जन बिहानी

1596 Posts
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दिया जनसंगठन विस्तार अभियानमा

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दिया जनसंगठन विस्तार अभियानमा

बर्दिया : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दिया जिल्ला संगठन समिति जनसंगठन विस्तार अभियान सन्चालन गर्ने निर्णय गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समितिको मिति २०८३/२/२७ गते गुलरियामा सम्पन्न बैठकमा प्रमुख अतिथि पार्टी पोलिटब्यूरो सदस्य तथा ३नं ब्युरो सेक्रेटरी प्रकाशउर्जा हुनुहुन्थ्यो । अतिथिहरुमा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बिपीन क्षेत्री र पार्टी केन्द्रीय सदस्य तथा बाँके जिल्ला सेक्रेटरी पिटी रहनु भएको थियो । जिल्ला सेक्रेटरी बिनय रानाको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।बैठकले गरेका निर्णय अनुसार निम्न अनुसार रहेको छ ।जनसम्पर्क र जनसंगठन विस्तार अभियान सन्चालन गर्ने । २०८३/२/२८ गते देखि भाद्र मसान्तसम्म यो अभियान…
Read More
फौजदारी मुद्दा सम्बन्धी नेपाल-भारत पारस्परिक कानुनी सहायता सम्झौता खारेजीको माग

फौजदारी मुद्दा सम्बन्धी नेपाल-भारत पारस्परिक कानुनी सहायता सम्झौता खारेजीको माग

काठमाडौँ : भारतबाट प्रस्तावित र गत वैशाखमा नेपाल सरकारबाट स्वीकृत फौजदारी मुद्दा सम्बन्धी नेपाल –भारत पारस्परिक कानुनी सहायता सम्झौतालाई नेपालका वामपन्थी राजनीतिक दलका नेताहरु र विषय विज्ञहरुले खारेजीको माग गरेका छन्। राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले जेष्ठ २९ गते राजधानीमाआयोजना गरेको “सार्वभौमिकताको रक्षा र फौजदारी विषयमा नेपाल – भारत पारस्परिक कानुनी सहायता सम्झौता” विषयक अन्तरक्रिया कार्यक्रममा वामपन्थी पार्टीका नेता तथा विषयविज्ञहरूले सो माग गरेका हुन्। प्रस्तुत विषयमाथि बोल्ने वक्ताहरूले उक्त सम्झौता राष्ट्रिय स्वाधीनताका दृष्टिकोणले नेपालका निम्ति बेठिक हुने भएकाले खारेज नै गर्नुपर्ने धारणा राखेका थिए। सन्तबहादुर नेपाली राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका संयोजक तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले…
Read More
“सार्वभौमिकताको रक्षा र नेपाल भारत पारस्परीक कानुनी साहयता सम्झौता” विषयक अन्तर्क्रिया कार्यक्रम हुँदै

“सार्वभौमिकताको रक्षा र नेपाल भारत पारस्परीक कानुनी साहयता सम्झौता” विषयक अन्तर्क्रिया कार्यक्रम हुँदै

काठमाडाैँ : राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको आयोजनामा २०८३ जेठ २९ गते “सार्वभौमिकताको रक्षा र नेपाल भारत पारस्परीक कानुनी साहयता सम्झौता” विषयक अन्तरक्रिया कार्यक्रम हुँने भएको छ । कार्यक्रम इच्छुक साँस्कृतिक प्रतिष्ठान घट्टेकुलोमा हुने आयोजकले जनाएको छ । कार्यक्रममा राजनीतिक दलका नेतृत्वहरु, कानुनविदको मन्तव्य रहने छ । कार्यक्रममा उपस्थितिकोलागि मोर्चाले सबैमा अनुरोध गरेको छ ।
Read More
भाैतिकवादी उपनिषहरूकाे परिचर्चा गरिने

भाैतिकवादी उपनिषहरूकाे परिचर्चा गरिने

काठमाडौं : यही जेठ ३० गते शनिबार दिउँसो १२:३० बजे इच्छुक सांस्कृतिक प्रतिष्ठानमा गाेपीरमण उपाध्याय लिखित “भाैतिकवादी उपनिषद्हरु” पुस्तककाे परिचर्चा कार्यक्रम हुने भएको छ ।मार्क्सवादी दर्शनका अध्ययता गाेपीरमणले यस अघि पनि पूर्वीय दर्शनमा भएका भाैतिकवादी चिन्तन पद्धतिका बारेमा थुप्रै पुस्तक प्रकाशित गर्नुभएको छ । यस पटक उपनिषद्हरुका पङ्क्तिमा भाैतिकवादी उपनिषद्हरु नामक पुस्तक तयार पार्नुभएकाे छ । भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको साे पुस्तकलाई इच्छुक सांस्कृतिक प्रतिष्ठानले परिचर्चा गर्न लागेको हाे । परिचर्चा कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समितिका सदस्य तथा प्रवक्ता हेमन्तप्रकाश ओली 'सुदर्शन', प्रा.डा. जगदीशचन्द्र भण्डारी र प्रा. विनाेद मञ्जनले चर्चा गर्ने भएकाे छ ।उपत्यकामा रहनुभएका दर्शनमा रुचि राख्ने…
Read More
‘भारतीय सेना कालापानी छोड’ भन्दै अखिल (क्रान्तिकारी) भक्तपुरको मशाल जुलुस र कोणसभा

‘भारतीय सेना कालापानी छोड’ भन्दै अखिल (क्रान्तिकारी) भक्तपुरको मशाल जुलुस र कोणसभा

काठमाडौं : अखिल (क्रान्तिकारी)ले भारतीय सेना कालापानी छोड भन्दै भक्तपुरको सानोठिमी क्याम्पस अगाडि मशाल जुलुस प्रदर्शन गरेका छन् । प्रहरी हस्तक्षेपका बाबजुद मशाल जुलुस प्रदर्शन र कोणसभा भव्य रुपमा सम्पन्न भएको संगठनका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो । मशाल जुलुस प्रदर्शनमा संगठनका अध्यक्ष श्रेष्ठ, महासचिव नवीन खड्का, सचिव दिनेश जोशी, भक्तपुर अध्यक्ष सागर कार्की लगायत नेताहरुको समेत उपस्थिति रहेको थियो । अखिल (क्रान्तिकारी) भक्तपुरको आयोजनामा गरिएको मशाल जुलुस र कोणसभालाई सम्बोधन संगठनका सचिव दिनेश जोशीले गर्नुभएको थियो । https://www.facebook.com/reel/2066391997638525 मशाल जुलुसको क्रममा भारतीय विस्तारवाद मूर्दावाद, राष्ट्रघाती बालेन्द्र साह राजिनामा दे, अमेरिकी साम्राज्यवाद मूर्दावाद, राष्ट्रिय स्वाधीनता जिन्दावाद, राष्ट्रघाती बालेन्द्र सरकार खारेज…
Read More
क्रान्तिकारी प्रेस सङ्गठनको तेस्रो राष्ट्रिय भेला असार ६ गते काठमाडाैँमा हुने

क्रान्तिकारी प्रेस सङ्गठनको तेस्रो राष्ट्रिय भेला असार ६ गते काठमाडाैँमा हुने

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट पत्रकार संगठन क्रान्तिकारी प्रेस सङ्गठनको तेस्रो राष्ट्रिय भेला २०८३ असार ६ गते काठमान्डौमा गर्ने निर्णय गर्दै बैठक सम्पन्न गरिएको छ ।२०८१ असार १ गते काठमाडौंमा सम्पन्न दोस्रो राष्ट्रिय भेलाव्दारा निर्वाचित काठमान्डौमा उपलब्ध केन्द्रीय समितिका सदस्यहरुको बैठकले सो निर्णय गरेको हो ।क्रान्तिकारी प्रेस सङ्गठनका संयोजक नारायण पंगेनीको अध्यक्षतामा सूचना सञ्चार तथा प्रकाशन विभागका प्रमूख हेमन्तप्रकाश ओलीको प्रमुख आतिथ्यतामा र विभागका सचिव हुकुमबहादुर सिंहको सञ्चालनमा भएको बैठकव्दारा भेलालाई प्रभावकारी रुपले सम्पन्न गर्न निम्न निर्णयहरु गरेको छ :१ तेस्रो राष्ट्रिय भेला यही असार ६ गते शनीवार काठमान्डौमा भव्य रुपले सम्पन्न गर्ने ।२े पत्रकार महासंघले घोषणा गरेको…
Read More
‘बालेन्द्र सरकारले देशलाई सिक्किमीकरणको दिशामा लगेको छ, जोगाउन संघर्षमा जुटौं’

‘बालेन्द्र सरकारले देशलाई सिक्किमीकरणको दिशामा लगेको छ, जोगाउन संघर्षमा जुटौं’

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको हालै बसेको स्थायी समितिको बैठकले बालेन्द्र साह नेतृत्वको सरकारले गरेका कामको प्रारम्भिक समीक्षा गरेको छ । समीक्षाबाट बालेन्द्र सरकारले फासिवादको साहरा लिएर नेपाललाई सिक्किमीकरणको दिशामा लगेको निष्कर्ष निकालेको छ र देशलाई जोगाउन सशक्त संघर्षमा उत्रन सम्पूर्ण देशभक्त, प्रगतिशील, क्रान्तिकारी जनवादी, वामपन्थी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, समूह तथा व्यक्तित्वहरूका बीच राष्ट्रिय राजनीतिक सम्मेलन मार्फत् एउटा बलियो संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको गठनका निम्ति सशक्त संघर्षमा जुट्न हार्दिक आह्वान गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव गौरवले विशेष महत्वका साथ जारी गर्नुभएको प्रेस वक्तव्यमा भनिएको छ, यो सरकारबाट देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता तथा…
Read More
प्रम बालेनको राष्टघाती अभिव्यक्तिकाविरुद्ध अखिल (क्रान्तिकारी)को मशाल जुलुस र कोणसभा

प्रम बालेनको राष्टघाती अभिव्यक्तिकाविरुद्ध अखिल (क्रान्तिकारी)को मशाल जुलुस र कोणसभा

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले त्रिभूवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा मशाल जुलुस र कोणसभा सम्पन्न गरेको छ । नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा दिएको राष्ट्रघाती अभिव्यक्ति विरुद्ध र रवि लामिछानेले भारतमा गएर भारतीय मिडियाहरुमा दिएको राष्ट्रघाती अभिव्यक्ति विरुद्ध चेतावनी स्वरुप मशाल जुलुस र कोणसभा गरिएको हो । कोणसभालाई सम्बोधन गर्दै संगठनका महासचिव नविन खड्काले सम्पूर्ण आम बुद्धिजीवी, विद्यार्थी र आम नागरिकहरूलाई राष्ट्रघातको विरुद्ध उभिन आह्वान गर्नुभयो ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी ९ नं. ब्युरोद्वारा श्रद्धाञ्जली तथा समवेदना व्यक्त

क्रान्तिकारी कम्युनिस्ट पार्टी ९ नं. ब्युरोद्वारा श्रद्धाञ्जली तथा समवेदना व्यक्त

नुवाकोट : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं ब्युरोले पार्टीका केन्द्रीय सदस्य सुरेश अधिकारीका बुबा हरिबहादुर अधिकारीको निधनमा श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेको छ । नुवाकोटको बेलकोटगढी नपा ८ पार्बती चौरस्थित माइला छोरा रामकुमार अधिकारीको निवासमा पुगेर ब्यूरोका इन्चार्ज दिनेश शर्मा सागर, सेक्रेटरी चिन्तामणि पौडेल लगायतका नेताहरुले श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्नु भएको हो । साथै, परिवारमा पार्टीको तर्फबाट श्रद्धाञ्जली तथा समवेदना पत्र वाचन गरेर ब्युरो सचिव चिन्तामणी पौडेलले हस्तान्तरण गर्नुभएको थियो । मंसिर १२, २००१ मा जन्मनुभएका हरिबहादुर अधिकारीको जेठ १५, २०८३ मा निधन भएको थियो ।
Read More
प्रधानमन्त्री बालेन शाहको राष्ट्रघाती अभिव्यक्तिको घोर निन्दा र भर्त्सना : राष्ट्रिय क्रान्तिकारी मोर्चा

प्रधानमन्त्री बालेन शाहको राष्ट्रघाती अभिव्यक्तिको घोर निन्दा र भर्त्सना : राष्ट्रिय क्रान्तिकारी मोर्चा

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य समेत रहेका सन्तबहादुर नेपालीको नेतृत्वमा रहेको राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले प्रधानमन्त्री बालेन शाहको राष्ट्रघाती अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गरेको छ ।वक्तव्यमा भनिएको छ, प्रधानमन्त्री बालेन्द्र शाहले २०८३ जेठ १७ गते संसदमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा “नेपालले पनि धेरै ठाउँमा भारतको जमिन मिचेको छू भन्ने अभिव्यक्ति प्रति राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको ध्यान आकर्षण भएको छ ।नेपालले सीमा क्षेत्रमा भारतको जमिन मिचेको छ भनेर अहिलेसम्मका सर्वेक्षण, अध्ययन तथा वस्तुगत आधारबाट कही कतै पुष्टि भएको छैन । बरु सीमा क्षेत्रमा दश गजाहरु हटाउने र सार्ने काम भारतीय एसएसवीले कैयौं पटक गरेको…
Read More