जन बिहानी

1512 Posts
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्कीको एकता जिल्ला सम्मेलन सम्पन्न 

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्कीको एकता जिल्ला सम्मेलन सम्पन्न 

कास्की,पोखरा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीको एकता जिल्ला सम्मेलन बिहीबार सम्पन्न भएको छ ।पार्टीका कार्यालय सदस्य तथा ४ नं.प्रदेश इञ्चार्ज क. हरिभक्त कँडेल (प्रतीक) ले सम्मेलनको उदघाटन गर्नु भएको थियो । सम्मेलनको सफलताको शुभकामना दिने अतिथिहरुमा पार्टीका केन्द्रिय कार्यालय सदस्य तथा ४ नं.प्रदेश संयोजक क. चिन्तामणि पौडेल(प्रवाह), सचिबालय सदस्यहरु क. केश ब परियार, क.रामजी थापा (अरुण) एकता महाधिवेशन आयोजक समिति सदस्यहरु क. निस्चल, क. सिद्धार्थ, क. मन,सम्पुर्ण जनबर्गिय संगठन र मोर्चाहरुको तर्फबाट क.सुशीला थापा, प्रदेश सल्लाहकार सदस्य क. पुर्ण ढुङ्गाना, बुद्धिजीवी संगठनको तर्फबाट क. हेमन्त लगायत हुनुहुन्थ्यो । क. आकाश गौतमको अध्यक्षता र क. बिक्रम थापाको सञ्चालन र क.…
Read More
दर्शन : मालेमावादको विकासको प्रश्न

दर्शन : मालेमावादको विकासको प्रश्न

लेखक : हस्तबहादुर केसी ” मार्क्सवाद संघर्षद्वारा मात्र विकसित हुन सक्छ , र यो कुरा विगत र वर्तमानका सन्दर्भमा मात्र नभई भविष्यका सन्दर्भमा पनि त्यत्तिकै सत्य हो ।” – माओ त्सेतुङ , Selected Works Of Mao Tse Tung , Vol.v, p.409, Foreign Language Press 1977. मार्क्सवाद – लेनिनवाद – माओवाद विश्व सर्वहारा वर्गको मार्गदर्शक सिध्दान्त हो । यसको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । यस दार्शनिक आलेखमा मार्क्सवाद – लेनिनवाद – माओवादको सैध्दान्तिक तथा दार्शनिक विकास कसरी हुँदै आएको छ भन्ने विषय संक्षेपमा प्रस्तुत गरिनेछ । मार्क्सवादको संक्षिप्त…
Read More
वीपी स्मृति कपः भारतको लाइफ केयर क्रिकेट क्लबलाई उपाधि

वीपी स्मृति कपः भारतको लाइफ केयर क्रिकेट क्लबलाई उपाधि

प्रकाश न्यौपाने/भैरहवा : भारतको लाइफ केयर क्रिकेट क्लबले भैरहवामा सम्पन्न ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा नेक्सस रुपन्देही–११ नेपाललाई २१ रनले पराजित गर्दै लाइफ केयरले उपाधि जित्न सफल भएको हो । जितसँगै लाइफ केयरले ५ लाख रुपैयाँसहित ट्रफी पायो । उपविजेतामा चित्त बुझाएको नेक्ससले ३ लाख रुपैयाँ नगद र ट्रफी पायो । टस हारेर ब्याटिङ गरेको भारतको लाइफ केयरले ६ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । उसका लागि शुभम लम्बाले ३९, दीपक पुनियाले ३८, एकान्स धोवलले २५ र दिपान्सु फोरेले २४…
Read More
एकता महाधिवेशनको प्रचार प्रसार तीव्र, नाकाहरुमा होडिङ बोर्ड

एकता महाधिवेशनको प्रचार प्रसार तीव्र, नाकाहरुमा होडिङ बोर्ड

काठमाडौं : मंसिर १३ देखि २३ सम्मको पार्टी एकता महाधिवेशन नजिकिदै जाँदा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले महाधिवेशनको प्रचार प्रसारलाई तीव्र पारेको छ । महाधिवेशनको प्रचारको क्रममा नाकाहरुमा होडिङ बोर्डहरु झुण्ड्याइएका छन् भने सडकमा भित्ताहरुमा महाधिवेशनका मूल नाराहरुसहित वाल पेन्टिङ गरिएको छ । काठमाडौं उपत्यका लगायत प्रदेश ३, ५, ४, १ लगायत सबै प्रदेश र जिल्लाहरुमा वालपेन्टिङ र होडिङ बोर्ड झुण्ड्याउने कार्यलाई तीव्र पारिएको छ । महाधिबेशनको प्रचार प्रशारको क्रममा हालै रुपन्देहीको सुनौली नाका र बुटवल बसपार्कमा पनि होडिङ बोर्ड राखिएको छ । रुपन्देहीको बुटवल क्षेत्रको मूल सडकका भित्ताहरुमा पनि भित्ते लेखन सम्पन गरिएको छ । त्यसैगरी रुपन्देही र पाल्पाको सिमाना सिद्धबाबा…
Read More
इजरायलले गर्याे इरानमा आक्रमण, दुई इरानी सेनाको मृत्यु

इजरायलले गर्याे इरानमा आक्रमण, दुई इरानी सेनाको मृत्यु

काठमाडौँ : इजरायलले शनिबार बिहान इरानमा गरेको हवाई हमलामा दुई इरानी सैनिकको मृत्यु भएको छ । इरानको आधिकारिक मिडिया रिपोर्टका अनुसार इरानी सेनाले इजरायली हवाई आक्रमणमा आफ्ना दुई सैनिकको मृत्यु भएको जनाएको छ । सेनालाई उद्धृत गर्दै इरानको सरकारी समाचार एजेन्सी आइआरएनएले भनेको छ- ‘इस्लामिक गणतन्त्र इरानको सेनाले इरानको सुरक्षा र जनता र इरानको हितको रक्षा गरिरहेको छ । आपराधिक यहूदी शासनको हवाई हमलाको सामना गर्ने क्रममा हाम्रा दुई सैनिक मारिए ।’ इरानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायलको आक्रमणको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको ‘उल्लंघन’ भनेको छ । इरानको विदेश मन्त्रालयले संयुक्त राष्ट्र बडापत्रको धारा ५१ लाई उद्धृत…
Read More
सम्झनामा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने (क.दीपेन्द्र)

सम्झनामा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने (क.दीपेन्द्र)

साहित्य : संस्मरण (सहिदगाथा) २००२ साल चैत १६ गते जन्मनुभएका क. दीपेन्द्र लमजुङ हुँदै चितवन, गीतानगर ३ पृथ्वीनगरमा बसाई सरी स्थायी बसोबासका रूपमा बस्दै आउनुभयो । शैक्षिक रूपमा एमएसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका क. दीपेन्द्र सानैदेखि भलाद्मी, तिक्ष्ण प्रकारको चेतना भएका कारण समाजमा भएका विकृति, विसङ्गति, असमानता, अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन र विभेद जस्ता विषयहरूप्रति अत्यन्तै गहिरो अध्ययन अनुसन्धान गर्न पुग्नुभएको पाइन्छ । समाजमा देखिएका तमाम समस्याको वैज्ञानिक रूपमा समाधान के हुन सक्छ भनेर खोज गर्दै जाँदा विश्वका कतिपय देशहरूमा चल्दै गरेका वर्ग सङ्घर्ष स्थापित हुँदै गरेका सर्वहारा वर्गीय सत्ताले स्थापित गरेका मूल्य मान्यता र उत्पादन तथा वितरण प्रणाली…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले किन दियो ओली सरकारलाई यस्ताे चेतावनी

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले किन दियो ओली सरकारलाई यस्ताे चेतावनी

काठमाडौं : एमालेका अध्यक्ष समेत रहेका केपी ओली नेतृत्वको सरकारले बँचेखुचेका राष्ट्रिय उद्योगहरुको पनि निजीकरणको नाममा बेचिखान खोजेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सशक्त जनसंघर्षको चेतावनी दिएको छ । पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली 'सुदर्शन'ले एक प्रेस वक्तव्य जारी गरी सरकारलाई यस्तो चेतावनी दिनुभएको हो । वक्तव्यमा भनिएको छ, “ त्यसकारण हाम्रो पार्टी देशमा राष्ट्रिय पुँजीविकासको आधारकारुपमा यहाँ उल्लेखित लगायत सम्पूर्ण उद्योगहरु पुनर्सञ्चालन गरी थप विकास गर्न, देशमा रोजगारी नपाएर अन्तर्राष्ट्रिय श्रम बजारमा बेचिएको श्रम शक्तिलाई फिर्ता बोलाई यी उद्योगहरुमा रोजगारी दिन र राष्ट्रिय पुँजीको विकास गर्न सम्बन्धित निकायसँग विशेष माग गर्दछौँ । यदि नेपाली जनताको यो मागप्रति बेवास्ता गरियो भने हाम्रो…
Read More
जनसांस्कृतिक महासङ्घद्वारा इजरायली आक्रमणका विरुद्ध आवाज उठाउन अपिल

जनसांस्कृतिक महासङ्घद्वारा इजरायली आक्रमणका विरुद्ध आवाज उठाउन अपिल

काठमाडौं : माेहन वैद्य 'किरण' नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय संयोजक हिरामणि दुःखीले आज एक विज्ञप्ति जारी गर्दै प्यालेस्टिनी जनताका विरुद्ध इजरायली फासिवादी सरकारले गरिरहेको व्यापक नरसंहारको विरोधमा एकजुट भएर आवाज उठाउन अपिल गर्नुभएको छ । संयोजक दुःखीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘प्यालेस्टिनी जनताको स्वाधीनता, स्वतन्त्रता र मानवीय अधिकारको समेत हनन् गरी साम्राज्यवादी अमेरिकाको समर्थन र सहयोगमा इजरायलद्वारा प्यालेस्टिनी जनतामाथि हुँदै आएको बर्बर आक्रमण, हत्या र घरबारविहीन बनाउने कुकृत्यको हाम्रो सङ्गठन तीव्र भ्रत्सना र निन्दा गर्दछ ।’ विज्ञप्तिमा दुःखीले इजराल सरकारले प्यालेस्टिनी जनतालाई उनीहरुको आफ्नो मातृभूमिबाट लामो समयदेखि विस्थापित गरिएको र आफ्नै भूमिमा…
Read More
‘वीपी कोइराला स्मृति कप टी–२०’ भारतको लाइफ केयर र नेक्सस रूपन्देही फाइनलमा

‘वीपी कोइराला स्मृति कप टी–२०’ भारतको लाइफ केयर र नेक्सस रूपन्देही फाइनलमा

प्रकाश न्यौपाने/भैरहवा : ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा भारतको लाइफ केयर क्रिकेट क्लब र नेक्सस रुपन्देही–११ नेपाल फाइनल प्रवेश गरेका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनलमा दीपक पुनियाको शतक, दिपान्सु फोरको अर्धशतक र क्षितिजको उत्कृष्ट बलिङको मद्दतमा पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई १ सय ५५ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतको लाइफ केयरले फाइनल यात्रा पक्का गरेको हो ।यस्तै, दोस्रो सेमिफाइनलमा नेक्सस रुपन्देही–११ ले बंगलादेशको साइक्यू क्रिकेट एकेडेमीमाथि ८ विकेटको जित निकाल्दै फाइनल पुगेको हो । अब लाइफ केयर र नेक्ससबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।भैरहवास्थि सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको…
Read More
राष्ट्रिय एकता महाधिवेशनको प्रचारप्रसार तीब्र

राष्ट्रिय एकता महाधिवेशनको प्रचारप्रसार तीब्र

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासी , ५ नं. प्रदेशमा र बारा पर्सामा पनि पार्टीको राष्ट्रिय एकता महाधिवेशनको प्रचारप्रसार तीब्र बनाएको छ । यसै साताबाट अभियानात्मक रुपले प्रचारप्रसारलाई तीब्र बनाउदै पार्टीले ठाउँ ठाउँमा व्यानर, भित्तेलेखन, पर्चा वितरण गरेको जनाएको छ । सो क्रममा बर्दघाटको बसपार्क, एस मोड, चिसापानी, बेतहानी, चौपत्ता, भुताहा लगायतको क्षेत्रमा व्यानर तथा भित्ते लेखन र सरावलको भगडा, तुलसीनगर, बासाबसही, सुनवलको हरकट्टा, भुमही, स्वाठी, रमवापुर, ज्यामिरेमा भित्ते लेखन तथा रामग्रामको बुद्धचोकमा व्यानर तथा भित्ते लेखन र रामग्राम कै बजार क्षेत्र एवं हुलासी क्षेत्रमा भित्ते लेखन सम्पन्न गरिएको सेक्रेटरी पाण्डेयले जानकारी दिनुभयो । त्यसैगरी ५ नं. प्रदेशका विभिन्न…
Read More