वैद्य माओवादीका कार्यकर्ताले लगायाे उपकुलपति कार्कीलाई कालो मोसो
काठमाडौँ : क्रान्तिकारी युवा सङ्गठन, नेपालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई मोसो दलेका छन् । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालले मंगलबार दिउँसो उपकुलपति कार्कीमाथि मोसो दलेका हुन् । प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएका कारण मोसो दलिएको संगठनका अध्यक्ष हरिस भट्टले बताए । कालोमोसो दल्ने संगठनका तीन जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सदिप सिर्पाली, निशान कटवाल र खेम थापा रहेका छन् । क्रान्तिकारी युवा संगठनले कर्मचारीहरुको अन्यायपुर्ण तरिकाले बढुवा रोकेको, औषधि मेशिन लगायत खरीद प्रक्रियामा करोडौं अनियमितता गरेको, कर्मचारी नियुक्ति प्रक्रियामा मनोमानी गरेको,…