आमा नहुनेहरुमा समर्पित कविता

आमा बिनाको जीवन हुन्छ मरेतुल्य !!!!!

१•दु:ख हुँदो रैछ हजुर आमा बिनाको चोला
आमा भाको भय देखि धेरै माया गर्थिन होला
तिर्खा लाग्दा सम्झी दिन्थिन के खान्छौ भन्दै
जीवन यात्रा गार्‍हो भयो दिन रात गन्दै

२•दुख सारै पर्दा हुन्छ छाती रोपे झै छुराले
मेरि आमालाइ चुडेर लग्यो तो पापी दैबले
अभागी रैछु म आफै भाग्य चिरेको
आमाको यादमा मेले अनगिन्ती आँसु भिरेको

३•दुख छ आमा तिमिलाइ देख्न नपाई
पापी दैबले चुडेर लग्यो ती मेरि आमालाई
गित गाउदै बोलाउछु आमा यात्राको बेलामा
केही कुरा थाहा छौन दैबले चुडी लादामा

४•घुडाटेकी हिड्न नपाई त्यागी दियौ मलाई
दुखै दुःख गरि बित्दै छ भित्री मन जलाइ
आमा हजुरले छोडी गयौ म अभागी लाई
माया दिन सकिन आमा मैले आज तिमिलाइ

५•तिर्न पनि पाइन् आम अमुल्य दुधको भारा
तपाईंको मरन भय देखि दियन कसैले मलाई सहारा
यो मनको इच्छा धेरै मनमा हराइ गैछ
धन भन्दा ठूलो कुरा मेरि आमा नै रैछ

६•आमा छौन ठुली आमा ल्याउन थाले बाले
हेला गर्न थाले अब मलाई समाजले
सम्झियर ल्याउदा खेरि भित्री मन रुन्थ्यो
आमा भाको भय देखि मन खुसी हुन्थ्यो

७•ठुली आमालाई कुरा गर्दा उल्टै रिस गर्छिन्
जति काम गरे पनि उल्टै आँखा तर्छिन
आफ्नो भन्ने मान्छे पनि टाढा भय अब
ठुली आमा ल्याय पछि रिस भयो तब

८•अब संसारमा बाच्न पनि मन छौन मलाई
दुख धेरै खानु पर्‍यो भित्री मन जलाइ
धेरै कुरा गर्दा खेरी पर्न थालो गाठो
तपाईं सग आउछु आमा देखाइ देउन बाटो

-नकुल चौलागाईं

By नकुल चौलागाई

Related Posts