समाचार

नेपाली राजनीतिमा साम्प्रदायिताको प्रयोग एक चर्चा

नेपाली राजनीतिमा साम्प्रदायिताको प्रयोग एक चर्चा

लेखक : डा. केशव देवकोटा नेपालको राष्ट्रिय राजनीतिमा पछिल्ला दिनमा साम्राज्यवादी हस्तक्षेप तीब्रभएको छ । त्यसमा पनि अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढ्दैगएको स्पष्ट छ । जसले नेपालको आर्थिक, सामाजिक र राजनीतिकमात्र नभएर साँस्कृतिक क्षेत्रमासमेत हस्तेक्षप बढाएर लगेको छ । साम्राज्यवाद पदावली ल्याटिन भाषा इम्पेरियमको रुपान्तरण हो । यसको अर्थ सर्वोच्च शक्ति अर्थात सैन्य शक्ति वा कुटनीतिबाट देशको शक्ति र प्रभाव विस्तारगर्ने नीतिभन्ने हुन्छ । कमरेड लेनिनले सन् १९१६ मै साम्राज्यवादबारेका भ्रमहरुको चिरफारगर्दै साम्राज्यवाद पूँजीवादको चरम अवस्थाभन्ने पुस्तक लेख्नुभएको थियो । सो पुस्तकमा लेनिनले साम्राज्यवादका बिभिन्न स्वरुपबारे ब्याख्या गर्नुभएको छ । पूँजीवादको विकास भएर साम्राज्यवादमा परिणत हुने प्रक्रिया सन् १८६० देखिनै शुरुभएको…
Read More
जनपक्ष संविधान लेख्नका लागि पनि स्वाधीन संयुक्त सरकार निर्माणका लागि संघर्ष गरौं !

जनपक्ष संविधान लेख्नका लागि पनि स्वाधीन संयुक्त सरकार निर्माणका लागि संघर्ष गरौं !

हेमन्तप्रकाश ओली ‘सुदर्शन’,स्थायी समिति सदस्य तथा प्रवक्ता, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको आयोजनामा २०८३ वैशाख २६ गते ‘संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता’ विषयक अन्तरक्रियामा पार्टीको तर्फबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ ले व्यक्त गरेको विचारलाई यहाँ दिइएको छ। ) आजको छलफलको विषय संविधान संशोधनको विषय छ। त्यो सँग जोडिएको गणतन्त्र र राष्ट्रियताको सवाल पनि छ। अहिलेको परिस्थिति के हो ? हामीले त्यसलाई हेर्नुपर्दछ । संविधान र कानुन भन्ने कुरा क्रान्तिले निर्धारण गर्दछ,निर्माण गर्दछ। कानुन र संविधानले क्रान्ति निर्माण गर्दैन ।अर्थात कानुन र संविधानले क्रान्ति ल्याउँदैन । हाम्रो ध्यान यता जानुपर्दछ किनभने यसै…
Read More
‘देशैभरि सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहीन किसानहरू अत्यन्तै असन्तुष्ट, त्रसित र आक्रोशित ’

‘देशैभरि सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहीन किसानहरू अत्यन्तै असन्तुष्ट, त्रसित र आक्रोशित ’

काठमाडौँ : वामपन्थी पार्टीहरू सम्बद्ध नेपालका ६ वटा किसान संगठनहरूले बालेन सरकारको भूमिहीन किसान, अव्यवस्थित बसोबासी,सुकुम्बासी प्रतिको रवैयाको विरोध गर्दै एक प्रेस वक्तव्य जारी गरेका छन्। क्रान्तिकारी किसान महासङ्घ नेपालका अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान महासङ्घ (अपफा्) का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गा प्रसाद जैसी , अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष राम दुलार महतो, अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घ नेपालका अध्यक्ष चित्रबहादुर श्रेष्ठ , अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलदेव चौधरीले प्रेस वक्तव्यमा हस्ताक्षर गर्नुभएको छ। वक्तव्यमा किसान संगठनहरुले २०८३ वैशाख २५ गते जारी गरिएको वक्तव्य यसप्रकार छ– “नेपाली जनतालाई सुशासन, शान्ति र…
Read More
खेलकुदले आत्मविश्वास र एकताभाव पैदा गर्दछ : सुदर्शन

खेलकुदले आत्मविश्वास र एकताभाव पैदा गर्दछ : सुदर्शन

काठमाडौँ : रेड स्टार स्पोर्टिङ क्लब बुद्धनगर काठमाडौँको आयोजनामा ‘रेड स्टार फूटसल खुल्ला प्रतियोगिता २०८३’ को उद्घाटन भएको छ । आज बिहान बैशाख २५ गते विहान ११ बजे ललितपुरको बंगलामुखी फूटसल मैदानमा भएको उक्त फुटसल प्रतियोगिताको उद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता सुदर्शनले गर्नुभएको थियो । उहाँले रेफ्रि माया तामाङलाई फुटबल हस्तान्तरण गरेपछि फुटसल कार्यक्रमको औपचारिक उद्घाटन भएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता रहनुभएको सुदर्शनले उद्घाटन खेलको समारोहमा भन्नुभयो –‘फूटबल खेल विश्वव्यापी रुपमा लोकप्रिय भएको बेला उरुग्वेका एक जना शिक्षक जुयान कार्लोस सेरियानी नामक शिक्षकले युवाहरुले सानो ठाउँमा पनि खेल्न सक्ने गरी यसको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी बर्दियाकाे प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी बर्दियाकाे प्रशिक्षण सम्पन्न

गुलरिया: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दिया जिल्लामा सचिव बिनय रानाको अध्यक्षतामा प्रशिक्षण तथा बैठक सन्चालन भयो ।प्रमुख अथिती पि,बि,एम तथा ३ नं ब्युरो ईन्चार्ज सिखर हुनुहुन्थ्यो । अथिति पार्टी केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज बिपीन क्षेत्रीको उपस्थिति रहयो । प्रशिक्षणमा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेएको वताइन्छ। प्रशिक्षण सम्पन्न लगतै जिल्ला कमिटीको बैठक बस्यो थियो।जिल्ला बैठकले कथित फासिवादी बालेन सरकारले भुमिहिन सुकुम्बासीहरूको उठिबास गर्ने निर्णय बिरूद्ध सशक्त प्रतिकार गर्ने भएका छन। जनतालाई संगठित र सुसूचित गर्दै लघुबित्त ,मिटरब्याजि , दलाल भ्रष्ट , तस्कर, भु माफिया बिरूद्ध संघर्षको उठान गर्ने । पार्टी र जवस\मोर्चाका जिल्ला सम्मेलन नगर सम्मेलन , वडा सम्मेलन र…
Read More
‘सुकुम्बासी जनतामाथिको फासिवादी दमन र विस्थापनको घोर निन्दा र भत्र्सना, संघर्षमा सामेल हुन अपिल’

‘सुकुम्बासी जनतामाथिको फासिवादी दमन र विस्थापनको घोर निन्दा र भत्र्सना, संघर्षमा सामेल हुन अपिल’

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल, नेकपा (बहुमत), नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले एक वक्तव्य जारी गर्दै हालै सरकारले काठमाडौंका विभिन्न स्थानमा सुकुम्वासी जनतामाथि गरेको फासीवादी प्रकारको दमन र विस्थापनको घोर निन्दा र भत्सर्ना गरेको छ । सुकुम्वासी र गैरसुकुम्बासीको पहिचान नगरी र वैकल्पिक उचित बसोबासको ग्यारेन्टी नगरी सुकुम्वासी जनतालाई शक्ति प्रयोग गरी बलात् उठीबास लगाउने काम कदापि स्वीकार्य हुन सक्दैन भन्ने अडान सधैँभरी राख्दै आएका उल्लेख गर्दै नेकपा (बहुमत)का महासचिव समेत रहनु भएका समितिका संयोजक धर्मेन्द्र बास्तोलाले जारी गर्नुभएको वक्तव्यमा अहिले सरकारले सुकुम्वासीमाथि चलाएको राज्य आतंकका विरुद्ध देशव्यापी रुपमा सुकुम्वासी…
Read More
बालेन सरकारले सुकुम्बासीलाई अपराधिलाई जस्तै व्यवहार गर्योः पीडित

बालेन सरकारले सुकुम्बासीलाई अपराधिलाई जस्तै व्यवहार गर्योः पीडित

काठमाडौं : विगतका सरकार तथा कानुन संवत सुकुम्बासी बस्तीहरुमा अवैधानिकरुपमा डोजर चलाएको भन्दै पीडितहरुले आक्रोश व्यक्त गरेका छन् । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा उनिहरुले भूमि र आवास अधिकारको लागि निरन्तर लड्ने चेतावनी समेत दिएका छन् । ‘सम्पूर्ण भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी’हरुले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले भत्काइएका बस्तीहरु अतिक्रमित नभई सुकुम्बासीका रहेको प्रमाणसहित दाबी गरेका छन् । त्रिपुरेश्वरस्थित वंशिघाट सुकुम्बासी बस्तीकी पीडित मैया आलेले आफूहरुलाई विना जानकारी नै उठिबास लगाएको गुनासो गरिन् । “विकल्प बिना नै अपराधिलाई जस्तैः हाम्रो बस्तिमा डोजर चलाईयो, सरकार नागरिकप्रति ‘रक्षक’को भूमिका भन्दा ‘भक्षक’को रुपमा आयो ।” शंखमुलस्थित सुकुम्बासी बस्तीका पीडित पवन गुरुङले आफू…
Read More
मेटाले नेपालमा टायर–थ्री स्तरको डेटा सेन्टरका लागि पाँच अर्ब लगानी गर्ने

मेटाले नेपालमा टायर–थ्री स्तरको डेटा सेन्टरका लागि पाँच अर्ब लगानी गर्ने

काठमाडौं : विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले नेपालमा डेटा सेन्टरमा लगानी गर्ने भएको छ। इन्टरनेट सेवा प्रदायकको पहिचान बनाएको वर्ल्डलिंक कम्युनिकेसन्ससँगको सहकार्यमा मेटाले नेपालमा पाँच अर्ब रुपैयाँ लगानी गर्ने भएको हो। अमेरिकी बहुराष्ट्रिय कम्पनी मेटा प्लेटफर्म्स इन्क फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, ह्वाट्सएप, थ्रेड्स र मानुसको मातृ कम्पनी हो। नेपालमा फेसबुकका धेरै प्रयोगकर्ता छन्। विश्व अर्थतन्त्रमा राम्रो योगदान दिने विश्वका ‘टप–६ बिग टेक’ मध्ये मेटा एउटा हो। वर्ल्डलिंकको काठमाडौं, मातातीर्थमा पहिलेदेखि नै आफ्नै डेटा सेन्टर सञ्चालनमा छ। सोही पूर्वाधार उपयोग र विस्तार गर्ने गरी मेटा नेपाल आउन लागेको हो। मेटा र वर्ल्डलिंकले केही महिनाअघि नन डिस्क्लोजर एग्रिमेन्ट (एनडीए) गरिसकेका छन्।…
Read More
डोजर आतंकप्रति आपत्ति जनाउँदै ‘बस्ती बचाउ आन्दोलन’को घोषणा

डोजर आतंकप्रति आपत्ति जनाउँदै ‘बस्ती बचाउ आन्दोलन’को घोषणा

विजयपुर : नेपाल बसोबास बस्ती संरक्षण समाजले विभिन्न स्थानमा भइरहेको बस्ती हटाउने तथा डोजर आतंकप्रति आपत्ति जनाउँदै ‘बस्ती बचाउ आन्दोलन’ को घोषणा गरेको छ । बुधबार समाजले जारी गरेको विज्ञप्तिमा चरणबद्ध आन्दोलन गर्ने उल्लेख गरेको छ । समाजका अध्यक्ष कुमार कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार पहिलो चरणमा आ–आफ्नो क्षेत्रमा भेला, प्रदर्शन, दलहरूसँग अन्तरक्रिया, ज्ञापनपत्र बुझाउनेलगायत अवस्था अनुसारका कार्यक्रम सञ्चालन गरिनेछ । समाजले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण गराउने, सुकुम्बासी सम्बन्धी काम गर्ने स्थानीय तथा राष्ट्रिय संघ–संस्थासँग सहकार्य गरी साझा कार्यदल र कार्यक्रम बनाउने जनाएको छ । यस्तै, जबर्जस्ती उठिवास रोक्न शान्तिपूर्ण प्रतिकार गर्दै बस्ती रक्षा रणनीति अपनाउने, निष्पक्ष छानबिन र संवादमा सहयोग…
Read More
अर्घाखाँचीको चुनढुंगा उत्खनन समस्या र विवाद : विकास कि विनाश ?

अर्घाखाँचीको चुनढुंगा उत्खनन समस्या र विवाद : विकास कि विनाश ?

अर्घाखाँची जिल्लामा देखिएको चुनढुङ्गा (ष्mिभकतयलभ) उत्खनन सम्बन्धी समस्या र विवादको बारेमा यो लेख पाठक वर्ग सामु पु¥याउन पाउँदा म आफैमा गौरवान्वित छु । किनकि मलाई भन्दा पाठक वर्गलाई यसबारेमा बढी जानकारी होला । कमेन्ट गर्नुभयो भने मलाई जानकारीको लागि सहयोग हुनेछ ।अब यो चुनढुङ्गा उत्खनन समस्या र विवाद के हो ? यो चुन ढुङ्गा उत्खननले कति बिकास ग¥यो र कति विनाश ? यो लेखले यसको समीक्षा , अनुगमन र मूल्यांकन गर्ने पर्यत्न गरेको छ । मुख्यतः विकास, वातावरण र स्थानीय अधिकारबीचको टकरावका रूपमा यो चुनढुङ्गा उत्खनन कार्य अगाडि आएको देखिन्छ। यसलाई स्पष्ट पार्ने पर्यत्नस्वरुप यहाँ एउटा लेख प्रस्तुत गर्ने जमर्को…
Read More