नकुल चौलागाई

33 Posts
सरकारले सुकुमबासी बस्ति माथि गरेको ज्यादती बारे चार कम्युनिस्ट पार्टिको प्रेस बिग्यप्ति।

सरकारले सुकुमबासी बस्ति माथि गरेको ज्यादती बारे चार कम्युनिस्ट पार्टिको प्रेस बिग्यप्ति।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत।, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टीहरुको केन्द्रीय संघर्ष समितिघाट सरकारले उठिबास बनाएर उपत्यका र वरिपरि बिभिन्न होन्डीड सेन्टरमा राखेका सुकुम्बासीहरुको अवस्थाका बारेमा हालै अनुगमन गरियो । अनुगमनको क्रममा होल्डीङ सेन्टर यथार्थमा अत्यन्त दयनीय र अत्यन्तै अपमानजनक भएको देखा पर्यो। मुकुम्वासी बस्तीमा डोजर आतक चलाईरहेको समयमा २ जनाले आत्महत्या समेत गरेका छन् । त्यसपछि वास भत्काईदिएकै कारण ४ जनाको मृत्यु भैसकेको छ। होल्डीङ सेन्टरमा बुढाबुढी, वालबालीका, सुत्केरी, नवजात शिशु अत्यन्त कष्टकर र जोखिमपूर्ण अवस्थामा छन्। यी नागरिकको स्वतन्त्रतापूर्वबक बाँच्ने अधिकार सरकारबाटै हनन भएको छ। विवसतापूर्वक नदी किनारमा बसेर गुजरा गरेका…
Read More
आमा नहुनेहरुमा समर्पित कविता

आमा नहुनेहरुमा समर्पित कविता

आमा बिनाको जीवन हुन्छ मरेतुल्य !!!!! १•दु:ख हुँदो रैछ हजुर आमा बिनाको चोलाआमा भाको भय देखि धेरै माया गर्थिन होलातिर्खा लाग्दा सम्झी दिन्थिन के खान्छौ भन्दैजीवन यात्रा गार्‍हो भयो दिन रात गन्दै २•दुख सारै पर्दा हुन्छ छाती रोपे झै छुरालेमेरि आमालाइ चुडेर लग्यो तो पापी दैबलेअभागी रैछु म आफै भाग्य चिरेकोआमाको यादमा मेले अनगिन्ती आँसु भिरेको ३•दुख छ आमा तिमिलाइ देख्न नपाईपापी दैबले चुडेर लग्यो ती मेरि आमालाईगित गाउदै बोलाउछु आमा यात्राको बेलामाकेही कुरा थाहा छौन दैबले चुडी लादामा ४•घुडाटेकी हिड्न नपाई त्यागी दियौ मलाईदुखै दुःख गरि बित्दै छ भित्री मन जलाइआमा हजुरले छोडी गयौ म अभागी लाईमाया दिन सकिन…
Read More
जनक्रान्तिको अवधारणा माथि बहस

जनक्रान्तिको अवधारणा माथि बहस

काठमाडौं । वर्तमान बालेन सरकारको विकल्पका लागि सबै कम्युनिस्टहरु एक भएर संघर्षको तयारीमा लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । आइतवार राजधानीको संवाद डबलीमा समाजवादी कम्युनिस्ट पार्टीद्वारा ‘नेपाली जनक्रान्तिको अवधारणा’ विषयक अन्तरक्रियामा वक्ताहरुले बालेन सरकार अमेरिकी कठपुतली रहेकोसमेत आरोप लगाए । क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले विशिष्ट भूराजनीतिक अवस्थाको कारण अहिले नेपालको शत्ता र शक्तिको चाबि प्रत्यक्षरुपमा अमेरिकी हातमा पुगेको दबी गरे । “धेरै पहिलेबाटै रवि– बालेनहरु अमेरिकी योजनामा सिंचित रहेछन्, फ्रि तिब्बतवाला गृहमन्त्री छन्, अनि कसरी उत्पीडितहरुको रक्षा हुन्छ” ओलीले प्रश्न गरे । “लेनिन विष्ट जस्ताहरुलाई क्रान्तिविरुद्ध अमेरिकाले उचालिरहेको थियो, सुदन गुरुङ त्यत्रो आरोपबाट सहजै मुक्त गराएर गृहमन्त्रीमा…
Read More
साहित्य

साहित्य

मुटुभित्र पीडाले गर्दा पोल्न थालो मन  के कस्तो हुन थालो देसको शान्ति ऐन देस हाम्रो युद्ध भुमी मैदान बन्दै गयो चारै तिर बाट अब युद्ध सुरु भयो आँखा भरी आउँछ आसु मनमा पीडा पर्दा देसमा शान्ति छैन अब लडाइँले गर्दा  लडाइमा जान भनी काधमा झोला भिरी मरे मर्छु भनीकन युद्ध मैदान तिर छिरी हजारौं देशको जनताले खाय  तातो गोलि  धेरैको ज्यान गयो हिजो यकै शब्द नबोलि गोलिको मुस्लो चारै तिर छुटन थालो कालो देशमा शान्ति ल्याउन खिज्दा रगत बग्न थालो युद्ध कैल्यै सकियन दिन रात गन्दै  धेरै मरे मैदानमा पानी पानी भन्दै लडाइँमा लडदा लड्दै गारो हुन्थ्यो भनी मैदानमा उठनु…
Read More
सुशासन, पारदर्शिता र थिति बसाल्ने एजेन्डामा समानता रहेको छ बर्षमान पुन

सुशासन, पारदर्शिता र थिति बसाल्ने एजेन्डामा समानता रहेको छ बर्षमान पुन

चितवन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र माओवादी केन्द्रबीच सुशासन, पारदर्शिता र थिति बसाल्ने एजेन्डामा समानता रहेको भन्दै यस्ता विषयमा रास्वपासँग सहकार्य गर्न तयार रहेको बताएका छन् । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पुनले नेपाली राजनीतिक परिवर्तनको यात्रा सहज नभएको उल्लेख गर्दै लामो संघर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्न सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने बताए । ‘नेपाली परिवर्तनको कथा सहज छैन । लामो सङ्घर्षपछि यो अवसर प्राप्त भएको हो’, उनले भने । पुनले माओवादी केन्द्र र रास्वपा दुवै स्थापित राजनीतिक निरन्तरताको क्रमभङ्ग गर्दै उदाएका शक्तिहरू भएको उल्लेख गरे । ‘निरन्तरतालाई क्रमभङ्ग गरेर आएका…
Read More

क्रान्तिकारी प्रेस संगठले गर्यो प्रेस बिग्यप्ति जारि

क्रान्तिकारी प्रेस संगठनको तेस्रो राष्ट्रिय भेला २०८३ असार ६ गते ललितपुरको कुपण्डोलमा सम्पन्न भयो । संगठनका संयोजक नारायण पंगेनीको अध्यक्षता, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलको प्रमुख आतिथ्यता र प्रेम कडेलको सञ्चालनमा सम्पन्न भएको भेलाले गरेका निर्णयहरु सार्वजनिक जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।१– उद्घाटन सत्रक) महान सहिद कृष्णसेन इच्छुक लगायत जनवादी, समाजवादी तथा राष्ट्रिय मुक्ति आन्दोलनमा अमूल्य जीवनको बलिदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति १ मिनेट मौन धारण गरियो ।ख) प्रमुख अतिथि सीपी गजुरेलले व्यानर पढेर भेलाको उद्घाटन गर्नुभयो । भेलालाई गोविन्द काफ्लेले स्वागत गर्नुभयो । भेलामा प्रमुख अतिथिसहित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति…
Read More
क्रान्तिकारी प्रेस संगठनको तेस्रो राष्ट्रिय भेला सम्पन्न

क्रान्तिकारी प्रेस संगठनको तेस्रो राष्ट्रिय भेला सम्पन्न

काठमाडौं । क्रान्तिकारी प्रेस संगठनको तेस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले पत्रकार नारायण पंगेनीको संयोजकत्वमा ३१ सदस्यीय सम्मेलन आयोजक कमिटी निर्वाचित गरेको छ । १० सदस्य पछि थपिने बताइएको छ । भेलाले संयोजकमा नारायण पंगेनी, सदस्यहरुमा गोविन्द काफ्ले, अनु निरौला, मनु विक, सागर श्रेष्ठ, प्रेम कँडेल, दामोदर खनाल, कुमार भट्टराई, धनन्जय अवस्थि, रवि पाण्डे, झनक श्रेष्ठ, टेकहिर न्यौपाने, विष्णु शर्मा,विष्णु आले, ईश्वरी प्रसाद गैरे, बुद्धिराम गैरे, शोभा राणा, नकुल चौलागाई, अमीरमैया रञ्जित, अर्पणा श्रेष्ठ, दिलिप थापालाई निर्वाचित गरेको हो ।उद्घाटन सत्र समापन लगत्तै सुरु भएको बन्द सत्रले संयोजक पंगेनीले प्रस्तुत गरेको प्रतिवेदन र संगठनका पूर्व अध्यक्ष इन्द्र राउतले प्रस्तुत…
Read More
गजल सामान्तिहरु मर्ने भय

गजल सामान्तिहरु मर्ने भय

नकुल चौलागाईं :क्रान्तिको बिगुल फुक्ने बोलिले, बन्दुकको काम गर्ने भएहानी दिन्थे, छुरा सामन्ती राज्यसत्ता ढली दिने भए भएको छ भरतीय बिस्तारवादको चारैतिर बिगबिगीसारीदिन्थे, पिलर–स्तम्ब बोलिकै भरले सरिदिने भए देशको दलाल सामन्ती बैरी हो, डर त मान अलिकितिहेर दलाल अनि भ्रष्टहरु फेरि मर्ने भए मरेका छैनौं जिवित छौं नेपाल आमाको सन्तान हामीगरौं एकिकृत जनक्रान्ति जनताको मुहारमा खुसी छर्ने भए कति कातर बन्छौं नेपाली, कति दुख गर्छौं यो हाम्रो ईमानत्यागी दिन्थे दुरदसा यदि बोलिकै भरमा चलिदिने भए ।
Read More
राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या’ विषयक विचार गोष्ठी कार्यक्रम सम्पन्न

राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या’ विषयक विचार गोष्ठी कार्यक्रम सम्पन्न

काठमाडौं, असार ५ । चार दलीय केन्द्रीय संघर्ष समितिले ‘राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या’ विषयक विचार गोष्ठी सम्पन्न गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा तथा भूमिहीन र सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि नीतिगत हस्तक्षेप आवश्यक रहेको जनाएको छ । अनामनगरस्थित सामाजिक विकास समाजको सभाहलमा आयोजित गोष्ठीमा समितिका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले पाँच पृष्ठ लामो कार्यपत्र सार्वजनिक गरेका थिए । कार्यपत्रमा नेपाल–भारत सीमा विवाद, राष्ट्रिय स्वाधीनता, भूमिहीनता तथा सुकुम्बासी समस्यालाई मुलुकका प्रमुख चुनौतीका रूपमा उल्लेख गरिएको छ । कार्यपत्रमा नेपालको राष्ट्रिय स्वाधीनतामाथि बाह्य हस्तक्षेप, सीमा अतिक्रमण, असमान सन्धि–सम्झौता तथा आर्थिक निर्भरताले चुनौती थपेको दाबी गरिएको छ । लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता क्षेत्रको सीमा…
Read More
प्रचण्ड बाबुरामले क्रान्तिलाई रद्दीको टोकरीमा फाले

प्रचण्ड बाबुरामले क्रान्तिलाई रद्दीको टोकरीमा फाले

नकुल चौलागाई । माओवादी नेतृत्वमा जब दशबर्षे जनयुद्ध भयो । त्यसको जगमा १९ दिने जनआन्दोलन भयो । यी दुईवटा संघर्षमा राज्य पक्ष र विद्रोही पक्ष दुबैको तर्फबाट १७ हजार भन्दा बढी मान्छेको बलिदान भयो । जनयुद्धमा कयौं नारीको सिन्दुर पुछियो, कयौं आमाबुवाको कोख रित्तियो, हजारौ नेपाली अहिलेसम्म पनि बेपत्ता पारिएका छन्। हजरौ योद्दाहरू घाइते अपाङ्ग छन । जनयुद्धमा भएको १७ हजारको बलिदानले देशमा आंशिक परिवर्तन त भयो तर उक्त उपलब्धिलाई सस्थागत नगर्दै माओवादीको तत्कालिन नेतृत्व प्रचण्ड बाबुरामले दलाल संसदवादीसँग मिलेर माओवादी आन्दोलनको विसर्जन गरे । यसले हिजो माओवादीले जनतामा बाडेका सपनाको हत्या त भयो माओवादी आन्दोलनमा लाग्ने नेता कार्यकर्ता र…
Read More