समाचार

क्रान्तिकारी खेलकुद महासंघ काठमाडाैँ दक्षिणी क्षेत्रकाे भेला आयोजक समिति गठन

क्रान्तिकारी खेलकुद महासंघ काठमाडाैँ दक्षिणी क्षेत्रकाे भेला आयोजक समिति गठन

काठमाडाैँ: क्रान्तिकारी खेलकुद महासंघ काठमाण्डौ दक्षिणकाली भेला आयोजक समिति गठन भएको छ । २०८२ मंसीर २० गते वंशीघाटस्थित क्रान्तिकारी खेलकुद महासंघ ९ नं व्यूरो इन्चार्ज स्वाधिन तथा काठमाण्डौ दक्षिण क्षेत्रका इन्चार्ज मंगल तामाङको उपस्थिति,विकास तामाङको अध्यक्षता निराज लिम्बुको स्वागत तथा मंगल तामाङको संचालनमा सम्पन्न एक भेलाले आयोजक समिति गठन गरेको हो । भेलाले विकास तामाङको संयोजकत्वमा १५ सदस्सीय समिति गठन भएको छ । जसमा सदस्यहरु राजाराम रावल, किरण लिम्व, मुस्कान लामा , निशान रावल, सरोज मगर, यसवराज बुढा, रोशन दाहाल, लाक्पा छिरिङ थिङ ,कमल केसी ,प्रिन्स श्रेष्ठ, सुमन तामाङ रहनु भएको छ । दुइ स्थान रिक्त राखिएको छ । समिति…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे संसदीय निर्वाचन बहिस्कार गर्ने घाेषणा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे संसदीय निर्वाचन बहिस्कार गर्ने घाेषणा

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । बिहीबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमार्फत् सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले गर्ने निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको हो । पार्टीका महासचिव सीपी गजुरेलको अध्यक्षतामा मंगलबार र बुधबार भरतपुरमा बसेको चौथो पूर्ण बैठकले जेनजी विद्रोहपछि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको सहमतिमा कार्की नेतृत्वको सरकार गठन भएको निष्कर्ष निकालेको छ । बैठकले निर्वाचन बहिष्कार गर्दै सत्ता र व्यवस्थाको भण्डाफोर गर्ने नीति तय गरेको छ । त्यस्तै पार्टीले निर्वाचन बहिष्कारका कार्यक्रम अगाडि बढाउने पनि निर्णय गरेको पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।…
Read More
जलवायु परिवर्तनसम्बन्धी प्रस्ताव

जलवायु परिवर्तनसम्बन्धी प्रस्ताव

(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वि.सं. २०८१ मंसिर १३ देखि २३ सम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशनमा प्रस्तुत र पारित जलवायु परिवर्तनसम्बन्धीबारे प्रस्ताव ) विश्वव्यापी रुपमा जलवायु संकट देखा परेको छ । विश्वको तापमान वृद्धि भइरहेको छ । यदि यसलाई नरोक्ने हो भने मानव जातिकै अस्तित्व खतरामा पर्नेछ । आज सारा विश्व यो विषयमा चिन्तित छ । तर पुँजीवादी देशहरु आफ्नो देशमा कार्वानडाइअक्साइड उत्सर्जनमा कमी ल्याउने कुनै प्रयत्न गर्दैनन् । त्यसकारण यस समस्याका विरुद्ध विश्वव्यापी रुपमा क्रान्तिकारी शक्तिहरुले नै आन्दोलन उठाउनु पर्ने अवस्था आएको छ । मानव जाति आफू जीवित रहनका लागि प्रकृतिसँग संघर्ष गर्दै आएको छ । प्रकृति विना मानिस…
Read More
क्राकपानेपालका महासचिव गाैरवले  दिए विश्व महिला सम्मेलनकाे शुभकामना

क्राकपानेपालका महासचिव गाैरवले दिए विश्व महिला सम्मेलनकाे शुभकामना

काठमाडौँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आइकोर ( क्रान्तिकारी पार्टी तथा संगठनहरूको अन्तर्राष्ट्रिय समन्वय समिति ) अन्तर्गतको दोस्रो विश्व महिला सम्मेलन र सैद्धान्तिक गोष्ठीलाई शुभकामना दिएको छ। पार्टीका महासचिव गौरवले नोभेम्बर २७ मा एक शुभकामना सन्देश मार्फत सो शुभकामना तथा बधाई दिनुभएको हो । मङ्सिर १० गते (नोभेम्बर २६ का दिन ) आइकोर अन्तर्गतका महिलाहरूको विश्व सम्मेलन सम्पन्न भइसकेको छ र ग्रासरुट महिलाहरूको समेत सहभागितामा नोभेम्बर २७ ,२८ , २९ र ३० तारिख सम्म काठमाडौँमा दोस्रो सैद्धान्तिक गोष्ठी सम्पन्न हुने भएको छ । उक्त सन्देशमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र क्रान्तिकारी संयुक्त मोर्चा नेपाल दुवैको तर्फबाट सम्मेलन र गोष्ठी सफलताको शुभकामना…
Read More
विश्व महिलाहरुको सैद्धान्तिक गोष्ठी मंसिर ११–१३ गतेसम्म काठमाडाैँमा हुने

विश्व महिलाहरुको सैद्धान्तिक गोष्ठी मंसिर ११–१३ गतेसम्म काठमाडाैँमा हुने

काठमाडाैँ : महिलाहरुको मंसिर ११–१३ गतेसम्म हुन गइरहेको विश्व महिला सम्मेलनको सैद्धान्तिक गोष्ठीबारे जानकारी दिन मंसिर ८ गते पत्रकार सम्मेलन सम्पन्न भएको छ । पत्रकार सम्मेलनमा महिलाहरुको शोषण र उत्पीडनको मूल कारण साम्राज्यवाद भएको महिलाहरुको भनाइ रहेको छ । पत्रकार सम्मेलनमा गोष्ठीबारे जानकारी दिनुका साथै गोष्ठीको तयारी पूरा भएको बताइयो । पत्रकार सम्मेलनमा विश्वभरका देशहरुबाट उत्पीडित महिलाहरुको उपस्थिति रहने जानकारी दिइयो । गोष्ठीमा साम्राज्यवाद, पर्यावरणीय संकट र आणविक प्रतिष्पर्धाको विषयमा गहन छलफल हुने जानकारी गराइएको छ । गोष्ठीले संसारभरका उत्पीडित महिलाहरुको अधिकार स्थापित गर्न र साम्राज्यवाद विरोधी धारणा निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । पत्रकार सम्मेलनमा संसारभरका महिलाहरु…
Read More
सडकमै पोखियो सरकारविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आक्रोश

सडकमै पोखियो सरकारविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आक्रोश

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ‘साम्राज्यवाद, प्रतिगमन र यथास्थितिवादको विरोध गरौँ, स्वाधीन संयुक्त सरकारको गठन गरौँ’ भन्ने मुख्य नारासहित आइतवार नेपालगन्जमा भण्डाफोर सभा आयोजना गरेको छ ।पार्टीका पीबीएम तथा भेरी–कर्णाली क्षेत्रीय ब्युरो सचिव दीपक शाहीको अध्यक्षतामा भएको सभामा स्थायी समिति सदस्य सन्तबहादुर नेपाली प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा पीबीएम शेरबहादुर देउवा, केन्द्रीय सदस्यहरु कमलराज रोकाया, गुणानिधि आचार्य, नारायण न्यौपाने, कमला खड्का, रत्न वली, प्रेम थापा लगायत नेताहरूको उपस्थिति थियो ।सभामा बोल्ने वक्ताहरूले साम्राज्यवाद, विस्तारवादी हस्तक्षेप, दलाल संसदीय अभ्यास र वर्तमान सरकारका गतिविधिले जनतामाथि अन्याय र शोषण बढेको आरोप लगाउँदै मंसिर १५ सम्म व्यापक प्रचार–प्रसार र त्यसपछि जनसंघर्ष…
Read More
चर्चित लोकगायिका श्रीदेवी देवकोटाको ‘मिनिबस घुइकाइदेउ’ सार्वजनिक

चर्चित लोकगायिका श्रीदेवी देवकोटाको ‘मिनिबस घुइकाइदेउ’ सार्वजनिक

काठमाडौं : नेपालकै चर्चित लोकगायिका तथा पाल्पाली चेली श्रीदेवी देवकोटाको स्वरमा तयार भएको नयाँ लोक–संगीत “मिनिबस घुइकाइदेउ” आजै सार्वजनिक भएको छ।गीतलाई गायिका देवकोटाकै आधिकारिक युट्युब च्यानल Shreedevi Devkota मार्फत सार्वजनिक गरिएको हो। https://www.youtube.com/watch?v=Fc9zPfxatKg लोक–धुनमा बनेको यस गीतमा श्रीदेवी देवकोटा र जय देवकोटाको युगल स्वर रहेको छ। गीतका शब्द मिदास गौतम, संगीत तथा एरेन्ज जय देवकोटाले गरेका छन्।सार्वजनिक भिडियोमा सन्जिब ठकुरी र रितु तामाङको आकर्षक अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन प्रबिन थापा, क्यामेरा सरोज शाही, सम्पादन अनिल राना तथा पोस्ट–प्रोडक्सन तरङ्ग डिजिटलले जिम्मेवारी वहन गरेका छन्। गीतले दैनिकी, यात्रा, प्रेम र रमाइलोपनलाई हल्का हास्यमिश्रित रोमान्टिक शैलीमा प्रस्तुत गरेको छ।सार्वजनिक भएको केवल…
Read More
स्वाधीन संयुक्त सरकारको माग गर्दै विराटनगरमा एक कार्यक्रम सम्पन्न

स्वाधीन संयुक्त सरकारको माग गर्दै विराटनगरमा एक कार्यक्रम सम्पन्न

विराटनगर : कम्युनिष्ट पार्टी नेपाल १६ नम्बर व्यूरोले स्वाधीन संयुक्त सरकारको माग गर्दै विराटनगरमा एक कार्यक्रम सम्पन्न गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले देशका विभिन्न शहरहरुमा आइतबार साम्राज्यवाद , प्रतिगमन तथा यथास्थितिको विरोध गरौँ, स्वाधीन संयुक्त सरकार गठन गरौँ भन्ने मुलु नारा सहित देशैभरि भण्डाफोर कार्यक्रम सम्पन्न गरेको छ । सोहि कार्यक्रम अन्तर्गत १६ नम्बार व्यूरोले विराटनगरमा स्वाधीन संयुक्त सरकारको माग गर्दै साम्राज्यवाद , प्रतिगमन तथा यथास्थितिको विरोध गरेको हो । कार्यक्रम लाई सम्बोधन गर्दै १६ नम्बर व्यूरोका सेक्रेटरी विमल निरौलाले सुशीला कार्की नेतृत्वको सरकार साम्राज्यवादी अमेरिका र भारतीय विस्तारवादको कठपुतली भएकोले यसले नेपालका युवा जेनजीहरुको माग सम्बोधन गर्न नसक्ने…
Read More
संसदवादीहरु भोट कुम्ल्याउन एकता गर्दैछन्, हामी अपुरो क्रान्ति पूरा गर्न जुटिरहेका छौं : महासचिव गौरव

संसदवादीहरु भोट कुम्ल्याउन एकता गर्दैछन्, हामी अपुरो क्रान्ति पूरा गर्न जुटिरहेका छौं : महासचिव गौरव

स्वाधीन संयुक्त सरकारको पक्षमा काठमाडौंमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको जनसभा सम्पन्न (फोटोफिचर) कुमार भट्टराई/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा काठमाडौंको असन चोकमा जनसभा सम्पन्न गरिएको छ । पार्टीको ९ नं. ब्यूरोको आयोजनामा सम्पन्न जनसभालाई पार्टी महासचिव सीपी गजुरेल गौरव, पोलिटब्यूरो सदस्य तथा ९ नं. ब्यूरोका इन्चार्ज दिनेश शर्मा सागर, पोलिट ब्यूरो सदस्य पवनमान श्रेष्ठ, अधिवक्ता फडिन्द्र कार्की, मजदुर नेतृ कमला चन्द लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । जनसभाको अध्यक्षता पार्टीका पोलिटब्यूरो सदस्य तथा ९ नं. ब्यूरोका सचिव चिन्तामणि पौडेल गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पार्टी केस तथा काठमाडौंका सचिव केदार खतिवडाले गर्नुभएको थियो । जनसभाई…
Read More
विदेशी प्रभावमा चलेको सरकारले जेन्जीको मर्म संरक्षण गर्न सक्दैन : सुदर्शन

विदेशी प्रभावमा चलेको सरकारले जेन्जीको मर्म संरक्षण गर्न सक्दैन : सुदर्शन

दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली (सुदर्शन) ले शुशिला कार्की नेतृत्वको वर्तमान सरकारले जेन्जी आन्दोलनको मूल मर्म तथा उद्देश्यमाथि धोका दिएको आरोप लगाएका छन्। पार्टीको ४ नम्बर ब्यूरोद्वारा आइतबार घोराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार “भारत र अमेरिका द्धारा बनाइएको कटपुतली सरकार” भएको दाबी गरे। वलीले विदेशी शक्तिको हस्तक्षेपमा बनेको यस्तो सरकारले जनविद्रोहको भावना बुझ्न नसक्ने र जनगुनासो समाधान गर्न झनै कमजोर देखिएको टिप्पणी गरे। “यो सरकार जेन्जीको मर्म र भावनाअनुसार अघि बढ्न असमर्थ छ,” उनले भने, “भ्रष्टाचार, तस्करी र दलाल तत्वमाथि कारबाही गर्न नपुग्ने, विदेशी एजेन्टको रूपमा सञ्चालन हुने चरित्रले देशलाई अझ…
Read More