समाचार

राष्ट्रिय सहकारी विकास वोर्डको कार्यालयमा क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे धर्ना तथा विरोध प्रदर्शन

राष्ट्रिय सहकारी विकास वोर्डको कार्यालयमा क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे धर्ना तथा विरोध प्रदर्शन

‘सहकारी पीडितलाई न्याय दे’, सहकारी माफियाहरु मुर्दावाद, जनताका बचतहरु फिर्ता गर’ काठमाडौँ : सहकारीहरुमा देखिएको वित्तीय अराजकता, सर्वसाधारणको बचतमाथि गरिएको व्यापक हिनामिना र भ्रष्टाचारका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आज (आइतबार) राष्ट्रिय सहकारी विकास वोर्डको केन्द्रीय कार्यालय, पुलचोकमा धर्ना तथा विरोध प्रदर्शन गरेको छ । जनसर्वसाधारणहरुले दुःख गरेर खाइ नखाइ सहकारीमा जम्मा गरेको बचत करोडौ, अरबौं हिनामिना गरेर सञ्चालकहरु नै विदेश भाग्ने क्रम बढ्दो छ । जनसर्वसाधारणको बचत हिनामिना गर्ने सहकारीहरुलाई कारबाही गर्न र पीडितहरुको रकम तत्काल फिर्ता गराउन राज्यको निकाय सहकारी विकास बोर्ड र सम्बन्धित मन्त्रालयमार्फत् सरकारको ध्यानाकर्षण गराउन क्रान्तिकारी कम्युनिस्ट पार्टीले विरोध प्रदर्शन गरेको हो । जनसर्वसाधारणहरुको बचत हिनामिना…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीका अर्घाखाँची इन्चार्ज हुकुम र सह-सयोजक पाण्डे गिरफ्तार, ५ न. प्रदेश संयाेजक अटलले दिए यस्ताे चेतावनी

क्रान्तिकारी कम्युनिस्ट पार्टीका अर्घाखाँची इन्चार्ज हुकुम र सह-सयोजक पाण्डे गिरफ्तार, ५ न. प्रदेश संयाेजक अटलले दिए यस्ताे चेतावनी

अर्घाखाँची : क्रान्तिकारी कम्युनिस्ट पाटी नेपाल महाधिवेशन आयोजक समिती सदस्य तथा ५ न. प्रदेश सङ्गठन समितीका सचिवालय सदस्य तथा अर्घाखाँची जिल्ला सङ्गठन समिती इन्चार्ज होम बहादुर खड्का 'हुकुम' र ५ न. प्रदेश सङ्गठन समितिका सदस्य एबम अर्घाखाँची जिल्ला सङ्गठन समिति सह-सयोजक नरेश्वर पाण्डेलाई प्रहरीले गिरफ्तार गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नं. प्रदेश सङ्गठन समितिका संयाेजक अटलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार कमरेडहरुलाई बिना सर्त यथाशिघ्र रिहाईकाे जोडदार माग गरेका छन् । उनले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, 'हाम्रो पार्टी राजनैतिक, आर्थिक, एबम सामाजिक बिकृती र बेथितिका विरुद्ध संघर्षरत रहदै आएको तथ्य जग जाहेर नै छ ।…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले २९ औँ जनयुद्ध दिवस विशेष रूपमा मनाउँदै

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले २९ औँ जनयुद्ध दिवस विशेष रूपमा मनाउँदै

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले २९ औँ जनयुद्ध दिवस काठमाडौँ उपत्यका लगायत देशैभर विभिन्न कार्यक्रमका बीच भव्य रूपमा मनाउने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालयले माघ मसान्तका दिन देशभर जनयुद्ध दिवसको अवसरमा दिपावली गर्न सर्कुलर गरेको छ । जनयुद्धको पूर्वसन्ध्यामा देशैभर क्रान्तिकारी कम्युनिस्ट पार्टीले दीपावली गर्ने र काठमाडौँ उपत्यकामा भने मशाल जुलुस गर्ने तयारी गरिएको छ । फागुन १ गते काठमाडौँ उपत्यकामा पार्टीको केन्द्रीय समितिको आयोजनामा विशेष कार्यक्रम हुँदैछ । पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ लगायत शीर्ष नेतृत्वहरूको उपस्थितिमा पार्टी कार्यालय कुपण्डोलमा दिनको १२ बजे उक्त समारोह सुरू गरिने पार्टी कार्यालयले जानकारी दिएको छ । त्यसैगरी उपत्यका बाहिर सात…
Read More
क्रन्तिकारी युवा संगठन ७ नं.प्रदेशले गर्याे जनकारबाही

क्रन्तिकारी युवा संगठन ७ नं.प्रदेशले गर्याे जनकारबाही

लम्की : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रन्तिकारी युवा संगठन प्रदेश नम्बर ७ समितिले डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ३ स्थीत चौड सिचाँई कुलो उपभोक्ता समितिमा आर्थिक अनियमितता गरेको आरोपमा सचिवलाई कालोमोसो दलि जुत्ताको माला लगाएर जनकारबाही गरेको छ । स्रोतका अनुसार उपभोक्ता समितिमा भ्रष्टचार गरेको, बिल बढाएर सामान खरीद्मा आर्थिक अनियमितता गरेको, फर्जि बिल हालेको आरोप तथा जनगुनासो आएपछी उपभोक्ता समितिका सचिव जयसिंह महरलाई कालोमोसो दलि जुत्ताको माला लगाएर जनकारबाही गरेको हो । पछिल्लो समयमा जनप्रतिनिधिको मिलेमतोमा उपभोक्ता समितिमा ब्यापक भ्रष्टचार हुँदै आएको जनगुनासो छ । क्रन्तिकारी युवा संगठन प्रदेश नम्बर ७ ले भ्रष्टचारमा संलग्न कर्मचारी, जनप्रतिनिधिलाई पहिलो चरणमा…
Read More
विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपूर्ति

विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपूर्ति

माघ २८ गते । म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी विद्यालयले आपूर्ति गरिरहेको छ । दिवा खाजाका लागि विद्यालयले ताजा तरकारी किन्नु परेको छैन ।  बिदा र छुट्टीको समयमा शिक्षकले तरकारी लगाउने, गोडमेल र पानी लगाउने काम गर्छन् । कक्षा ६, ७ र ८ का विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि करेसाबारीको प्रयोग गरिएको छ । बन्दा, काउली, केराउ, मुला, साग, गाँजर, मटरकोसा, सिमी, केराउ प्रजातिका तरकारी लगाएका छन् । विद्यालयमै उत्पादन भएको तरकारी प्रयोग गर्दा विद्यार्थीले कम खर्चमा…
Read More
नवाजको नेतृत्वमा सरकार बनाउने गृहकार्य, इमरानको पार्टी आन्दोलनमा

नवाजको नेतृत्वमा सरकार बनाउने गृहकार्य, इमरानको पार्टी आन्दोलनमा

काठमाडौं : पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार आम निर्वाचनमा एकल बहुमत ल्याउन दलहरु असफल भएका छन् । यसअनुसार अब पाकिस्तानमा गठबन्धन सरकार बन्ने पक्का भएको छ । यो निर्वाचनबाट इमरान खान नेतृत्वको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई)ले भने सबैभन्दा धेरै सिट जितेको छ । पाकिस्तानका मिडियाहरुका अनुसार पीटीआईले ९२ सिट जितेको छ । भावी प्रधानमन्त्रीको रुपमा हेरिएका नवाज शरीफको पार्टी (पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)ले ७३ र बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले ५४ सिट जितेको छ । पाकिस्तानको नेशनल एसेम्बलीमा कूल ३३६ सिट छन् । २६५ सिटका लागि बिहीबार निर्वाचन भएको थियो । ७० सिट आरक्षण तोकिएको छ ।…
Read More
सन्दर्भ : २९ आौं जनयुद्ध दिवस : के हो माओवाद ?

सन्दर्भ : २९ आौं जनयुद्ध दिवस : के हो माओवाद ?

‘दर्शनलाई जनताको बीचमा पुर्याऊ’–माओ त्सेतुङ माओवाद के हो ? भन्ने विश्व दार्शनिक दृष्टिकोणसित सम्बन्धित विषय हो । यो सर्वहारा वर्गको विश्वदृष्टिकोणसित सम्बन्धित विषय हो । यस लेखमा मैले माओवादका बारेमा सर्वसाधारण (आम) पाठक तथा यस विषयका अध्ययताहरुले बुझ्न सकून् भनेर सरल भाषा र वाक्यमा लेख्ने कोसिस गरेको छु । माओवाद के हो ? माओवाद के हो भने मार्क्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ नै माओवाद हो । खासगरी सामन्तवादी–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरुको समाधान गर्नुपर्ने, सन १९५३ मा विश्व सर्वहारा वर्गका महान् नेता तथा तत्कालीन सोभियतसंघका राष्ट्राध्यक्ष कमरेड स्टालिनको मृत्यु भयो । त्यस पश्चात् रुस ख्रुश्चोवद्वारा…
Read More
क्यानडालाई हराउँदा नेपालको बनेको ३ कीर्तिमान

क्यानडालाई हराउँदा नेपालको बनेको ३ कीर्तिमान

काठमाडौं : नेपालले दोस्रो ओडीआई खेलमा क्यानडालाई ४ विकेटले हराउँदा तीन कीर्तिमान बनाएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । क्यानडाका आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । नेपालका कुशल मल्ल र रोहित पौडेलले २–२ विकेट लिएका थिए । जितको लागि २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा रोहित पौडेलले ८७, देव खनालले ७६ र अनिलकुमार साहले ५० रन बनाए । यो जितमा सर्वाधिक छिटो अर्धशतक, तेस्रो विकेटका लागि उच्च साझेदारी र उच्च योगफलको कीर्तिमान बनेको छ । ओडीआईमा सर्वाधिक…
Read More
अखिल (क्रान्तिकारी) विश्वविद्यालय तथा सिटिइभिटी समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) विश्वविद्यालय तथा सिटिइभिटी समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

काठमाडाैँ : अखिल (क्रान्तिकारी) विश्वविद्यालय तथा सिटिइभिटी समितिको दोस्रो पूर्ण बैठक शुक्रबार सम्पन्न भएकाे छ । दोस्रो पूर्ण बैठक संगठनका संयोजक डिबी शाहीको अध्यक्षतामा, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा बागमती प्रदेश इन्चार्ज हेमन्त प्रकाश ओली 'शुदर्शन' को प्रमुख आथित्यतामा, संगठनका पुर्वअध्यक्षद्धय सरद रसाइली र हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी)का सह-संयोजक विरेन्द्र शाह, कार्यालय सदस्यद्धय नवराज भट्ट र प्रभात भट्टराईको उपस्थितिमा एतिहासिक एवम् महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न गरेको हाे ।
Read More
चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते, दुईको अवस्था गम्भीर, बसका चालक फरार

चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते, दुईको अवस्था गम्भीर, बसका चालक फरार

चितवन : चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं. बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो । घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले जानकारी दिए ।
Read More