रामेछापकाे टारगाउँ आगलागी: १२ परिवार घरवारविहीन, करिब २ करोडको क्षति

रामेछाप : जिल्लाको रामेछाप नगरपालिका वडा नं. ९ स्थित टारगाउँमा आगलागीबाट १२ परिवार घरवारविहीन भएको छ भने करिब २ करोडको क्षति भएको छ । गत बिहीबार राताटार स्थित रहेको हरदेनी पाखा सामुदायिक वनमा लागेको आगो हावाहुरीको कारण मानव बस्ती तर्फ सल्किदा १ करोड ८६ लाख ३१ हजार बराबरको क्षति भएको हो ।

आगलागीबाट महेशलाल तामाङको कच्ची घर, लत्ताकपडा, अन्नपात, भाडावर्तन, र नगद रु. ३ लाख गरी ३ लाख ७५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । महेशलालको उक्त घरमा ८ जना बसोबास गर्दै आएका थिए । आगलागीबाट नरबहादुर तामाङको कच्ची घर, लत्ताकपडा, भाडावर्तन, अन्नपात, र १ गोरु घाइते गरी तिन लाख बराबरको क्षति भएको छ ।

नरबहादुर उक्त घरमा ३ जना बसोबास गर्दै आएका थिए । सर्किनी तामाङको कच्ची घर,भाडावर्तन, लत्ताकपडा, अन्नपात , सुन ३ तोला , चाँदी ५ तोला र नगद रु।२,७५,०००।– गरी ६ लाख ७५हजार बराबरको क्षति भएको छ । उनी एक्लै सो घरमा बस्दै आएका थिए । धन बहादुर तामाङको ४ लाख ५०हजार बराबरको क्षति भएको छ । उक्त घरमा ४ जना बसोबास गर्दै आएका थिए । आगलागीबाट पूर्ण बहादुर नेवार, धनमाया श्रेष्ठ, रमेश श्रेष्ठ, उत्तरकुमारी श्रेष्ठ, सिताराम नेवार, मीन बहादुर नेवार, मानकुमारी नेवार, बम बहादुर श्रेष्ठको घर समेत जलेको छ ।

पूर्ण बहादुर नेवारको २१ लाख ८५ हजार बराबरको क्षति भएको छ । पूर्णबहादुरको घरमा १० जना बसोबास गर्दै आएका थिए । धनमाया श्रेष्ठको ५१ लाख ५ हजार बराबरको क्षति भएको छ भने धनमायाको घरमा २१ जनाको परिवार आश्रित छ । आगलागीबाट रमेश श्रेष्ठको १५ लाख ९५हजार, उत्तरकुमारी श्रेष्ठको ३१ लाख २४ हजार, सिताराम नेवारको १६ लाख ७० हजार, मीन ब।नेवारको ६लाख, मानकुमारी नेवारको २७ लाख १२ हजार र बम ब.श्रेष्ठको १५ लाख १० हजार बराबरको क्षति भएको छ ।

आगलागीबाट जलेको रमेश श्रेष्ठको घरमा ५ जना , उत्तरकुमारी श्रेष्ठको घरमा १२ जना, सिताराम नेवारको घरमा ७ जना , मीन बहादुर नेवारको घरमा ४ जना, मानकुमारी नेवारको घरमा १ जना र बम बहादुर श्रेष्ठको घरमा ९ जना बसोबास गर्दै आएका थिए । याे समाचार सरु श्रेष्ठले कागजपत्र डट कमकाे लागि शनिबार लेखेकी छन् ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?