उद्धार र राहत कार्यमा सक्रिय भूमिका खेल्न नेपाल सरकारसँग जोडदार माग
काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ८ नं. ब्युराेले चीनको तिब्बतबाट २०८२ असार २४ गते मंगलबार आएको बाढीबाट हुन गएको क्षतिमा उद्धार र राहतको कार्यमा सक्रिय भूमिका खेल्न नेपाल सरकारसँग जोडदार माग गरेको छ । ८ नं. ब्युराे सेक्रेटरी सरोजले २०८२ असार २४ गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गर्नु भएको हो । वक्तव्यमा बाढीमा परी वेपत्ताहुनु भएकाहरु प्रति गहिरो समवेदना प्रकट गर्नुका साथै वेपत्ता जनहरुको उद्धारकार्य लाई तीव्र पार्न माग गरिएको छ । वक्तव्यमा पार्टी पङ्क्तिलाई उद्धार र राहतको कार्यमा जुट्नन समेत माग गर्नुका साथै त्रिशुली नदी किनारआसपास बसोबास गर्नेहरुलाई सुरक्षा अपनाउन पनि अनुरोध गरिएको छ । वक्तव्यको…