्षा गर्नुपर्छ : सुदर्शन

 हेमन्तप्रकाश ओली ‘सुदर्शन’ काठमाडाैँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा सुचना सञ्चार तथा प्रकाशन विभागका इन्चार्ज हेमन्त प्रकाश ओली 'सुदर्शन'ले मार्क्सवादको ओरिजनलीटी सबैले पढ्नुपर्छ, यसको विकास र रक्षा गर्नुपर्ने बताउनु भयाे । २०८२ साउन ७ गते काठमाडाैँकाे प्रज्ञा प्रतिष्ठानमा पुष्पलालकाे ४७औं स्मृति दिवसको अवसरमा "पुष्पलाल माक्र्सवादी विश्वविद्यालय सम्भावना र चुनाैति" बिषयक बृहत विचारगाेष्ठी कार्यक्रममा उक्त कुरा बताउनु भएकाे हाे । भिडियाेसहित https://www.youtube.com/watch?v=HWLQBcY_WLo
Read More
याे दलाल पुँजीवादी सत्ताविरुद्ध युवाहरुले विद्रोह गर्नुपर्छ – संयोजक तिमिल्सिना

याे दलाल पुँजीवादी सत्ताविरुद्ध युवाहरुले विद्रोह गर्नुपर्छ – संयोजक तिमिल्सिना

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी निकटको क्रान्तिकारी युवा संघ नेपालका राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक सूर्य तिमिल्सिनाले राज्यले युवा,विद्यार्थीहरुलाई विदेश पलायन गराइरहेको बताउनु भएको छ । संघले वुर्जुवा प्रतिक्रियावादी दलाल संसदीय व्यवस्था खारेज गरौं, नयाँ जनवादको खुडिकलो पार गर्दै वैज्ञानिक समाजवादको लागि संघर्ष गरौं भन्ने मूल नाराका साथ आयोजना गरिएको भ्रष्टाचार,कुशासन,बेथिति, अन्याय अत्याचार विरुद्धको खबरदारी ¥यालीको समापन कार्यक्रममा बोल्दै तिमिल्सिनाले सो कुरा बताउनु भएको हो । उहाँले राज्यले युवाहरुलाई विदेश पलायन गराउने, विदेश जान बैंकहरुले ऋणको व्यवस्था गर्ने र युवाहरुलाई विदेशको गल्ली गल्लीमा भौंतारिन बाध्य पार्ने दलालपूँजीवादी संसदीय व्यवस्थाले गर्दा हो भन्दै यसको विरुद्ध युवाहरुले विद्रोह गर्नुपर्ने बताउनु भयो ।…
Read More
जनयुद्धको कार्यभार पूरा भएको छैन : कार्यवाहक महासचिव सिपी गजुरेल

जनयुद्धको कार्यभार पूरा भएको छैन : कार्यवाहक महासचिव सिपी गजुरेल

काठमाडाैँ: क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव सिपी गजुरेलले जनयुद्धको कार्यभार पूरा नभएको बताउनु भएको छ । क्रान्तिकारी युवा संघ नेपालले आज कुपोण्डोलबाट शुरु गरेको भ्रष्टाचार कुशासन,वेतिथि विरुद्धको खबरदारी ¥यालीको उद्घाटन गर्दै महासचिवले सो कुरा बताउनु भएको हो । नेकपा माओवादीले शुरु गरेको १० वर्षे जनयुद्ध नेतृत्वले सम्झौतामा टुङ्ग्याइ नेपाली काङ्ग्रेस एमालेको मुद्दा बोकेर हिँडेको कारण जनगणतन्त्र आउन नसकेको बताउँदै अब क्रान्तिकारी कम्युनिष्ट पार्टी र क्रान्तिकारी युवा संघ नेपालले जनयुद्धको बाँकी कार्यभार पूरा गर्नु पर्नेमा जोड दिनु भयो । वहाँले अहिले आएको लोकतान्त्रिक गणतन्त्र दलाल र नोकरशाहीको गणतन्त्र भएकाले भ्रष्टाचार ,वेथिति,अन्याय अत्याचारको अन्त्य हुन नसकेकोले त्यसको अन्त्यकोलागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने…
Read More
आज १२ बजे भ्रष्टाचारका विरुद्ध युवाहरूको खबरदारी मोटरसाइकल र्‍याली

आज १२ बजे भ्रष्टाचारका विरुद्ध युवाहरूको खबरदारी मोटरसाइकल र्‍याली

काठमाडौ । क्रान्तिकारी युवा सङ्घ नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिले भ्रष्टाचार, कुशासन बेथिति र अन्याय अत्याचारको विरुद्ध मोटरसाइकल र्‍याली गर्ने भएको छ । खबरदारी र्‍याली नाम दिइएको उक्त कार्यक्रमको साउन ८ गते दिनको १२ बजे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालय ललितपुर कुपण्डोलमा पार्टीका कार्यवाहक महासचिव गौरवद्वारा उद्घाटन गरिने युवा संघ नेपालले जनाएकोछ । कुपण्डोल , जाउलाखेल, लगनखेल, सात दोबाटो, एकान्तकुना, सानेपा, बल्खु, कुलेश्वर, कालिमाटी,डल्लु,स्वयम्भु, वनस्थली, बालाजु, नयाँ बसपार्क, बसुन्धरा, चक्रपथ, चप्पल कारखाना, धुम्बाराही, सुकेधारा, चाबहिल, मित्रपार्क हुँदै सिफल चौरमा आएर उक्त मोटरसाइकल र्‍यालीको समापन गरिने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नम्बर ब्युरोका सचिव एवं पोलिटब्युरो सदस्य चिन्तामणि पौडेलले जानकारी गराउनुभएको…
Read More
माैसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

माैसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर…
Read More
भ्रष्टाचार, कुशासन, वेथिति, अन्याय र अत्याचार विरुद्धको खबरदारी र्‍याली हुने

भ्रष्टाचार, कुशासन, वेथिति, अन्याय र अत्याचार विरुद्धको खबरदारी र्‍याली हुने

काठमाडाैँ : क्रान्तिकारी युवा संघ नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिले भ्रष्टाचार, कुशासन वेथिति र अन्याय अत्याचार विरुद्धको खबरदारी र्‍याली प्रदर्शन गर्ने भएकाे छ । माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे उक्त साहायक संगठनले भाेली साउन ८ गते मध्यान्न १२ बजे कुपण्डोल पार्टी सम्पर्क कार्यालयमा पार्टीका कार्यबाहक महासचिव सिपी गजुरेल गाैरवले उद्घाटन गर्ने भएकाे जानकारी संगठनका केन्द्रीय संयाेजक सुर्य तिमल्सिनाले दिए ।
Read More
अण्डाको मुल्य आजबाट ५ सय २५

अण्डाको मुल्य आजबाट ५ सय २५

चितवन : अण्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि मूल्य बढेको हो । यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले विभिन्न फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मानी समर्थन मूल्य तोकेको छ । आज (मङ्गलबार) बाट लागू हुने गरी ठूलो अण्डाको किसानको दररेट प्रतिक्रेट (३० वटाको) पाँच सय २५ रुपैयाँ कायम गरिएको छ । मध्यम चार सय ९५ रुपैयाँ कायम भएको छ । चितवनलाई आधार मानी दररेट तय गरिएको हो । यहाँबाट देशका विभिन्न क्षेत्रमा अण्डा पुग्दा बजारको दररेट नयाँ कायम हुन्छ । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बिक्री मूल्य प्रतिपेटी (सात क्रेट) को तीन…
Read More
एकता समाज बेङ्गलोर दक्षिण नगर महिला विभागले प्रगतिशील तीज कार्यक्रम गर्ने

एकता समाज बेङ्गलोर दक्षिण नगर महिला विभागले प्रगतिशील तीज कार्यक्रम गर्ने

वेंङलोर : अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर महिला विभागले प्रगतिशील तीज विषेश कार्यक्रम गर्ने भएको छ। महिला विभागले संसारका मजदूर एक हौँ। नेपाली एकता जिन्दावाद ! प्रगतिशील हरितालिका तीज कार्यक्रम सफल पारौँ ! भन्ने नारा सहित कार्यक्रम गर्न लागेको हो । उपस्थित जनसमुदायलाई कुनै प्रवेश शुल्क लाग्ने छैन । समय . दिउँसो११ बजे रहेको छ । स्थानः विल्सन गार्डेन क्लब आर नाइन्थ क्रस विल्सन गार्डेन बेंङलोर ५६००२७ ठेगान भएको छ । अखिल भारत नेपाली एकता समाज महिला विभागले महङ्गो र पश्चिमेली छाडा संस्कृति, विकृतिका विरूद्ध प्रगतिशील संस्कृतिको अभिवृद्धि गर्नु आवश्यक भएकाले प्रगतिशील गीत नृत्य प्रस्तुति गर्नु गराउन…
Read More