समाचार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज पत्रकार सम्मेलन गर्दै

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज पत्रकार सम्मेलन गर्दै

दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिले दाङमा पत्रकार सम्मेलन गर्दैछ । दाङको घोराहीमा रहेको नेपाल पत्रकार महासंघको सभाहलमा आज मिति २०८२ चैत २० गते बिहान ८ बजे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको २०८२/१२/१७ देखि १९ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय तथा बर्तमान समसामयिक तथा राजनीतिक बिषयमा पार्टीको दृष्टिकोण तथा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन राखिएको उक्त पार्टीले जनाएको छ ।पार्टीले सम्पूर्ण पत्रकार, ब्यापारी, उद्योगी, किसान, मजदुर लगायत सबैलाई उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।
Read More
इन्धनको मूल्य फेरि बढ्यो :डिजेल १८२ र पेट्रोल २०२ रुपैयाँ

इन्धनको मूल्य फेरि बढ्यो :डिजेल १८२ र पेट्रोल २०२ रुपैयाँ

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । चैत २० गते ( मध्यरात) देखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ । नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो । यी तीन ठाउँमा यसअघि डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब १८२ रुपैयाँ पुगेको छ । यस्तै पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८४ रहेकामा अब १९९.५० पुगेको छ भने…
Read More
कठपुतली सरकारले फाँसीवादी शैली देखायो : प्रवक्ता सुदर्शन

कठपुतली सरकारले फाँसीवादी शैली देखायो : प्रवक्ता सुदर्शन

 हेमन्तप्रकाश ओली ‘सुदर्शन’ काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्रीको प्रक्रिया नपु¥याइ गरिएको गिरफ्तारी सरकारको फाँसीवादी शैली भएको बताएको छ । पार्टीका प्रवक्ता सुदर्शनले २०८२ चैत्र १६ गते वक्तव्य जारी गर्दै सो बताएका हुन् । वक्तव्यमा गौरी बहादुर कार्की आयोगले भाद्र २३ गतेको घटनालाई मात्र जोड दिई तयार पारिएको प्रतिवेदनका आधारमा पक्राउ गरिएको बताइएको छ । साथै जनताका विभिन्न तह, तप्का र पेशागत हक तथा अधिकारको प्रतिनिधित्व गर्ने जनवर्गीय सङ्गठन, जनजाति सङ्गठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने ध्येयका साथ चेतावनी दिने लगायतका कठपुतली सरकारका आदेशहरूप्रति पार्टीको…
Read More
डोनाल्ड ट्रम्प र उनको प्रशासनकाविरुद्ध ३ हजार भन्दा बढी स्थानमा विशाल प्रदर्शन

डोनाल्ड ट्रम्प र उनको प्रशासनकाविरुद्ध ३ हजार भन्दा बढी स्थानमा विशाल प्रदर्शन

काठमाडौं : अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका नीतिहरूविरुद्ध विशाल प्रदर्शनहरू भइरहेका छन्। किङ्ग्सनो किङ्ग्सकिङ्ग्स अर्थात् किङ्ग्सकुनै राजाहरू छैनन्किङ्ग्स नाम दिइएको यो राष्ट्रव्यापी विरोध प्रदर्शनको तेस्रो संस्करण हो । यसअघि पनि लाखौं मानिसहरूले सडकमा उत्रिएर असन्तुष्टि जनाएका थिए। शनिबार अमेरिकाभर ३,००० भन्दा बढी स्थानमा साना(ठूला र्‍यालीहरू आयोजना गरिएका छन्। प्रदर्शनकारीहरूको मुख्य निशानामा ट्रम्प प्रशासनले अघि सारेका नीतिहरू रहेका छन्, जसमा विशेषगरी इरानसँगको युद्ध, कडा संघीय अध्यागमन नीति र देशमा चुलिँदै गएको महँगी प्रमुख छन्। आयोजकहरूका अनुसार, यो लोकतन्त्रको रक्षा र निरंकुशताको विरोधमा गरिएको शान्तिपूर्ण नागरिक विद्रोह हो। किङ्ग्सट्रम्प हामीमाथि एक निरंकुश शासकको रूपमा शासन गर्न…
Read More
साम्राज्यवादी युद्ध विरुद्ध

साम्राज्यवादी युद्ध विरुद्ध

लेखक : मनु विक अमेरिकी सहयोगमा प्यालेष्टाइनमाथि अक्टोबर ७ ,२०२३ बाट इजरायलले आक्रमण गर्दा अहिलेसम्म ७२ हजार भन्दा बढीको मृत्यु हुन पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा परि मारिनेहरुमा अधिकांश महिला, सुत्केरी, बालबच्चाहरु रहेका बताइन्छ । त्यहाँ लाखौंको संख्यामा मानिसहरु विस्थापित भएका छन् र सम्पूर्ण भौतिक संरचनाहरु ध्वस्त भएका छन् । अहिले विश्वव्यापी रुपमा युद्ध चलिरहेको छ । यो युद्ध देशहरुको सार्वाभैमिकतालाई दबाउन र आफ्नो शासन स्थापित गर्नकोलागि गरिएको छ । अहिले अमेरिका – इजरायलको युद्ध गाजामा जारी छ । भन्दा यो युद्ध रोकिएको भनिए पनि युद्ध अमेरिकाको सहयोगमा चलेको प्यालेष्टाइन माथिको इजरायली आक्रमण अहिलेसम्म नरोकिएको र इजरायली…
Read More
‘संविधान विपरित सुकुम्बासी बस्तीमा डोजर, अब संघर्ष हुन्छ’

‘संविधान विपरित सुकुम्बासी बस्तीमा डोजर, अब संघर्ष हुन्छ’

काठमाडौं : हालै काठमाडौँको सिफल र टोखामा सुशीला कार्की सरकारले जबरजस्ती डोजर लगाएकोमा पीडितहरूले आक्रोश व्यक्त गरेका छन् । बुधबार राजधानीको संवाद डबलीमा अखिल नेपाल सुकुम्बासी संघले पत्रकार सम्मेलनको आयोजना गरी संविधान विपरीतको कार्य भन्दै संघर्षको चेतावनीसमेत दिएको छ । राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्ष नहेन्द्र खड्काले हालै काठमाडौंका सुकुम्बासी बस्तीहरुमा सरकारले डोजर लगाएर राज्य आतंक फैलाएकोे आरोप लगाए । नेपाली कम्युनिस्ट पार्टीका नेतासमेत रहेका खड्काले कार्की नेतृत्वको चुनावी सरकारले संविधान विपरित कार्य मात्रै नगरेर अमानवीय हर्कत गरेकोसमेत भएको बताएका छन् । खड्काले देशमा ७० लाख सुकुम्बासी तथा भूमिहीन रहेको र ती सबै विद्रोहमा उत्रिएमा कसैले पनि रोक्न नसक्ने भन्दै सुकुम्बासीमाथि…
Read More
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टितेलमा १५/१५ रुपैयाँ वृद्धि गरेको एक सूचना मार्फत जानकारी दिएको छ । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १ सय ६९ रुपैयाँ ५० पैसाबाट बढेर १ सय ८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लागि १ सय ८६ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ८७ रुपैयाँ पुगेको छ । यस्तै डिजेल/मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १ सय ४९ रुपैयाँ ५० पैसाबाट बढेर १ सय ६४ रुपैयाँ ५० पैसा पुग्दा दोस्रो वर्गका लागि १ सय ६६ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ६७…
Read More
बर्दियामा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरु श्रममा सक्रिय

बर्दियामा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरु श्रममा सक्रिय

काठमाडौँ : बर्दियामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता तथा कार्यकर्ताहरु जनता सित श्रममा सक्रिय भएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दिया जिल्ला समितिले २०८२ चैत्र १० गते , बर्दिया गुलरिया नगरपालिका वडा नम्बर १ गाउँ नम्बर १४ कमलपुरमा पार्टीले लगाएको मसुरो खेती जनताको सहभागीतामा उखेल्ने कार्यक्रम सञ्चालन गरेको छ । जसमा जनताको उत्साह जनक उपस्थित रहयो ।देशमा जनताले चाहेको शासन व्यवस्था छिटो आउनुपर्छ भन्ने बारेमा छलफल गर्दै कार्यक्रम चलिरहेको पार्टीको ३ नम्बर व्यूरो ईन्चार्ज शेरबहादुर देउवाले बताएकाछन् ।
Read More
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा सीमा व्यापार तयारीप्रति आपत्ति

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा सीमा व्यापार तयारीप्रति आपत्ति

काठमाडौँ : लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र हुँदै भारत र चीनबीच पुनः सीमा व्यापार सञ्चालन गर्ने तयारीप्रति एक विद्यार्थी संगठनले गम्भीर आपत्ति जनाएको छ । संगठनका अध्यक्ष विरेन्द्र शाहद्वारा जारी प्रेस वक्तव्यमा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष सम्बन्ध राख्ने उक्त क्षेत्रमा नेपाललाई जानकारी नै नदिई भारत र चीनबीच द्विपक्षीय सहमतिका आधारमा व्यापार पुनः सञ्चालन गर्ने तयारी हुनु नेपालको अधिकारमाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, “नेपालको भूमि सम्बन्धी संवेदनशील विषयमा नेपाललाई पूर्ण रूपमा बेवास्ता गरी गरिने यस्ता गतिविधि अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मूल्य–मान्यता र पारस्परिक सह–अस्तित्वको सिद्धान्तविपरीत छन् ।” संगठनले छिमेकी मुलुकहरूको यस कदमप्रति कडा विरोध…
Read More
बेङ्लोर दक्षिण नगर समितिमा सदस्यता अभियान तीव्र

बेङ्लोर दक्षिण नगर समितिमा सदस्यता अभियान तीव्र

बेङ्लोर : अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिले २०२६ को सदस्यता नवीकरण तथा नयाँ सदस्यता दिने कार्यक्रम तीव्र गतिमा अगाडि बढाइरहेको छ। २३ मार्च २०२६ का दिन केन्द्रीय सचिव रामसिंह विक, केन्द्रीय सदस्य धर्म राम विक, क्षेत्रिय सदस्य बिरेन्द्र विक, क्षेत्रिय सदस्य अर्जुन टमटा, नेता कार्यकर्ताहरूले ताउरेकेरे एरिया र बी. टी. एम लेवटमा सदस्यता वितरण गर्नु भएको छ। सदस्यता वितरण निकै उत्साहपूर्वक चलिरहेको छ । अखिल भारत नेपाली एकता समाज नेपालीहरुको सुख दुःखमा साथ सहयोगमा एक अविभावकको रुपमा भूमिका निभाउँदै आएको छ ।
Read More