मजदुर महासंघको ‘कारखाना आऔं’ अभियान तीव्र

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले घोषित अभियानलाई तिब्र बनाएको छ। ‘कारखानामा जाऔं’ भन्ने नाराका साथ महासंघ देशैभरि अभियानमा जुटेको छ ।
चार महिने अभियानको क्रममा महासंघले औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुसँग भेट गर्ने, छलफल चलाउने र सदस्यता बितरण समेत गरिने महासंघका नेताहरुले जानकारी दिएका छन् ।

यसैबीच, अभियानको क्रमामा आज (२०८०–१०–१२) गते बिहान काठमाडौको श्वयम्भू क्षेत्रमा कार्यरत निर्माण श्रमिकहरुसँगसँग भेटघाट–छलफल भएको छ । सो क्रममा महासंघको घटक संगठन अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघ अन्तर्गतको इकाइ कमिटी समेत निर्माण गरिएको छ। अभियानले शोनाम शेर्पाको अध्यक्षतामा पन्ध्र १५ सदस्यीय इकाइ कमिटी बनाएको हो ।

कमिटिका सदस्यहरुमा उमेश चौधरी, आदित्य चौधरी, पुजन चौधरी, कुशुम आलेमगर, सन्तोष शेर्पा, कुमार शर्मा, प्रकाश खत्री, आशिष रानामगर, शमिर तामाङ, प्रताप शेर्पा, विकास मगर, अनिता शेर्पा, थमन सुनुवार लगायत रहेका छन् ।

महासंघका केन्द्रीय संयोजक दिनेश शर्माको नेतृत्वमा पुगेको अभियान टोलीले निर्माण मजदुरहरुका समस्या र त्यसको समाधानको विषयमा गहन छलफल गरेको थियो ।

अभियान टोलीमा महासंघको प्रदेश ३ संयोजक कुमार घताने, महासंघकै पेशागत घटक संघ निर्माण मजदुर संघका संयोजक बालकृष्ण सिटौला, संघका सहसंयोजक रामशरण तिमल्सिनाको उपस्थिति रहेको थियो।

त्यसैगरी महासंघ प्रदेश ३ का सहसंयोजक सरोज न्यौपाने, प्रदेश सदश्य शेरबहादुर मगर र महासंघ सम्बद्द पेशागत घटक संघ अखिल नेपाल क्रान्तिकारी एयरपोर्ट तथा पर्यटन मजदुर संघका सहसंयोजक रामचन्द्र थापाको समेतको उपस्थिति रहेको थियो ।
सो क्रममा महासंघका केन्द्रीय संयोजक दिनेश शर्माले नवगठित इकाइ कमिटिमा संगठित श्रमिकहरुलाई विशेष बधाइ एबम शुभकामना दिनुथियो । महाँसंघ प्रदेश–३संयोजक कुमार घतानेले ‘कारखाना जाऔं’ अभियानमा सहभागी हुन मजदुरहरुलाई अपिलसहितको मन्तव्य राख्नु्भयो ।

सो कार्यक्रमको सञ्चालन अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका केन्द्रीय संयोजक बालकृष्ण सिटौलाले गर्नुभएको थियो।

Blanqui

Blanqui

Web Developer

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?