समाचार

रविको सहकारी ठगी प्रकरणमा संसदमा नौटंकी

रविको सहकारी ठगी प्रकरणमा संसदमा नौटंकी

काठमााडौं : रवि लामिछाने पहिलोपटक गृहमन्त्री हुँदा दोहोरो नागरिकता र दोहोरो पासपोर्ट काण्डमा चोख्याइए । दोस्रो पटक गृहमन्त्री हुँदा अहिले सर्वसाधारण जनताले सहरकारीमा जम्मा गरेको करोडौ रकम हिनामिना गरेको प्रकरणमा रवि लामिछानेलाई चोख्याउन एमाले–माओवादीका नेताहरु मात्रै होइन, सिंगै राज्यसंयन्त्रको दुरुपयोग गरिएको छ । यहाँसम्म कि संसदको प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्करणमा संसदीय छानबिन समिति बनाउन माग गर्दा पनि सत्तारुढ एमाले माओवादी पार्टीका नेताहरु तयार देखिएका छैनन्, रवि लामिछाने नेतृत्वको रास्वपाको त परको कुरा । यति धेरै विवादित हुँदा पनि रवि लामिछानेले नैतिकताको आधारमा राजिनामा दिन आवश्यक ठानेका छैनन् । उनले राजिनामा दिए सत्ता ढल्ने सबैभन्दा ठूलो पीर एमाले–माओवादी…
Read More
सबै कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताबद्ध हुन अध्यक्ष किरणकाे आव्हान

सबै कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताबद्ध हुन अध्यक्ष किरणकाे आव्हान

नेपालगन्ज,बाँके : बाँकेकाे नेपालगन्ज स्थित स्वस्तिक कटेज सुर्खेत रोड पुगेर एउटा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मोहन वैद्य किरणले नवउदारवादी नीतिलाई अँगालेर समाजवादको कुरा गर्नेहरु कम्युनिस्टको आवरणमा बदमास भएको टिप्पणी गर्नुभएको छ । उहाँले नवउदारवादी नीतिलाई अँगालेर कम्युनिस्टहरुले भन्ने गरेको वैज्ञानिक समाजवादमा पुग्न नसकिने स्पष्ट विचार व्यक्त गर्नुभएको छ । कमरेड हर्कबहादुर शाहीको स्मृति दिवसको सन्दर्भ पारेर “जनआन्दोलन दिवस र कम्युनिस्टहरु’ शीर्षकमा राखिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष समेत रहनु् भएका कमरेड किरणले यस्तो विचार व्यक्त गर्नुभएको हो । उहाँले संयुक्त जनआन्दोलन गरेर पञ्चायतलाई ढाल्ने, दीर्घकालीन किसान आन्दोलन गर्नुपर्ने लगायतका नीति र कार्यक्रमहरु कमरेड पुष्पलालका सही भएको…
Read More
राष्ट्रिय उद्योग तथा व्यापार संघ, काठमाडौंको प्रथम भेला सम्पन्न, संयोजकमा ढकाल

राष्ट्रिय उद्योग तथा व्यापार संघ, काठमाडौंको प्रथम भेला सम्पन्न, संयोजकमा ढकाल

काठमाडाैँ : माेहन वैद्य ‘किरण’ नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट राष्ट्रिय उद्योग तथा व्यापार संघ, काठमाडौंको प्रथम जिल्ला भेला साेमबार सम्पन्न भएको छ । भेलाले नवराज ढकालको संयोजकत्वमा २१ सदस्यीय काठमान्डौ जिल्ला कमिटी निर्माण गरेको छ ।राष्ट्रिय उद्योग तथा व्यापार संघका केन्द्रीय अध्यक्ष जितेन्द्र दाहालको प्रमुख आतिथ्यतामा भएकाे भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला इन्चार्ज पुष्कर, क्रान्तिकारी ट्रेड युनियन महासंघका सह—संयोजक ईश्वर तिमल्सिनाको बिशेष आथिथ्यता थियो । उक्त भेलाकका अन्य अतिथिहरुमा प्रकाश, बालकृष्ण, ठाकुर तिमल्सिना हुनुहहुन्थ्यो । भेलाको अध्यक्षता नवराज ढकालले गर्नु भएको थियो भने संचालन भिम तामाङले गर्नु भएको थियो ।
Read More
हामी दुध बेच्छाैँ र काेकाेकला खान्छाैँ यही हाे दलाल पुँजीवाद : सुदर्शन, भिडियाेसहित

हामी दुध बेच्छाैँ र काेकाेकला खान्छाैँ यही हाे दलाल पुँजीवाद : सुदर्शन, भिडियाेसहित

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय कार्यालय सदस्य तथा ३ नं. प्रदेश इन्चार्ज हेमन्त प्रकाश ओली 'सुदर्शन'ले बन्दुकले टिकेको राज्यसत्ता फाल्नका लागि बन्दुक नै उठाउन जरुरी रहेकाे बताएका छन् । चैत २४ अर्थात ३५औं जन आन्दोलन दिवसकाे अवसरमा पार्टीले काठमाडाैँकाे जनबहालमा आयोजना गरेकाे जन सभामा उक्त कुरा बताएका हुन् । उनले भने, 'तत्कालीन प्रधानमन्त्री प्रचण्डले प्रधानसेनापति रूक्माङ्गद कटवाललाइ हटाउन खाेजेकाे थियाे त्याे हटाउन सकेन बरू रूक्माङ्गद कटवालले चण्डलाइलाइ नै हटाइदियाे त्यसैले राज्यसत्ता नै परिवर्तण गर्नु पर्छ ।' भिडियाेसहित https://www.youtube.com/watch?v=2YexG1BUZPo
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नं. प्रदेशले मनायाे ३५औं जनआन्दोलन दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नं. प्रदेशले मनायाे ३५औं जनआन्दोलन दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रदेश ७ को आयोजनामा कैलालीको अत्तरियामा विशाल ¥यालीसहितको जनसभा सम्पन्न भएको छ । जनसभालाई पार्टीका कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज गुणराज लोहनीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नुभएको थियो ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, मधेस प्रदेश मधेसद्वारा जनसभा सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, मधेस प्रदेश मधेसद्वारा जनसभा सम्पन्न

जनकपुर : ३५औं जनआन्दोलन दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल मधेस प्रदेशको आयोजनामा मधेस प्रदेशको जनकपुरमा जनप्रर्दशन तथा जनसभा सम्पन्न भएकाे छ। जनसभालाई पार्टीका कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज हरिभक्त कँडेलले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा पार्टीका सचिवालय सदस्य तथा प्रदेश संयोजक कृष्णदेवसिंह दनुवार, वाम बुद्धिजीवी रोशन जनकुपरी लगायतका वक्ताहरुले २०४६ साल चैत्र २४ को जनआन्दोलनको क्रान्तिकारी सारतत्वको विषयमा चर्चा गर्दै सम्झौता, धोका र गद्दारीबाट पाठ सिक्दै देश र जनताको हितमा निरन्तर क्रान्तिको उद्घोष नै चैत्र २४ को मूल सन्देश भएको विचार व्यक्त गर्नुभएको थियो ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नं. प्रदेशले मनायाे ३५औं जन आन्दोलन दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नं. प्रदेशले मनायाे ३५औं जन आन्दोलन दिवस

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश संगठन समिति प्रदेश पाँच नम्बर पाँचको आयोजनामा प्रदेश राजधानी भालुवाङमा शनिवार ३५ औं जनआन्दोलन दिवसको अवसरमा जनसभा सम्पन्न भएको छ । सभा अघिमा दर्जनौ बसहरु प्रयोग गरेर आएका हजार बढी श्रमजिवीहरुले सक्रिय सहभागिता जनाउदै संसदीय ब्यवस्थाको बिरुद्ध नाराबाजी सहित बजार परिक्रमा गरे ।सभामा प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुबेदी, अर्का कार्यालय सदस्य तथा उत्पादन बिभाग प्रमुख केबी गुरुङ सचिवालय सदस्य टिकाराम पौडेल, बिद्यार्थी नेता दीपक बिष्ट, नेकपा(मशाल) का केन्द्रीय सदस्य शशिधर भण्डारीले मन्तब्य राख्दै क्रान्तिकारीहरु एकताबद्ध हुदै सर्बहारावर्ग माथि भएका शोषण दमन अन्त्य गर्ने उद्घोष गर्नुभयो ।सभा सचिवालय…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १ नं. प्रदेशले मनायो ३५औँ जनआन्दोलन दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १ नं. प्रदेशले मनायो ३५औँ जनआन्दोलन दिवस

इटहरी÷क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १ नम्बर प्रदेश संगठन समितिले भव्य रुपमा ३५ औँ जनआन्दोलन दिवस मनाएको छ । चैत २४ गते ऐतिहासिक जनआन्दोलन दिवस मनाउन नारा जुलुश सहितको ¥याली निकालेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सुनसरी जिल्लाको इटहरी शहरलाई परिक्रमा गरि म्याजिक स्टेसन पुगेर सभा गरेको थियो । उक्त सभाको प्रमुख अतिथी पार्टीका सल्लाहाकार समितिका सह—संयोजक कमल चौधरीले समानुपातिक र आत्मनिणर्यको अधिकार सहितको संघियजनगणतन्त्र ल्याउनका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी आन्दोलनमा होमिएको बताउनु भयो ।सोहि सभामा बोल्दै पार्र्टीका केन्द्रिय कार्यालय सदस्य तथा मजदुर संगठनका केन्द्रिय संयोजक दिनेश शर्माले २०४६ सालको जनआन्दोलनलाई स्मरण गर्दै ३५ औँ जनआन्दोलन दिव भव्य रुपमा मनाउनुको छुट्टै सार्थकता…
Read More
अखिल (क्रान्तिकारी) सुर्खेतको संयोजकमा सुनिल सिंह चयन

अखिल (क्रान्तिकारी) सुर्खेतको संयोजकमा सुनिल सिंह चयन

सुर्खेत : ३५ औं जनआन्दोलन दिवस अर्थात चैत्र २४ को अवसरमा आयोजित अखिल(क्रान्तिकारी) सुर्खेतको जिल्ला भेलाले संगठनको केन्द्रीय सदस्य समेत रहेका सुनिल सिंहको संयोजकत्वमा १५ सदस्यीय जिल्ला आयोजक समिति निर्माण गरेको छ । भेलाले संगठनका केन्द्रीय सदस्य द्वोय अमर रसाइली र गणेश हिराजकलाई सहसंयोजकको जिम्मेवारी दिएको छ । सुनिल सिंहको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य चन्द्र प्रकाश शर्मा थिए भने सञ्चालन अमर रसाइलीले गरेका थिए । भेलामा सोही पार्टीका सचिवालय सदस्य तथा ६ नम्बर प्रदेश संयोजक संगम, सचिवालय सदस्य धमिल, संगठनका सचिवालय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज हरि बिष्ट, पार्टीका जिल्ला संयोजक श्याम कार्की,…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ नं. प्रदेशले मनायाे ३५औँ जन आन्दोलन दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ नं. प्रदेशले मनायाे ३५औँ जन आन्दोलन दिवस

पोखरा: क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ४ नम्बर प्रदेश समितिको आयोजनामा पोखराको पृथ्वीचोकमा ३५औ जनआन्दोलन दिवसको सनदर्भमा जनसभा कार्यक्रम सम्पन्न गरिएको छ । ४ नम्बर प्रदेश संयोजक अशोक लम्साल ‘अनुकुल’को अध्यक्षतामा सञ्चालन गरिएको उक्त कार्यक्रमका प्रमुख वक्ता प्रदेश इञ्चार्ज बाबुराम गजमेर ‘आजाद’ र अन्य वक्ताहरुमा पार्टी केन्द्रिय सचिवालय सदस्य डम्बर बिश्वकर्मा ‘मामा’ र ४ नम्बर प्रदेश युवा इञ्चार्ज अनन्त केसी हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चाल ४ नम्बर प्रदेश सह—संयोजक केश बहादुर परियारले गर्नु भएको थियो । १२ः३० बाट शुरु भएर ३ः३० समापन गरिएको उक्त कार्यक्रममा पार्टीका नेता तथा काय्ृकर्ताको उल्लेख्य सहभागिता थियो ।
Read More