समाचार

अखिल नेपाल आदिवासी जनजाति महासंघको संयोजकमा पवनमान श्रेष्ठ

अखिल नेपाल आदिवासी जनजाति महासंघको संयोजकमा पवनमान श्रेष्ठ

लेखक— पवन मान श्रेष्ठ रुपन्देही: माघ २५,२६ र २७ गतेसम्म बुटवलमा सञ्चालन भएको अखिल नेपाल आदिवासी जनजाति महासंघको राष्ट्रिय भेलाले पवनमान श्रेष्ठको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।राष्ट्रिय भेलाको मूल नारा थियो – “विदेशी कठपुतली सरकारको विकल्पमा स्वाधीन संयुक्त सरकार गठन गरौ ‘आत्मनिर्णयको सैद्धान्तिक स्वीकृति र पहिचानसहित संघीयताको लागि संघर्ष गरौ, अखिल नेपाल आदिवासी जनजाति महासंघको राष्ट्रिय भेला भब्य रूपमा सफल पारौ ” ।भेला सम्पन्न भएसँगै महासंघले आज बुटवलमा पत्रकार सम्मेलन गरी भेलाका निर्णय सार्वजनिक गरेको छ । नवऔपनिवेशिक अवस्थामा रहेको साम्राज्यवादी कठपुतली सरकारले आयोजना गरेको फागुन २१ गतेको चुनाव बहिष्कार गरी स्वाधीन संयुक्त सरकार निर्माणका लागि…
Read More
क्रान्तिकारी युवा संघ नेपालको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

क्रान्तिकारी युवा संघ नेपालको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

काठमाडौँ : क्रान्तिकारी युवा संघ नेपाल राष्टिय सम्मेलन आयोजक समितिको आयोजनामा ललितपुर जिल्लाको कुपण्डोलस्थित पार्टी कार्यालयमा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्यहरु रामसिंह श्रीस, हेमन्तप्रकाश ओली सुदर्शनले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी युवाहरुको भूमिकामाथि परिचर्चा गर्नुभएको थियो । उहाँहरुले युवाहरु अहिले मुख्य रुपमा बेरोजगारीको समस्यासँग जुधिरहेको चर्चा गर्दै बेरोजारी समस्याको मुख्य रुपले जिम्मेबार राज्य र राज्यव्यवस्था रहेको बताउनु भयो । उहाँले युवाहरुले स्वदेशमै रोजगारी पाउन र देशलाई स्वाधीन तथा आत्मनिर्भर बनाउन बर्तमान दलाल संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्ने र त्यसका लागि बेरोजगार युवाहरुलाई संगठित गरी नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने दिशामा…
Read More
रामेछाप बस दुर्घटनाः १२ जनाको निधन ९ जनाको पहिचान खुल्यो

रामेछाप बस दुर्घटनाः १२ जनाको निधन ९ जनाको पहिचान खुल्यो

काठमाडाैँ : काठमाडौंबाट रामेछापको सिरिसे ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस आज रामेछापको मचानेटारमा दुर्घटना हुँदा १२ जनाको निधन भएको छ । आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खस्दा १२ जनाको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टका अनुसार मृत्यु हुनेहरुमा ७ पुरुष र ५ महिला रहेका छन् । दुर्घटनामा घाइते भएका ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका सबै शवहरू मन्थली अस्पताल पुर्‍याइएको छ । तामाकोसी नदीमा अहिले पनि सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ । मृतकहरूकाे नामवली…
Read More
अखिल (क्रान्तिकारी) कास्कीको २६औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) कास्कीको २६औँ जिल्ला सम्मेलन सम्पन्न

पोखरा: अखिल (क्रान्तिकारी) कास्कीको २६औ जिल्ला सम्मेलन साेमबार सम्पन्न भएको छ । सम्मेलनले सन्देश परियारको अध्यक्षतामा तीन रिक्त सहित २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षहरु, सचिव, सहसचिब र कोशाषध्यक्ष्यमा क्रमश ः अस्मिता मकक्रान्ती, हिरालाल बिश्वकर्मा,सुर्य गुरुङ, दिपु परियार र कृस गुरुङ रहेका छन । सदस्यहरुमा क्रमशः जय घर्ती, मानसा सुनार, इन्द्र क्षेत्री,आशिका जिसि, आयुस परियार, सुदिप गुरुङ र कुशल गुरुङ रहेका छन । सम्मेलनको उत्घाटन प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य प्रवेश रुम्बा लामाले मैनबत्ती जलाएर गर्नु भएको थियो । उद्घाटन गर्दै लामाले आफ्नो सङ्गठनले निशुल्क, सर्बसुलभ र बैज्ञानिक शिक्षा प्राप्तिको लागि सम्झौताहिन संघर्ष गरेको…
Read More
अखिल नेपाल आदिवासी जनजाति महासङ्घको राष्ट्रिय भेला उद्घाटन सत्र सम्पन्न

अखिल नेपाल आदिवासी जनजाति महासङ्घको राष्ट्रिय भेला उद्घाटन सत्र सम्पन्न

काठमाडौं : अखिल नेपाल आदिवासी जनजाति महासङ्घको राष्ट्रिय भेला २०८२ माघ २५ गते बुटवलमा उद्घाटन सत्र सम्पन्न भएको छ। बुटवलको हाटबजारस्थित विश्व हिन्दु महासङ्घको सभाहलमा एक समारोहका बीच क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सीताराम तामाङले भेलाको उद्घाटन गर्नुभएको हो। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सीताराम तामाङ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्त बहादुर नेपाली, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटव्युरो सडस्य के.बि.गुरुङ, क्रान्तिकारी महिला संगठन नेपालकी सचिवालय सदस्य लक्ष्मी न्यौपाने, क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका ज्योतिनारायण शर्मा , वामपन्थी नेता प्रेम सुवेदी लगायतले भेला सफलताको शुभकामना दिनुभएको थियो। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य…
Read More
पूर्णबहादुर खड्काको रिहाइका लागि राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी

पूर्णबहादुर खड्काको रिहाइका लागि राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय माडी सिन्धुलीले गैरकानुनी हिरासतमा राखेकोमा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता भएको छ । पूर्णबहादुर खड्काका छोरा भगवान खड्काले मानवअधिकार आयोगमा उजुरी दर्ता गराउनु भएको हो । उजुरीमा पूर्णबहादुर खड्कालाई फरक विचार र आस्था राखेकै कारण संविधान विपरीत गिरफ्तारी गरिएको ,परिवारका सदस्यहरुलाई समेत भेटघाट गर्न नदिइएको जनाइएको छ । उहाँलाई झूठा आरोप लगाई गैरकानुनी रुपमा हिरासतमा राखिएको कारण के कुन कसुरमा पक्राउ गरिएको हो ? हालसम्म के कति अनुसन्धान काम सम्पन्न भयो भन्ने जानकारी समेत नदिइएको उजुरी पत्रमा उल्लेख गरिएको छ । मानवअधिकार आयोगमा सो गैरकानुनी हिरासतको विषयमा अनुसन्धान…
Read More
बीगेसोले माइतीघरमा घन्कियो नारा : “सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गर ! ”

बीगेसोले माइतीघरमा घन्कियो नारा : “सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गर ! ”

काठमाडौँ:  “सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गर ! ” भन्ने मूल नारा सहित ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन ( बिगेसो) ले प्रदर्शन गरेको छ। १९४७ को त्रिपक्षीय गोर्खा भर्ती सम्झौताद्वारा सिर्जित विविध समस्याहरूको समाधान गर्नका लागि नेपालको सर्वोच्च अदालतले ०७९ माघ २४ गते निर्देशनात्मक आदेश जारी गरेको ३ वर्ष पुरा भएको सन्दर्भमा बिगोसोले उक्त प्रदर्शन गरेको हो । आठ वर्ष पहिले २०७४ सालमा त्रिपक्षीय गोर्खा भर्ती सम्झौताद्वारा सिर्जित विविध समस्याहरूको समाधानसहित उक्त असमान सम्झौता खारेजीको मागसहितका तर्फबाट सर्वोच्च अदालतमा रिट दायर भएको थियो, उक्त मुद्दामा सर्वोच्च अदालतले २०७९ माघ २४ गते नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो उक्त आदेशलाईतीन…
Read More
संयुक्त संघर्ष समिति भक्तपुरले नेता खड्काको रिहाइको माग गर्दै बुझायो ज्ञापन पत्र

संयुक्त संघर्ष समिति भक्तपुरले नेता खड्काको रिहाइको माग गर्दै बुझायो ज्ञापन पत्र

काठमाडौं : संयुक्त संघर्ष समिति भक्तपुरले क्रन्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य पूर्ण बहादुर खड्काको रिहाइको माग गर्दे भक्तपुर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यलयको लागि ज्ञापन बुझाएको छ।
Read More
गोर्खा सैनिकको पक्षमा सर्वेच्चले आदेश दिदासमेत सरकारले कानमा तेल हालेर बस्याे : परि थापा

गोर्खा सैनिकको पक्षमा सर्वेच्चले आदेश दिदासमेत सरकारले कानमा तेल हालेर बस्याे : परि थापा

काठमाडौं : ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो)ले नेपाल सरकारका विरुद्ध संघर्ष घोषणा गरेको छ । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी विगेसोले सर्बोच्च अदालतले गरेको निर्देशनात्मक आदेशलाई ३ वर्षसम्म पनि कार्यान्वयन नगरेपछि खबरदारी कार्यक्रम गर्न लागेको जनाएको हो । विगेसो प्रमुख सल्लाहकार परि थापाले ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरुलाई बेलायत सरकारले भाडाका सैनिकका रुपमा प्रयोग गरेकोले नेपाल सरकारले छिटो भन्दा छिटो पहल लिन माग गर्नुभएको छ । “सम्मानित सर्बोच्च अदालतले समेत गोर्खा सैनिकहरुको पक्षमा निर्देशनात्मक आदेश दिदासमेत सरकार ३ वर्षदेखि कानमा तेल हालेर बस्नु दुर्भाग्य हो”थापाले भन्नुभयो । विगेसोका अध्यक्ष पदमसुन्दर लिम्बुले सर्बोच्च अदालतले नेपालीहरुलाई भाडाका सेना बनाउनबाट…
Read More
पूर्णबहादुर खड्कालाई पक्राउबारे लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

पूर्णबहादुर खड्कालाई पक्राउबारे लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं : प्रहरी हिरासतमा रहेका पूर्णबहादुर खड्काबारे सर्वोच्चद्वारा लिखित जवाफ पेश गर्न गृह मन्त्रालय समेतलाई आदेश जारी गरेको छ । २०८२ माघ २० गते सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले सो आदेश जारी गरेको हो। पूर्णबहादुर खड्काका छोरा भगवान खड्काले बन्दी प्रत्यक्षिकरणको रिट दायर गरेका थिए। सो रिट उपर अधिवक्ता द्वय देव कुमार मोक्तान र फडिन्द्र कार्कीले बहस गरेका थिए। सर्वोच्चका न्यायाधीश विनोद शर्माले अधिवक्ता मोक्तान र कार्कीको बहस सुनिसकेपछि बन्दी प्रत्यक्षिकरण नगरिकन तीन दिनभित्र गृहमन्त्रालय लगायतका प्रत्यार्थीहरूलाई लिखित जवाफ प्रस्तुत गर्न आदेश जारी गरेका छन्। पूर्णबहादुर खड्कालाई हिरासतमा राख्नुपर्ने घटनामा के कसो भएको हो ? बन्दी प्रत्यक्षीकरणको आदेश किन…
Read More