त्रिकोणात्मक शृङ्खला टी-२० : विश्वकप तयारीको सुरुआत
काठमाडौं : नेपालले पहिलो खेल नामिबियासँग खेल्दै त्रिकोणात्मक टी-२० आई शृङ्खलाको सुरुआत गर्दैछ । खेल आज बिहान साढे ११ बजे खेल टीयु क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच त्रिकोणात्मक टी-२० आई शृङ्खला हुनेछ । यस शृङ्खलादेखि नेपालले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपको औपचारिक तयारी सुरुआत गर्नेछ । विश्वकपका सानदार प्रदर्शन गर्ने सोच राखेको नेपालले तयारीमा कुनै कमी गर्नेछैन । नेपालले विश्वकपअघि ३०-३५ टी-२० खेल खेल्ने सम्भावना छ । १५ खेलको तालिका सार्वजनिक गरिसकेको छ । विश्वकपमा नेपाल रहेको समूह डी मा नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । आईसीसी विश्वकप लिग २ पछि…