समाचार

प्रधानमन्त्री प्रचण्डलाई बुझायो एमालेले ७५१ बुँदे माग

प्रधानमन्त्री प्रचण्डलाई बुझायो एमालेले ७५१ बुँदे माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । ध्यानाकर्षण पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरुले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको जानकारी दिए । यी सुझावहरु जनताको नासो भनेर प्रधानमन्त्रीलाई बुझाएको र त्यसलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएको उनले बताए…
Read More
लाइसेन्सको ट्रायलमा आफ्नै सवारी साधन प्रयोग गर्न  अबदेखि पाउने

लाइसेन्सको ट्रायलमा आफ्नै सवारी साधन प्रयोग गर्न अबदेखि पाउने

काठमाडौँ : सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा व्यक्तिले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन राष्ट्रिय सतर्कता केन्द्रले निर्देशन दिएको छ । केन्द्रले सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै ट्रायल दिने परीक्षार्थीहरूलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो । केन्द्रको माघ ५ गते बसेको सचिवस्तरीय बैठकले यसबारे निर्णय गर्दै सोको कार्यान्वयनसम्बन्धी जानकारी केन्द्रलाई उपलब्ध गराउन समेत निर्देशन दिइएको छ । लाइसेन्स ट्रायलमा प्रशिक्षक केन्द्रहरूले मनपरी गरिरहेको भन्ने गुनासाका बिच केन्द्रले दिएको निर्देशन कार्यान्वयन भएमा सेवाग्राहीलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । ‘सवारी चालक अनुमति पत्रको…
Read More
नेकपा विप्लव कञ्चनपुरका ९ नेताकार्याकर्ताले किन त्यागे पार्टी

नेकपा विप्लव कञ्चनपुरका ९ नेताकार्याकर्ताले किन त्यागे पार्टी

कञ्चनपुर : नेपाल कम्युनिष्ट पाटी (विप्लव) कञ्चनपुरका ९ नेता कार्यकर्ताहरूले पाटी परित्याग घोषणा गरेका छन । शनिबार संयुक्त एक प्रेस विज्ञप्ती निकालेर उनीहरू सामुहिक रूपमा पाटी घोषणा गरेको जनाएका छन । नेकपा विप्लवका केन्द्रीय प्रतिनिधी राजेन्द्र विष्ट(परिर्वतन),जिल्ला सचिवालय सदस्य मनमोहन जोशी(एमएनसी), बिरेन्द्र जोशी(बिएनसी), जिल्ला सदस्य अमिर कुँवर(अमिर सी), गोबिन्द धामी(गोबिन्द सी),नरेश विष्ट(नरेश सी),बिरेन्द्र विष्ट(बिरेन्द्र सी), सुरेश नेपाली र जय बहादुर ऐर(जया सी)ले हस्ताक्षर गर्दै पाटीबाट अलग रहेको घोषणा गरेका छन । ९वटै नेता कार्यकर्ताहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तीमा नेपालका राजनीतिक दलहरूले समाजवादको नाराको जतिसुकै फलाके पनि उनीहरू आन्तरिक जिवनमा समाज र राष्ट्र लक्षित स्वयमसेवी भावनाको विकासका लागि आजका दिनसम्म…
Read More
जाजरकोटमा भुकुम्प प्रभावितका दस हजारमाथि अस्थायी आवास निर्माण 

जाजरकोटमा भुकुम्प प्रभावितका दस हजारमाथि अस्थायी आवास निर्माण 

माघ ८ गते । जाजरकाेटमा कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले घरमा क्षति भइ घरवारविहीन दस हजार १५९ प्रभावितका अस्थायी आवास निर्माण गरिएको हो । जिल्ला विपत् व्यवस्थापन कोषबाट एक अर्ब तीन करोड ४१ लाख ७५ हजार शुक्रबारसम्म निकासा भएको छ । ४२ हजार ५२४ लाभग्राहीको सङ्ख्या कायम भएकामध्ये अस्थायी आवास निर्माणका लागि २८ हजार ३८ जना लाभग्राहीले पहिलो किस्ता रकमका लागि सम्झौता गरे पनि २७ हजार ९१ लाभग्राहीले अस्थायी आवास बनाउन पहिलो किस्ता रकम पाएका छन् ।  स्थानीय तहले अस्थायी आवासका लागि ६७ करोड ७२ लाख ७५ हजार रुपियाँ वितरण गरेकोमध्ये स्थानीय तह तथा नेपाल सरकारबाट नौ हजार ६३७ वटा विभिन्न विकास साझेदार…
Read More
तनहुँमा मिनी ट्रक पल्टिँदा २ जनाको मृत्यु

तनहुँमा मिनी ट्रक पल्टिँदा २ जनाको मृत्यु

तनहुँ : तनहुँमा आइतबार राति मिनी ट्रक पल्टिँदा ट्रकमा सवार दुई जनाको मृत्यु भएको छ । तनहुँ देवघाट गाउँपालिका-२ कोटबैदी भोक्टेनीस्थित भित्री सडक खण्डमा दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ न.को मिनी ट्रक सडकदेखि अन्दाजी ५०० मिटर तल खसेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिनी ट्रकमा सवार चालकसहित ३ जनामध्ये २ जना घाइतेहरूको उद्धार गरी उपचारको लागी दमौली अस्पतालमा पठाइएको थियो । सोमबार बिहान २:३० बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीको भनाई छ । मृत्यु हुनेमा जिल्ला तनहुँ देवघाट गाउँपालिका-३ दगारा बस्ने ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेका छन् ।…
Read More
बाँझो बगर यसरी बन्याे करेसाबारी

बाँझो बगर यसरी बन्याे करेसाबारी

म्याग्दी : म्याग्दीको मङ्गला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर बाँझो जमिनलाई करेसाबारीमा रूपान्तरण गरेका छन् । मङ्गला गाउँपालिका–२ बाबियाचौरको माटेबगरमा रहेको बगरमा जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर तरकारी खेती गरेर हराभरा बनाएका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले व्यायामका लागि फुर्सदको समयमा जनप्रतिनिधि र कर्मचारीले करेसाबारीमा श्रमदान गर्ने गरेको बताए । “कृषि र प्राविधिक शाखाका कर्मचारीको आवास भवन परिसरको यो बगर पहिले झाडी थियो । झाडी फाँडेर खनजोत गरी करेसाबारी बनाएका हौँ”, उनले भने, “करिब दुई रोपनी क्षेत्रफल बाँझो जमिनमा मौसमी र बेमौसमी तरकारी खेती गरेका छौँ ।” शारीरिक व्यायाम, फुर्सदको समय सदुपयोग, उत्पादन वृद्धि र घरायसी…
Read More
काठमाडौंमै बीभत्स हत्याको घटना तीन महिनासम्म गुपचुप

काठमाडौंमै बीभत्स हत्याको घटना तीन महिनासम्म गुपचुप

शव फेला परेको घर । इन्सेटमा हत्या गरिएकी सफिना मिया (दाँया) र हत्या आरोपमा पक्राउ परेका भारतीय नागरिक इकरामुल हक अन्सारी । काठमाडौं : राजधानी काठमाडौंको स्वयम्भुस्थित सरिता गिरीको दुईतले घरको भुइँ तलामा रहेको कोठा गत कात्तिकयता बन्द थियो । घरधनी भाडा उठाउन जाँदा कोही भेटिंदैनथे । पहिले सधैंजसो खुला रहने कोठा लामो समयसम्म बन्द रहँदा घरधनीलाई अनौठो लागिरहेको थियो । गएको ३ माघमा भने कोठाबाट अनौठो गन्ध आयो । शंका लागेपछि घरधनी गिरीले केही स्थानीय बासिन्दालाई बोलाइन् । वडा कार्यालयका प्रतिनिधिलाई समेत बोलाएर कोठा खोलेर हेर्दा खाटमुनि सडिसकेको अवस्थामा मानव शव फेला पर्‍यो । प्रहरीलाई सनाखत गर्न समेत हम्मेहम्मे…
Read More
यू–१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग पराजित

यू–१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग पराजित

काठमाडौं : युवा ब्याटर अर्जुन कुमालको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल आईसीसी यू–१९ विश्वकपमा पहिलो पटक न्युजिल्यान्डसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । यो हारले नेपालको सुपर सिक्स सम्भावनामा धक्का लागेको छ । ३०३ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३८ रन बनाउन सक्यो । नेपालका ओपनर अर्जुन कुमालले १०४ बलमा १२ चौकासहित ९० रनको शानदार इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । अन्य ब्याटरको साथ नपाउँदा अर्जुनको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल पराजित हुन पुग्यो । तीव्र गतिका बलर एवाल्ड श्रेडरको ३८ औं ओभरको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले महाधिवेशन संघर्षपूर्ण बनाउने : घोषणा ग¥यो माघ १६ देखि चैत्र २४ सम्म संघर्षका कार्यक्रम

क्रान्तिकारी कम्युनिस्ट पार्टीले महाधिवेशन संघर्षपूर्ण बनाउने : घोषणा ग¥यो माघ १६ देखि चैत्र २४ सम्म संघर्षका कार्यक्रम

काठमाडौं : राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि निरन्तर रुपमा सडक संघर्ष गर्दै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले माघ १६ देखि चैत्र २४ सम्म संघर्षका कार्यक्रम घोषणा गरेको छ । माघ ३ गते बसेको पार्टीको संघर्ष परिचालन समितिको बैठकले माघ १६ देखि चैत्र २४ सम्मका लागि संघर्षको कार्यक्रम निर्धारण गरेको पार्टीका केन्द्रीय कार्यालय सचिव कमरेड बसन्तले जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारी अनुसार माघ १६ देखि फागुन २१ सम्म केन्द्रीय संघर्षका कार्यक्रम अन्तरगत राजनीतिक प्रचारात्मक एवम् संघर्षका कार्यक्रमहरु निर्णय गरिएको छ । बैठकले संघीय राजधानी काठमाण्डौ उपत्यकामा– राष्ट्रिय गौरव भनिएका ठुला आयोजनाहरुमा भएका भ्रष्टाचारका विरुद्ध प्रदर्शन र विरोध गर्ने, नेपाल वायुशेवा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी,रुपन्देही सम्बद्ध जवस मोर्चाहरुको भेला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी,रुपन्देही सम्बद्ध जवस मोर्चाहरुको भेला सम्पन्न

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी,रुपन्देही सम्बद्ध जवस मोर्चाहरुको भेला सम्पन्न भएको छ । शनिबार बुटवलको पार्टी कार्यलयमा क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी युवा संगठन, क्रान्तिकारी महिला संगठन र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघहरुको संयुक्त भेला सम्पन्न गरेको हो । भेलामा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ५ नम्बर प्रदेश संगठन समिति ईन्चार्ज प्रेम सुवेदी,विशेष अतिथि ५ नम्बर प्रदेश संगठन समिति संयोजक अटल,केन्द्रीय सचिवालय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज तिलक, केन्द्रीय सदस्य हुकुम,केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज ज्वाला,केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला संयोजक लक्ष्मिकान्त न्यौपाने,पाल्पा जिल्ला संयोजक दिग्दर्शन, पार्टी केन्द्रीय सल्लाहकार सदस्य सँन्जिव कुमार,अखिल क्रान्तिकारीका केन्द्रीय कार्यलय…
Read More