कृष्णसेन इच्छुकको २४औं स्मृति दिवस आज मनाउदै, विभिन्न कार्यक्रम गरी स्मरण गर्दै
काठमाडौं : जनयुद्धका महान सहिद तथा पत्रकार एवम् साहित्यकार कृष्णसेन इच्छुकको आज २४ औं स्मृति दिवस हो । क्रान्तिकारी कम्युनिसट पार्टी नेपाल, इच्छुक सांस्कृतिक प्रतिष्ठान लगायतका विभिन्न संघ, संगठन र संस्थाको आयोजनामा विभिन्न कार्यक्रम गरी २४ औं स्मृति दिवस मनाइदैछ । इच्छुक सांस्कृतिक प्रतिष्ठानले आज विशेष कार्यक्रमको आयोजना गरी इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा वितरण गरिँदै आएका पुरस्कार यस वर्ष आदर्श राई, सफल सोडारी र मनु विकलाई दिइने भएको छ । उक्त कुरा इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्यसचिव मोदनाथ मरहट्टाद्वारा जारी वक्तव्यमा जनाइएको छ । प्रतिष्ठानद्वारा दिइने मुल पुरस्कार नृत्यनिर्देशक आदर्श राईलाई दिइने भएको छ भने प्रतिभा पुरस्कार कलातर्फको नृत्यकार तथा वाध्यवादक सफल सोडारीलाई…