समाचार

युद्ध अन्त्यका लागि इरानका ६ सर्त

युद्ध अन्त्यका लागि इरानका ६ सर्त

एजेन्सी/तेहरान : तेहरानले अमेरिका–इजरायली आक्रमणको प्रतिक्रियामा पूर्व–योजनाबद्ध, बहुचरणीय रणनीति बनाइरहेको र द्वन्द्व अन्त्यका लागि ६ वटा सर्तहरू राखेको इरानका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् ।नाम नबताउने सर्तमा ती अधिकारीले भने, ‘महिनौं पहिले तयार गरिएको रणनीति ‘उच्च रणनीतिक धैर्यताका साथ’ कार्यान्वयन भइरहेको छ ।’ इरानले आफ्नो पूर्वाधार, सेवा सुविधा र रणनीतिक स्थानहरूमा आक्रमण गरेपछि चाँडै युद्धविराम हुने अपेक्षा नगरेको पनि उनले बताए।‘धेरै क्षेत्रीय अभिनेता र मध्यस्थकर्ताहरूले द्वन्द्व अन्त्यका लागि उपायहरू प्रस्ताव गरेका छन्,’ ती अधिकारीले भने। तेहरानले कुनै पनि सम्झौताअघि नयाँ आक्रमण नहुने सुनिश्चितता, यस क्षेत्रमा अमेरिकी आधार बन्द गर्ने, इरानलाई क्षतिपूर्ति, क्षेत्रीय मोर्चामा शत्रुताको अन्त्य, ‘स्ट्रेट अफ हर्मुज’का लागि…
Read More
इरानको रिभोलुसनरी गार्डले दियो यस्ताे चेतावनी

इरानको रिभोलुसनरी गार्डले दियो यस्ताे चेतावनी

काठमाडौँ : अमेरिकी चेतावनीको बीचमा, इरानले होर्मुज स्ट्रेट बन्द गर्ने चेतावनी दिएको छ, यदि अमेरिकाले ऊर्जा केन्द्रहरूमा हमला गरेमा।इरानले इजरायल र अमेरिकी साझेदारीमा रहेका कम्पनीहरूलाई पनि निशाना बनाउने चेतावनी दिएको छ। यदि अमेरिकाले आफ्ना ऊर्जा केन्द्र वा पावर प्लान्टहरूमा हमला गरेमा रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज स्ट्रेट पूर्ण रूपमा बन्द गरिदिने उसले घोषणा गरेको हो। इरानका विदेशमन्त्रीले होर्मुज स्ट्रेट बन्द नभएको बताएका छन्, तर तेल ढुवानी कम्पनीहरूमा डर रहेको उल्लेख गरे। गार्डले इरानी सञ्चारमाध्यममार्फत जारी गरेको बयानमा भनिएको छ, ुयदि इरानको ऊर्जा ठेगानाहरूमा हमला भयो भने, होर्मुज स्ट्रेट तबसम्म खोलिने छैन जबसम्म हाम्रा ध्वस्त भएका पावर प्लान्टहरू पुनः निर्माण हुँदैनन्।ु यस्तै…
Read More
जनसरोकारका ४ वटा माग तत्काल सम्बोधन गर्न संयाेजक सिपी गजुरेलकाे जोडदार माग

जनसरोकारका ४ वटा माग तत्काल सम्बोधन गर्न संयाेजक सिपी गजुरेलकाे जोडदार माग

सीपी गजुरेल काठमाडौँ : संयुक्त संघर्ष समितिले एक वक्तव्य जारी गरी निर्वाचन बहिस्कार आन्दोलनमा सहयोग गर्ने जनसमुदाय र सहभागीप्रति धन्यवाद ज्ञापन गरेको छ । समितिका संयोजक सीपी गजुरेलले जारी गरेको प्रेस वक्तव्यमा सरकारसँग चारवटा माग अगाडि सारिएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल सम्मिलित ‘केन्द्रीय संयुक्त संघर्ष समिति’को बैठक २०८२ फागुन २७ गते संयोजक कमरेड सीपी गजुरेलको अध्यक्षतामा बसेको थियो । सो बैठकले गरेका निर्णयहरु प्रेस वक्तव्यमार्फत् सार्वजनिक गरिएको हो । बैठकले ‘केन्द्रीय संयुक्त संघर्ष समितिुले सञ्चालन गरेको बहिष्कार आन्दोलनको समीक्षा गर्दै बहिष्कार आन्दोलनमा सहयोग गर्ने र…
Read More
‘निर्वाचन बहिस्कारले संसदीय व्यवस्था थप नाङ्गियो’

‘निर्वाचन बहिस्कारले संसदीय व्यवस्था थप नाङ्गियो’

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको फागुन २४ देखि २६ सम्म बसेको स्थायी समितिको बैठक सम्पन्न भएको छ । पार्टीका महासचिव गौरवको अध्यक्षतामा सम्पन्न भएको बैठकले गरेका निर्णयलाई एक प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरिएको छ । पार्टीका प्रवक्ता सुदर्शनको हस्ताक्षरमा जारी विज्ञप्तिमा पार्टीले गरेको संसदीय निर्वाचन बहिस्कार समान्यतः सफल भएको निष्कर्ष निकालेको छ । वक्तव्यमा निर्वाचन बहिस्कार कार्यक्रम तथा कथित निर्वाचनका सम्बन्धमा ४ वटा बुँदामा पार्टीको धारणा सार्वजनिक गरिएको छ । जस अनुसारः “क) सामान्यतः बहिष्कारको कार्यनीति दलाल संसदीय राज्यव्यवस्थालाई कमजोर बनाउन, जनसमुदायको क्रान्तिकारी भावना र क्रान्तिकारी चेतना बचाउन, पार्टीलाई ज्वारभाटाका विरुद्ध जानका लागि अभ्यस्त बनाउन, पार्टीको स्वतन्त्र पहिचान स्थापित गर्न,…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीद्वारा निर्वाचन बहिष्कार कार्यक्रमको समीक्षा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीद्वारा निर्वाचन बहिष्कार कार्यक्रमको समीक्षा

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले निर्वाचन बहिष्कार अभियान सापेक्ष रुपमा सफल भएको निस्कर्ष निकालेको छ । आइतबार बर्दघाटमा भएको जिल्ला कार्यालयको बिस्तारित बैठकले निर्वाचन बहिष्कारको क्रममा प्रहरीले पटक पटक धरपकड गर्नुले निर्वाचन बहिष्कार कार्यक्रम सफल भएको दाबी गरेको हो । “निर्वाचन बहिष्कार कार्यक्रमको शुरूवातबाट नै प्रहरी प्रसाशनले शान्तिपूर्ण कार्यक्रममा धरकपड गर्नु, जिल्ला सेक्रेटरी रवि पाण्डेयलाई बहिष्कार आन्दोलन संचालन गरेको भन्दै फागुन १ गते र १८ देखि २२ गते सम्म दुइपटक हिरासतमा राख्नु , साथै जिल्लाब्यापी रुपमा घरदैलो, कोणसभा , बहिस्कार र्याली, कालो ब्यानर टाग्ने लगायतको कार्यक्रम सफल हुनुले पनि बहिष्कार आन्दोलन सफल भएको छ”-पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला…
Read More
भारतले नेपाललाई फेरि हेप्यो : लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी

भारतले नेपाललाई फेरि हेप्यो : लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी

काठमाडौँ : पटक पटक नेपाल र नेपालीलाई हेप्दै आएको र नेपालमाथि आफ्नो विस्तारवादी प्रभुत्ववादी नीति लाद्दै आएको भारतको मोदी प्रशासनले एकपटक फेरि नेपाललाई हेपेको छ । नेपाली भूमि लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रमा पर्ने लिपुलेक पासबाट नेपाललाई नसोधी, अनुमति नलिई भारतले चीनसँग व्यापार गर्ने अन्तिम तयारी गरेको छ । यसबारेमा राष्ट्रिय र भारतीय मिडियाहरुमा विभिन्न समाचारहरु प्रकाशित भए पनि नेपाल सरकारले हालसम्म कुनै प्रतिक्रिया जनाएको छ । जेनजी विद्रोहपछि भएको चुनावबाट आएको नयाँ राजनीतिक शक्तिले सरकार बनाउने गृहकार्य गरिरहेको बेला भारतले नेपालको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि पुनः धाबा बोलेको छ । यसबारेमा आगामी रास्वपा तथा बालेन शाह नेतृत्वको सरकारले कस्तो रुख अपनाउँछ,…
Read More
साँस्कृतिक प्रतिरोध दिवसको सन्देश

साँस्कृतिक प्रतिरोध दिवसको सन्देश

२०५५ साल चैत्र ५ गते काभ्रेको अनेकोटमा भएको बीभत्स हत्याकाण्ड हो । र, राज्यको फासिवादी दमनको साहस, सौर्य र बलिदानीपूर्वक निःशस्त्र जनकलाकारहरुले प्रतिरोध गरेको एउटा रक्तरञ्जित इतहास हो । विचारको तागत कति हुन्छ भन्ने कुरा ती जनकलाकारहरुहरुले सान्दार रुपमा प्रस्तुत गरे, जो बरु गोली खान र जिउँदै आगोमा जल्न तयार भए तर वर्गवैरीसँग आत्मसमर्पण गर्न र झुक्न कदापि तयार भएनन् । अनेकोटमा जनकालाकारहरुले देखाएको यी वीरता, सौर्यता र उच्च क्रान्तिकारी आदर्शलाई ‘साँस्कृतिक प्रतिरोध दिवस’को रुपमा जनयुद्ध कालदेखि नै माओवादी तथा कम्युनिस्ट क्रान्तिकारीहरुले मनाउँदै आएका छन् । र, यसपटक पनि मनाए । विशेषगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता कार्यकतारुले घटनास्थलमै गएर–…
Read More
क्रान्तिकारी वाम तथा जात व्यवस्था विरोधी संगठनहरुको  संयुक्त बैठक सम्पन्न

क्रान्तिकारी वाम तथा जात व्यवस्था विरोधी संगठनहरुको संयुक्त बैठक सम्पन्न

काठमाडौं : मार्च २१ को दिन अन्तरराष्ट्रिय नस्लभेद तथा जातिभेद विरोधी दिवसको अवसरमा नेपाल र भारतका क्रान्तिकारी वाम तथा जात व्यवस्था विरोधी संगठनहरुको एक महत्वपूर्ण अनलाइन संयुक्त बैठक आयोजना गरिएको थियो । बैठक पछि क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल,एकीकृत दलित मुक्ति मोर्चा नेपाल र जाति उन्मूलन आन्दोलन CAM भारत व गुरु घासीदास सेवादार संघ GSS भारत , यी चार संगठनहरुद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको थियो । प्रेस विज्ञप्तिमा क्रूर मनुस्मृति आधारित हिन्दुराष्ट्र को सोचको विरोध गर्दै , अमानवीय जात व्यवस्थाको उन्मूलन , साम्राज्यवाद ,प्रतिक्रियावाद तथा संघी मनुवादी फासीवादी शक्तिको विरुद्ध नेपाल र भारतका मेहनतकश र दलित, उत्पीड़ित जनताको संयुक्त…
Read More
६१औँ जातिभेद उन्मुलन दिवस सम्पन्न

६१औँ जातिभेद उन्मुलन दिवस सम्पन्न

काठमाडौं । २०८२ चैत्र ७ गते ( २०२६ मार्च २१ ) मा चार दलित संगठनहरूले एक अन्तरक्रियाको आयोजना गरी ६१औँ जातिभेद उन्मुलन दिवस मनाएकाछन् । “वर्तमान राजनीतिक परिस्थितिमा दलित मुक्तिको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम गरी दलित संगठनहरुले जातिभेद उन्मुलन दिवस मनाएकाहुन् । चार दलित संगठनहरू क्रान्तिकारी दलित मुक्तिमोर्चा नेपाल,एकीकृत दलित मुक्ति मोर्चा नेपाल, जातव्यवस्था उन्मूलन मोर्चा नेपाल, संयुक्त दलित अधिकार मञ्च आयोजक रहेका थिए । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले मन्तव्य राख्दै भन्नुभयो,“ नेपालमा राजनीतिक रूपले मात्रै प्रतिगमन नभएर सामाजिक तथा सांस्कृतिक रूपले पनि प्रतिगमन भएको छ। समाजलाई अग्रगामी र प्रगतिशील विचारले नेतृत्व गरेर अगाडि…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी महोत्तरीका सेक्रेटरी उपेन्द्र यादवको निधन

क्रान्तिकारी कम्युनिस्ट पार्टी महोत्तरीका सेक्रेटरी उपेन्द्र यादवको निधन

महोत्तरी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महोत्तरी जिल्ला सेक्रेटरी उपेन्द्र यादवको निधन भएको छ। २०८२ चैत्र ६ गते चितवन स्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा यादवको मृत्यु भएको हो। पार्टीभित्र उहाँ कमरेड विशालको नामबाट परिचित हुनुहुन्थ्यो।महोत्तरी जिल्ला , रामगोपालपुर नगरपालिका वडा नम्बर ५ उहाँको स्थायी ठेगाना हो। २०५९ सालमा उहाँले पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो। उहाँले पार्टीका विभिन्न मोर्चाहरूमा काम गर्नुभएको थियो। उहाँले पार्टीका मोर्चाहरु जस्तै मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपाल र किसान मोर्चामा काम गर्नुभएको थियो। उहाँको जन्म २०२५ साल मङ्सिरमा भएको थियो। उहाँको परिवारमा बुवा देवनारायण यादव ,श्रीमती जीलेखा यादव ,छोरीहरू रविना, साजन र मनिषा तथा छोराहरु बादल र आकाश…
Read More