‘समीक्षा र सम्झनामा जगत श्रेष्ठ’ नामक स्मृति ग्रन्थको लोकार्पण
नारायण शर्मा/चितवन : चितवन जिल्ला कम्युनिस्ट पार्टीका एक संस्थापक सदस्य जगतबहादुर श्रेष्ठको सातौं स्मृति दिवस तथा ‘समीक्षा र सम्झनामा जगत श्रेष्ठ’ नामक स्मृति ग्रन्थको लोकार्पण कार्यक्रम हिजो ८ गते बिहिबार नारायणघाटमा सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव हरिभक्त कँडेलको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि कँडेलले जगतबहादुर श्रेष्ठसँगका राजनीतिक सहकार्य र जीवनको अन्तिम समयमा जगतसँग बिताएका पलहरूको स्मरण गर्नुभयो । सो अवसरमा उहाँले कम्युनिस्ट एकता र ध्रुवीकरण आजको आवश्यकता रहेको औंल्याउँदै मलेमाको जगमा मात्रै त्यो सम्भव हुने पनि बताउनु भयो । उक्त कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट ब्युरो सदस्यहरू चन्द्रहरी सुवेदी, अम्बिका मुडभरी,…