जन बिहानी

1507 Posts
धर्मेन्द्र बास्ताेलाकाे समूह क्रान्तिकारी लफ्‌फाजीको जलापले बेरिएको दक्षिणपंथी संशोधनवादी हो : बास्तोला

धर्मेन्द्र बास्ताेलाकाे समूह क्रान्तिकारी लफ्‌फाजीको जलापले बेरिएको दक्षिणपंथी संशोधनवादी हो : बास्तोला

बर्दिया : धर्मेन्द्र बास्ताेला नेतृत्वकाे नेकपा (बहुमत) क्रान्तिकारी लफ्‌फाजीको जलापले बेरिएको दक्षिणपंथी संशोधनवादी समूह भएकाे नेकपा (बहुमत)का विद्राेही नेता लक्ष्मण बास्तोलालगायतले बताएका छन् । शुक्रबार लक्ष्मण बास्तोला जिल्ला कमिटी सदस्य बर्दिया (कसम) जगत ओली-जिल्ला कमिटी सदस्यएवं क्रान्तिकारी युवासंगठन जिल्ला इन्चार्ज बर्दिया र पार्वती बास्तोला सदस् (कल्पना)ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे कुरा बताएका हुन् । लक्ष्मण बास्तोला र पार्वती बास्तोला धर्मेन्द्र बास्ताेला कञ्चनका आफ्नै भाइ बुहारी समेत हुन् । लक्ष्मण बास्तोलालगायतले जारी गरेकाे विज्ञप्ति भनिएकाे छ, 'क्रन्तिकारीहरुको एकता आजको आवश्यकता हो । तर हामी संलग्न समूह नेकपा (बहुमत) यसका विपरित क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालबाट फूटेर अलग हुनपुग्यो । हामीले…
Read More

क. असिम र क. वसन्तव्दारा माओविचारधारा वा माओवाद सम्बन्धी प्रस्तावित दुई फरक प्रस्तावहरु

(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको २०८१ मंसीर १३देखि २३ सम्म काठमान्डौमा हुन गइरहेको राष्ट्रिय एकता महाधिवेशनका लागि खुला बहसमा लैजाने निर्णय गरिएका जनयुद्धको समीक्षा,माओवाद वा माओविचारधारा र संघीयता सम्बन्धी फरक प्रस्तावहरुलाई क्रमसः प्रकाशित गर्दै लैजाने निर्णय बमोजिम महाधिवेशनका लागि कं असिम र क. वसन्तव्दारा माओविचारधारा वा माओवाद सम्वन्धी प्रस्तावित निम्न दुई फरक प्रस्तावहरु यहाँ छलफल र बहसका निम्ति प्रकाशित गरिएको छः सम्पादक) माओ विचारधारासम्बन्धी प्रस्तावक. असीमहाम्रो पार्टी आरसीपी, नेपालभित्र माओवाद र माओविचारधारा पदावलीबारे बहस चलेको छ । खास गरेर पूर्व नेकपा (क्रान्तिकारी माओवादी) र पूर्व नेकपा (बहुमत) ले माओवाद पदावली प्रयोग गर्दै आएको र पूर्व नेकपा (मशाल)ले माओविचारधारा पदावली प्रयोग गर्दै…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली कमलामाई नगरको एकता सम्मेलन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली कमलामाई नगरको एकता सम्मेलन

असोज १८ र १९ गते सिन्धुली जिल्ला सम्मेलन गर्ने सिन्धुली : यही भाद्र २८ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली कमलामाई नगर समितिको एकता सम्मेलन जिल्ला इन्चार्ज जीवनको बिशेष उपस्थितिमा सम्पन्न गरियो । जिल्ला सदस्य हरि बस्नेतको अध्यक्षमा सञ्चालन गरिएको उक्त सम्मेलनको जिल्ला सदस्य रत्न आलेले सञ्चालन गर्नु भएको थियो । उक्त एकता सम्मेलनले हरि बस्नेत सेक्रेटरी र रत्न आले सहसेक्रेटरी नीर्वाचित गर्नुका साथै १३ सदस्यीय कमलामाई नगर समिति चयन गरी आगामी असोज १८ र १९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली जिल्ला सम्मेलन सम्पन्न गर्नका लागि सम्मेलनको प्रतिनिधिहरू निर्वाचित गरियो ।
Read More
बागलुङ दुर्घटनामा पर्ने सबैको खुल्यो पहिचान

बागलुङ दुर्घटनामा पर्ने सबैको खुल्यो पहिचान

त्रिवेणी : रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२ स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष ३३ वर्षीय भूपेन्द्रा बुढा, उनकी ६१ वर्षीया आमा गोपिमाया बुढा र सोही गाउँपालिका–२ का ३७ वर्षीया वडाध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएको छ । गाडी चालक भूमे गाउँपालिका–३ का २९ वर्षीय प्रेमबहादुर पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौड्यालले जानकारी दिए । उनका अनुसार गाडी चालकको धौलागिरि अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ । आज…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडाैंकाे एकता सम्मेलन, संयोजक किरणद्वारा रिमोटबाट ब्यानर उद्घाटन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडाैंकाे एकता सम्मेलन, संयोजक किरणद्वारा रिमोटबाट ब्यानर उद्घाटन

अनु निराैला/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमान्डौ जिल्लाको सम्मेलन सुरु भएको छ । घट्टेकुलाेस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सुरु भएको सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय संयोजक मोहन वैद्य किरणले रिमोटबाट ब्यानरको पर्दा हटाएर गर्नु भएको थियो । संयोजक किरणको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । उद्घाटन सत्रलाई संयोजक किरण, पार्टीका बरिष्ठ नेता गौरव, केन्द्रीय सहसंयोजक असिम, कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज सुदर्शन, कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटल लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । काठमान्डौ जिल्ला संयोजक प्रकाशको सभापतित्व र नारायण शर्माको सञ्चालनमा सम्पन्न भएको अधिवेशनको उद्घाटन सत्रलाई हेमन्तले स्वागत मन्तव्य राख्नुभएको…
Read More
अमेरिकामा नेपालले खेल्ने लिग–२ को खेल तालिका सार्वजनिक

अमेरिकामा नेपालले खेल्ने लिग–२ को खेल तालिका सार्वजनिक

काठमाडौं : नेपालले अमेरिकामा खेल्ने आईसीसी विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–२ मा प्रतिस्पर्धा हुनेछ । लिग-२ मा नेपालले खेल्ने सबै खेलहरु प्रेरिरी भ्यू ह्युस्टनमा राति १० : १५ मा सुरु हुनेछन् । नेपालले पहिलो खेल २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ । त्यस्तै ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ । ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 14: Nepal players walk off the field after the first innings during the ICC Men's T20 Cricket World Cup West Indies & USA…
Read More
यस वर्ष युट्युबमा धेरै हेरिएका तीज गीत यी हुन्

यस वर्ष युट्युबमा धेरै हेरिएका तीज गीत यी हुन्

काठमाडौं : तीज पर्व सकिएको छ । यस वर्षको तीज सांगीतिक हिसाबले चर्चा, परिचर्चाको पर्व पनि बन्यो । एकातिर विष्णु माझीले ल्याएको गीतमा दर्शक-श्रोताले मौलिकताको गुण भेटे भने अर्कोतिर तीज गीतमा अश्लीलता र बेथिति मिसिएको भन्ने आरोपहरु पनि सामाजिक सञ्जालमा आए । तीजलाई लक्षित गर्दै यस वर्ष ३०० हाराहारीमा गीत रिलिज भएको बताइन्छ । तीमध्ये कमैले मात्र दर्शक-श्रोताको मन जिते । यहाँ यस वर्षको तीजमा युट्युबमा धेरै हेरिएका केही गीतको चर्चा गरिन्छ । आइन आमा यो तीजैमा (विष्णु माझी) भदौ ८ गते सार्वजनिक भएको यो गीतलाई अहिलेसम्म झण्डै एक करोड ७० लाख पटक हेरिएको छ । विष्णुकै श्रीमान सुन्दरमणि अधिकारीको…
Read More
नेपाल प्रहरीमा खुल्याे ३२० जनालाई जागिर

नेपाल प्रहरीमा खुल्याे ३२० जनालाई जागिर

काठमाडौं : नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेको छ । प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका लागि भर्ना खुलेको हो । यसमा अमर/अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ । दरखास्त दिने म्याद यही भदौ ३० गतेदेखि असोज ३० गतेसम्म छ ।
Read More
जनवाद र केन्द्रियता एक सिक्काका दुई पाटा हुन्

जनवाद र केन्द्रियता एक सिक्काका दुई पाटा हुन्

पार्टी संगठनलाई व्यवस्थित, अनुशासित र क्रान्तिकारी बनाउनको लागि लेनिनवादी संगठनात्मक पद्धतिलाई लागु गर्नु पर्दछ । लेनिनले पार्टीमा संगठनात्मक पद्धतिको विकाशमा जोड दिएका थिए । लेनिनवादी संगठनात्मक पद्धति अन्तरगत जनवादी केन्द्रीयता एउटा महत्वपूर्ण पक्ष हो । क्रान्तिकारी कम्युनिष्ट पार्टीभित्र जनवादी केन्द्रियताको सिद्धान्त अनिवार्य हुन्छ । कम्युनिष्ट पार्टी सर्वहारावर्गको पार्टी हो । सर्वहारा वर्गको पार्टी भित्र जनवाद र केन्द्रीयता दुवै समान हुन्छ । १. जनवाद के हो ? व्यक्ति छलफलमा स्वतन्त्र हुन्छ । आफ्नो मनमा लागेका कुराहरू आ“फु सम्बन्धित कमिटि वा आफु भन्दा उच्च कमिटिमा राख्न पाउने अधिकार हुन्छ । त्यतिमात्र हैन मत दिने, मत लिने र भिन्न मत प्रकट गर्ने अधिकार…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेशकाे कृष्णबहादुर प्रधानको निधनमा शोक वक्तव्य

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेशकाे कृष्णबहादुर प्रधानको निधनमा शोक वक्तव्य

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेश संगठन समितिका सदस्य एवं राष्ट्रिय उद्योग तथा व्यपार महासंघका केन्द्रीय कार्यालय सदस्य कमरेड केशर प्रधानका बुवा कृष्णबहादुर प्रधानको यही २०८१ भदौ २४ गते सोमबारको दिन ७४ वर्षको उमेरमा अर्वुद रोगको उपचार गराउँदा गराउदै दुःखद निधन भएको छ । उहाँप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेश संगठन समिति हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँका सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै निम्न शोक वक्तव्य प्रकाशित गरेको छ :
Read More