नेपाल–भारत दलित समस्या र संघर्षको आयाम
लेखक – सन्तबहादुर नेपाली कार्यक्रमका सभापतिज्यु, सहभागी भारतीय मित्रहरु, दलित नेता, अभियन्ता, बुद्धिजिवी तथा पत्रकार मित्रहरु, यहाँहरु सबैलाई हार्दिक अभिवादन ।सर्वप्रथम त म आयोजकको तर्फबाट छिमेकी देश भारतबाट नेपालको दलित आन्दोलनबारे अध्ययन तथा विचार आदान प्रदान गर्न नेपाल आउनु भएका भारतीय दलित आन्दोलनका नेता, अभियन्ता, अध्येता, बौद्धिक व्यक्तित्वहरुको टोलीलाई हार्दिक एवं क्रान्तिकारी अभिनन्दन गर्न चाहन्छु र नेपालमा छ दिने यात्रा सुखद रहोस् भन्ने शुभकामना प्रकट गर्न चाहन्छु ।नेपाल तथा भारतका जनता बीच परापूर्वकालदेखि घनिष्ट सम्बन्ध रहँदै आएको छ । भारतमा हुने हरेक राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक तथा सांस्कृतिक परिवर्तनको प्रत्यक्ष असर नेपालमा पर्दै आएको छ । भारतीय जनताले ब्रिटिश साम्राज्यवादको…