
काठमाडाैँ: वीरगञ्जको कृषि औजार कारखाना विगत दुइ वर्षदेखि सुचारु भएको छ । उक्त कारखानालाई दुई वर्षदेखि मर्मत गर्दै सञ्चालन गर्दै गर्ने गरिएको छ । २०२४ सालमा रुसको सहयोगमा कृषि औजार कारखाना स्थापना भएको थियो ।
२०४६ साल पछि नेपाली काङग्रेसको सरकार गठन भए पछि नवउदारवादी अर्थनीति लागू गरेर सरकारी स्वामित्वलाई निरुत्साहित र निजीस्वामित्वका उद्योग कारखाालाई प्रोत्साहन गर्दा उक्त कारखाना २०५० सालदेखि बन्द थियो । तर वैज्ञानिक महावीर पुनको अगुवाइमा कृषि औजार कारखानालाई मर्मत र सञ्चालन गर्ने अभियान चलाइपछि उक्त कारखाना सञ्चालनमा आएको हो ।
उक्त कारखानाबाट अहिले साना किसानहरुलाई काम लाग्ने औजारहरु उत्पादन हुने गरेका छन् । विगतमा जनार्दन शर्मा अर्थमन्त्री हुँदा सो कारखानालाई मर्मत र सञ्चालन गर्न सरकारको तर्फबाट पनि सहयोग गरिने आश्वासन दिएका थिए । वैज्ञानिक महावीर पुनले हाँकलाई जानकारी गराएअनुसार उक्त कारखाना सञ्चालन गर्न अहिलेसम्म केही रकम पनि सहयोग भएको छैन ।
महावीर पुनले आफ्नो आत्मकथा लेखिएको पुस्तक बिक्री गरेर कारखाना मर्मत र सञ्चालन गर्ने अभियान चलाएका थिए । उक्त अभियानमा २लाख १० हजार प्रति किताब बिक्री भएको र ११ करोड आम्दानी भएको समेत बैज्ञानिक महावीर पुनले हाँकलाई जानकारी गराए ।