समाचार

रुसी विमान युक्रेनले खसाएकाे आरोप, ७४ जनाको मृत्यु

रुसी विमान युक्रेनले खसाएकाे आरोप, ७४ जनाको मृत्यु

काठमाडौं : चालक दलका ६ सदस्यसहित ७४ जना सवार एक रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटना भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको हो । दुर्घटनामा विमानमा सवार सबै ७४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । रुसी अधिकारीहरुका अनुसार विमानमा ६५ युक्रेनी बन्दी, ६ जना चालक दलका सदस्य र ३ जना एस्कर्ट (गार्ड) थिए । उक्त विमान युक्रेनले खसालेको आरोप रुसले लगाएको छ । खार्किभ सीमा क्षेत्रमा तैनाथ युक्रेनी सेनाले विमानमा दुई क्षेप्यास्त्र प्रहार गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त घटनालाई ‘आतंकवादी काम’…
Read More
राष्ट्रिय सभा निर्वाचन हुँदै, निर्वाचनको नतिजा ३–४ घण्टाभित्र आजै सार्वजनिक गर्ने

राष्ट्रिय सभा निर्वाचन हुँदै, निर्वाचनको नतिजा ३–४ घण्टाभित्र आजै सार्वजनिक गर्ने

काठमाडौं : राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए । राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा…
Read More
माओवादीका पूर्वब्रिगेड कमाण्डर जितमान पुन ‘मार्शल’ पक्राउ

माओवादीका पूर्वब्रिगेड कमाण्डर जितमान पुन ‘मार्शल’ पक्राउ

काठमाडौं : माओवादीका पूर्वब्रिगेड कमान्डर एवं नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जितमान पुन (मार्शल) पक्राउ परेका छन् । उनी तीन दिनअघि काठमाडौंबाट पक्राउ परेर डिल्लीबजार कारागारमा रहे पनि हालैमात्र सार्वजनिक भएको हो । रुकुम पूर्वको भुमे गाउँपालिका-१ घर भएका पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा थियो । सो मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । सोही मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको हो । तर पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले ‘जनयुद्धकालीन मुद्दा’मा पुनलाई पक्राउ गरिएको भन्दै आपत्ती जनाएका छन् । ‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी…
Read More
सहकारीलाई राष्ट्र बैंक ‘राडार’ मा ल्याउन दिइयाे निर्देशन

सहकारीलाई राष्ट्र बैंक ‘राडार’ मा ल्याउन दिइयाे निर्देशन

काठमाडौं : सानादेखि ठूला आकारका सहकारी संस्थाले सर्वसाधारणको निक्षेप हुरेलधुरेल गरेर समस्या निम्त्याउने क्रम झनै उच्च हुन थालेपछि सरकार एक कदम अगाडि बढेको छ । त्यस्ता सहकारीलाई वित्तीय अनुशासनमा ल्याउन सरकारले नेपाल राष्ट्र बैंक गुहारेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आधा दर्जन ठूला सहकारी र अन्य तीन वित्तीय संस्थालाई राष्ट्र बैंकको ‘राडार’ मा ल्याउन औपचारिक पत्राचार गरेको छ । सहकारी विभागले त्यस्ता ठूला सहकारी अनुगमन निरीक्षण र लेखा जाँच गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको हो । विशेषज्ञ जनशक्ति नभए पनि विभागले तालुक मन्त्रालयमार्फत ६ ठूला सहकारी र तीन विषयगत संस्था अनुगमन र लेखा जाँच गर्न राष्ट्र…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले टाँस्याे धनगढी उपमहानगरका मेयरको घरमा कालो व्यानर

क्रान्तिकारी कम्युनिस्ट पार्टीले टाँस्याे धनगढी उपमहानगरका मेयरको घरमा कालो व्यानर

धनगढी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको घरमा कालो ब्यानर टाँसेको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बुधवार मेयर हमालको घरमा कालो ब्यानर र झन्डा टाँसेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएको भन्दै चेतावनी दिएका थिए ।
Read More
दैनिकी र अवस्थालाई सुधार गर्न मनकारी सहयोगी आवश्यक

दैनिकी र अवस्थालाई सुधार गर्न मनकारी सहयोगी आवश्यक

माघ १० गते ।  सिन्धुपाल्चाेक जिल्लाकाे बलेफी गाउँपालिका–५ गुर्दुम गाउँको एक झुपडी घर । उक्त घरमा सदा झैँ चार बालकले बुबाआमा बिताएको पीडा र एक वृद्ध हजुरआमा छोरा बुहारीको निधनले स्तब्ध रहिरहन्छन् । बुबाआमाको निधनले शोकाकुल चार नाबालक र छोराबुहारी गुमाएकी आमाको आँखा कहिल्यै ओभानो हुन सकेको छैन ।  टिकाराम तामाङ नाबालक छोराहरू र वृद्ध आमाको जिउने आधार थिए । तर माघ ४ गते तामाङको क्षयरोगका कारण एक्कासि निधन भएपछि छोराहरू र वृद्ध आमाको बिचल्ली भएको छ । गत साउन ४ गते टिकारामकी श्रीमती लालमाया तामाङको क्यान्सरले मृत्यु भएको थियो । श्रीमतीको मृत्यु पश्चात् टिकारामले चार जना छोराहरूको शिक्षा, दीक्षा…
Read More
ललितपुर नापी कार्यालयका नापी सर्वेक्षकसहित ३ जना पक्राउ

ललितपुर नापी कार्यालयका नापी सर्वेक्षकसहित ३ जना पक्राउ

काठमाडौं : नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना घुससहित पक्राउ परेका छन् । नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरू तीनजना मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ परेका हुन् । घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।
Read More
आजदेखि भिजिट भिसामा विदेश जानेहरुका लागि  नयाँ नियम लागु

आजदेखि भिजिट भिसामा विदेश जानेहरुका लागि नयाँ नियम लागु

काठमाडौं : भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागु भएको छ । भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि अध्यागमन विभागले ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागू गरेको हो । गृह मन्त्रालय मातहतको अध्यागमन विभागका अनुसार अब भिजिट भिसामा विदेश जानेहरुसँग कम्तिमा ६ महिनाको वैद्य अवधि भएको राहदानी (पासपोर्ट) हुनुपर्ने छ । साथै गन्तव्य देशको भिसा, दुईतर्फी टिकट, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाणपत्र वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समेत बुझाउनु पर्ने छ । साथै भ्रमणको सम्पूर्ण खर्त व्यहोर्ने सरकारी तथा…
Read More
मिजारको न्यायको लागि दलित संगठनहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेदेखि सडक संघर्षसम्म

मिजारको न्यायको लागि दलित संगठनहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेदेखि सडक संघर्षसम्म

काठमाडौं : अन्तर जातिय प्रेम सम्बन्धका कारण ८ वर्ष अघि हत्या गरिएका काभ्रेका अजित मिजारको न्यायकको लागि विभिन्न दलित संगठनहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेदेखि सडक संघर्षका कार्यक्रम सार्बजनिक गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि उनिहरुले अजितिले न्याय नपाए हदैसम्मको संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् । पत्रकार सम्मेलनमा एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शन कुमार नेपालीले वर्तमान व्यवस्थाका लागि ठूलो बलिदान गर्ने दलित समुदायले अझै पनि अमानविय ब्यवहार झेल्नु दुःखत भएको बताए । संयोजक नेपालीले सोति घटनाका दोषीहरुले सजाय पाउनु उदाहरणिय भए पनि एथेस्ट प्रमाण हुँदा पनि अजित मिजारका हत्याराहरुले उन्मुक्ति पाउनुले आक्रोषित तुल्याएको…
Read More
दक्षिणी गाजा पट्टीमा इजरायली बमबारीमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु

दक्षिणी गाजा पट्टीमा इजरायली बमबारीमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु

८ फागुन । प्यालेस्टिनी समाचार एजेन्सी वाफालेका अनुसार दक्षिणी गाजा पट्टीमा इजरायली बमबारीमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको छ।     प्यालेस्टिनी विद्रोही र इजरायली सेनाबीचको भीषण संघर्षको क्रममा इजरायली युद्धक विमान र तोपखानाले सहरको पश्चिमी क्षेत्रहरूमा बमबारी गरेको बताइएको छ। उक्त क्षेत्रमा हजारौं विस्थापित प्यालेस्टाइनीहरू बसिरहेका छन्।      गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार घोषणा गरेको छ कि गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या २५,२९५ पुगेको छ।     मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली सेनाको कारबाहीमा १९० प्यालेस्टाइनीको मृत्यु भएको छ भने ३४० जना घाइते भएका छन् । अक्टोबर ७, २०२३ देखि जारी इजरायल-हमास युद्धमा कम्तीमा ६३ हजार प्यालेस्टाइनी घाइते भएको…
Read More