गठवन्धन सरकारले प्रस्तुत गरेको संकल्प पत्रको विरोधमा ४ किसान संगठनहरुको संयुक्त वक्तव्य
काठमाडाैँ : माेहन वैद्य 'किरण' नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)लगायत चार किसान संगठनहरुले वर्तमान वाम बाहुल्य रहेको गठवन्धन सरकारले प्रस्तुत गरेको संकल्प पत्रकाे विराेध गरेकाे छ । बिहीबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान महासंघ (अप्फा)का अध्यक्ष भैरबराज रेग्मी, अखिल नेपाल किसान यूनियनका अध्यक्ष रामदुलार महतो र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गाप्रसाद जैसीले वर्तमान गठवन्धन सरकारले प्रस्तुत गरेको संकल्प पत्रकाे विराेधमा संयुक्त प्रेस वक्तव्य जारी गरेका छन् । संयुक्त प्रेस वक्तव्यमा भनिएकाे छ, १. अहिले बनेको बाम बाहुल्य रहेको भनिएको गठबन्धन सरकारले प्रस्तुत गरेको संकल्पपत्रमा भूमि बैंक…