जन बिहानी

1512 Posts

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जनगणतान्त्रिक संविधान निर्माणको पक्षमा

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनगणतान्त्रिक संविधान निर्माणको पक्षमा आफ्नो धारण स्पष्ट गरेको छ । २०८१ माघ ३ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले प्रेस–वक्तव्य जारी गर्दै सो कुरा बताउनु भएको हो । बक्तक्यको पूर्ण पाठ यस प्रकार छ – “देशमा यतिबेला चलेको संविधान संशोधनको बहसले हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण गरेको छ । यसबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस–वक्तव्य जारी गरिएको छ । नेपालमा २००७ सालदेखि जनसंघर्ष, जनयुद्ध लगायत विभिन्न जन आन्दोलनहरु हुँदै आएका छन् । ती नै संघर्षका बलमा पटक–पटक नयाँ संविधान लेखिएका छन् र शासन व्यवस्थामा आंशिक रुपमा केही सकारात्मक राजनीतिक परिवर्तन पनि भएका…
Read More
रोयल चारघरे : संघर्ष,सपना र समाजको कथा

रोयल चारघरे : संघर्ष,सपना र समाजको कथा

समिक्षक : कृष्ण प्रसाद देवकोटा आख्यान विधा अन्तर्गत उपन्यास विधा पछिल्लो समयमा निकै चर्चित वन्दै गएको छ । आख्यानमा गद्य विधाको वृहत रुप उपन्यास हो । जगत् र जीवनका समग्र पक्षहरुलाई आख्यानात्मक विस्तार गर्नु उपन्यासको मुख्य विशेषता हो (नेपाल,२०७८) । लेखन आँफैमा जटिल कार्य हो त्यसमा पनि समाजको समग्र पक्षहरुलाई समावेश गरी अक्षरको सहायताले उपन्यास जस्तो वृहत कृति तयार पार्नु कठिन कार्य हो । यस्तो कठिन कार्य गर्ने साहस गर्नुभएको छ युवा साहित्यकार राजकुमार श्रेष्ठले । राजकुमार श्रेष्ठ करीव एक दशक अघि जागिरको सिलसिलामा दैलेख आउँदा उहाँसंग मेरो चिनजान भएको थियो । छोटो समयमै हामीविचको मित्रता घनिष्ट वनेको थियो ।…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले दाहाललाई किन गर्याे कार्बाही

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले दाहाललाई किन गर्याे कार्बाही

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बैकल्पिक केन्द्रीय सदस्य जितेन्द्र दाहाललाई कार्बाही गरेको छ । कार्यबाहक महासचिव गौरवले २०८१ पौष २१ गते जारी बक्तब्यमा सो कुरा उल्लेखित छ ।
Read More
ग्रेटर नेपाल अभियनका अध्यक्ष फणीन्द्र नेपाल गिरफ्तार

ग्रेटर नेपाल अभियनका अध्यक्ष फणीन्द्र नेपाल गिरफ्तार

काठमाडौँ : ग्रेटर नेपाल अभियान चलाइरहेका फणीन्द्र नेपाललाई प्रहरीले गिरफ्तार गरेको छ । निषेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । नेपाललाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । दक्षिण गेटबाट पक्राउ परेका नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार वर्ग किलोमिटर भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान सञ्चालन गर्दै आएका छन् ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काभ्रेले मनायाे २९औँ बेथान वीरता दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काभ्रेले मनायाे २९औँ बेथान वीरता दिवस

बनेपा, काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेले २९औँ बेथान वीरता दिवसको भब्य रूपमा मनाएकाे छ । सुक्रबार काभ्रेकाे बनेपामा मनाएकाे २९औँ बेथान वीरता दिवसकाे चर्चा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य साेमानिसंह तामाङ, अतिथिहरू टंकराम अधिकारी, श्रीराम खैजुले गरेका थिए । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी ढाेकप्रसाद अधिकारीले २९औँ बेथान मोर्चाका माहान सहिद तिर्थ गौतम, फत्त यस्माली मगर र दिलमाया बम्जनले देखाएको बाटोमा निरन्तर क्रान्तिमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अतिथि सहिद परिवार किसान बा सहभागी रहनु भएकाे थियाे । जिल्ला सेक्रेटरी ढाेकप्रसाद अधिकारीकाे अध्यक्षतामा र प्रेम तामाङकाे सञ्चालनमा सम्पन्न भएकाे…
Read More
२९औँ बेथान वीरता दिवसको सन्दर्भ पारी क्रान्तिकारी कम्युनिस्ट पार्टी, रामेछाप ऐतिहासिक बैठक सम्पन्न

२९औँ बेथान वीरता दिवसको सन्दर्भ पारी क्रान्तिकारी कम्युनिस्ट पार्टी, रामेछाप ऐतिहासिक बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काभ्रेले मनायाे २९औँ बेथान वीरता दिवस मन्थली,रामेछाप : २९औँ बेथान वीरता दिवसको सन्दर्भ पारी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछाप जिल्ला समितिको बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । शुक्रबार रामेछापको सदरमुकाम मन्थलीमा बसेको बैठकमा उक्त पार्टीको जिल्ला इन्चार्ज तथा सेक्रेटरी लाङघालीले राष्ट्रिय एकता माहाधिवेसनको भाव सम्प्रेषण गर्नु भएको थियो । बैठकले जिल्ला समिति सदस्यमा २ जना र बैकल्पिक जिल्ला समिति सदस्यमा २ जना मनोनित गरेको बताएको छ । त्यसैगरी स्थानीय समितिका बैठक सम्पन्न गर्ने निर्णय पनि गरेको छ । २९औँ बेथान मोर्चाका माहान सहिद तिर्थ गौतम, फत्त यस्माली मगर र दिलमाया बम्जनले देखाएको बाटोमा निरन्तर…
Read More
राष्ट्रिय एकता महाधिवेशन र विचारको विकास

राष्ट्रिय एकता महाधिवेशन र विचारको विकास

-सुदर्शन“साँच्चै भन्ने हो भने माक्र्सवाद जीवनहीन जडसूत्र नभएकोले, कुनै परिपूर्ण, बनिबनाऊ र अनुलंघनीय सिद्धान्त नभएर बरु कार्यमा जीवनशील पथप्रदर्शक भएकोले सामाजिक जीवनका अवस्थाहरुमा आश्चार्यजनक ढंगले आउने आकास्मिक परिवर्तनहरुका प्रतिबिम्बनसँग यो जोडिएको हुन्छ” –लेनिन, माक्र्सवादको ऐतिहासिक विकासका खास विशेषताहरु : २३ डिसेम्बर १९१०, प्रगति प्रकाशन मास्कोद्वारा १९६८ मा प्रकाशित लेनिन संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ १७, पृ.४२ ।भर्खरै नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन भव्यतापूर्वतक सम्पन्न भएको छ । समकालीन दुनियाँमा नेपाल र विश्वका क्रान्तिकारी कम्युनिस्ट पार्टीले ११ दिन लामो महाधिवेशन गरेको सूचना मलाई छैन । त्रिभुवन विश्वविद्यालयको स्मृति सदनमा १० दिन (मंसीर १४–२३…
Read More
बैङ्गलोरमा १३२औं माओ दिवस

बैङ्गलोरमा १३२औं माओ दिवस

बैङ्गलोर, भारत : २६ डिसेम्बर २०२४ का दिन बैङ्गलोर दक्षिण नगर समितिको तत्वाधानमा सर्वहारा वर्गका महान नेता तथा सर्वहारा सांस्कृतिक क्रान्तिका नायक माओत्सेतुङ को १३२ औ जन्मोत्सव कार्यक्रम सम्पन भएको छ । गणेश विक को अध्यक्षता र शेरसिंह विक को सञ्चालन ,प्रमुख अतिथि रामसिंह बिक, विशेष अतिथि अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य करन दयाल, डिसि एम बिरेन्द्र बि क, एकता समाज दक्षिण भारत क्षेत्रिय सदस्य जनक विक,केन्द्रीय महिला विभाग कि श्रीमती मिना बिक, एकता समाज बेङ्गलोर दक्षिण नगर समितिका सदस्य, अर्जुन टमटा,विद्यार्थी नगर विभागकी रोशनी दयाल, के एस .थलोका सञ्चालक रजनी कोहली,सदस्य लवदेव बिक, सदस्य श्रीमती मन्जु दयाल,…
Read More
दुई नम्बर प्रदेशमा १३२ औं माओ दिवस र राष्ट्रिय एकता महाधिवेशनको सन्देश सभा

दुई नम्बर प्रदेशमा १३२ औं माओ दिवस र राष्ट्रिय एकता महाधिवेशनको सन्देश सभा

सर्लाही : २०८१ पौष ११ गते डिसेम्बर २६ का दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मधेस प्रदेशको आयोजनामा १३२ औँ माओवादी दिवस र ऐतिहासिक राष्ट्रिय एकता महाधिवेशनको सन्देश सभा सर्लाही जिल्लाको बैलवास बजारमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घोषण पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर थापाले गर्नुभएको थियो भने अध्यक्षता सर्लाही जिल्लाका पार्टी सचिव सन्ध्या प्रधानले गर्नुभएको थियो। शहीदहरूप्रति एक मिनेट मौनधारण पछि सुरु भएको कार्यक्रममा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य बिन्देश्वर पटेलले स्वागत मन्तव्य राख्नुभएको थियो। पार्टीका मधेश प्रदेश ईन्चार्ज दिनेश शर्माले राष्ट्रिय एकता महाधिवेशनले नेपालको क्रान्तिकारी आन्दोलनको लागि सैद्धान्तिक मार्ग स्पष्ट गरेको बताउनु भयो । उहाँले माओका शिक्षा आजको युगमा क्रान्तिकारी आन्दोलनकालागि…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव किरणको स्वास्थ्य अवस्था स्थिर

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव किरणको स्वास्थ्य अवस्था स्थिर

मोहन वैद्य (किरण) काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले एक प्रेस वक्तव्य जारी गर्दै पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्था स्थीर रहेको जानकारी दिनुभएको छ । उहाँले महासविच कमरेड किरणको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ । प्रेस वक्तव्यमा भनिएको छ, “नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका एक धरोहर, दार्शनिक तथा सौन्दर्य चिन्तक, हाम्रो पार्टीका महासचिव कमरेड मोहन वैद्य ‘किरण’ स्वास्थ्य लाभका लागि गत केही दिनदेखि त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था स्थिर छ । पार्टीका महासचिव कमरेड किरणको हामी शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।” शनिबार कार्यवाहक महासचिव गौरव लगायतका पार्टीका शीर्ष…
Read More