
काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी ९ नं ब्युराे कार्यालयको बैठक२०८२ असार ९ गते उपलब्ध ब्युरो सदस्यहरुसहित व्युरो सचिव प्रवाहको अध्यक्षता र व्युरो इन्चार्ज सागरको उपस्थितिमा ललितपुरको कुपण्डोलस्थित पार्टी कार्यालयमा बसेको छ ।
बैठकले प्रारम्भमा जनसंघर्ष, महान जनयुद्धसहित विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात/अज्ञात शहीदहरुप्रति १ मिनेट मौनधारण गरि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संगठन ,समसामयिक लगायत विषयहरुमा महत्वपूर्ण निर्णयहरु गरेको छ ।
बैठकले असार ६–८ गतेसम्म सञ्चालन भएको कार्याशाला भव्य एवं शानदार रुपमा नयाँ सम्पन्न भएको निकर्ष निकालेको छ । जवस मोर्चा संगठनका व्युरो स्तरका भेला ,बैठकहरु साउन पहिलो हप्ता भित्र सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।
जसमा क. विद्यार्थी भेला मिति २०८२ असार १४ गते । ख. मजदुर महासंघ बैठक मिति २०८२ असार १२ गते ।ग. किसान महासंघ बैठक मिति २०८२ असार १२ गते घ. दलित मोर्चा बैठक मिति २०८२ असार १३ गते ङ. नेवा मोर्चा बैठक मिति २०८२ असार १५ गते ।च. तामाङ मोर्चा बैठक मिति २०८२ असार १९ गते छ. जनसांस्कृतिक महासंघ बैठक मिति २०८२ असार १३ गते भित्र गर्नु पर्ने निर्णय गरेको महिला, पत्रकार, कानुन व्यवसायी, इन्जिनियर, आइटी, प्राध्यापक, बुद्धिजीवी, शिक्षक, सुकुम्बासी, युवा, तमु (साउन पहिलो हप्ताभित्र) । भेला, बैठक गर्नु पर्ने निर्णय गरेको छ ।