जन बिहानी

1716 Posts
नेपालको नव-औपनिवेशिक बन्धनबाट मुक्तिको बाटो

नेपालको नव-औपनिवेशिक बन्धनबाट मुक्तिको बाटो

[राष्ट्रिय जनतान्त्रिक मोर्चा फिलिपिन्स (एनडीएफ) द्वारा २२-२३ मे २०२६ मा काठमाण्डौंमा आयोजित २१औं शताब्दीमा नव-औपनिवेशहरुमा फासीवाद र साम्राज्यवाद सम्बन्धि छैठौं सैद्धान्तिक सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको संक्षिप्त प्रस्तुति।] आररणीय अध्यक्ष, प्रिय कमरेडहरु तथा मित्रहरू! हामी आज यहां उपस्थित हुनुभएका तपाईंहरु सबैमा हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छौं। हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट आफ्नो दृष्टिकोण प्रस्तुत गर्न पाउंदा हामी हर्षित छौं। साम्राज्यवादको नव–उपनिवेशवादमा परिवर्तन दोस्रो विश्वयुद्ध (सन् १९३९-१९४५) पश्चात साम्राज्यवाद प्रत्यक्ष उपनिवेशवादी शासनबाट अप्रत्यक्ष नियन्त्रण तर्फ अग्रसर भयो जसलाई प्रायः नव-उपनिवेशवादका रुपमा चित्रण गरिन्छ। दुईवटा विश्वयुद्धहरूको बीचमा बेलायतले साम्राज्यवादी व्यवस्थाको नेतृत्व गरेको थियो तर दोस्रो विश्वयुद्धपछि संयुक्त राज्य अमेरिका प्रमुख…
Read More
मालेमावाद बाट बिचलित र पश्चिमाको पृय पात्र बन्दाको परिणाम

मालेमावाद बाट बिचलित र पश्चिमाको पृय पात्र बन्दाको परिणाम

लेखक– नारायणप्रसाद भण्डारी विश्व कम्युनिस्ट आन्दोलनको इतिहासलाई गहिरोसंग अध्यन गर्दा विगतका ठूला ठूला भिषण शसस्त्र युद्ध एबं आन्दोलन दबाउँन सामन्तवादका अपराधि र पश्चिमा साम्राज्यवादका दलाल विचौलियाहरुले गरेको नरसंहार लाखौं लाख जनताको बस्ती खालि गरेर देश निकाला गर्दाका र्ददनाक घटनाहरुको स्मरण एबं अध्यन गर्न खोजियो भने सर्बप्रथम विश्व कम्युनिस्ट आन्दोलनका पथप्रदसक विश्वख्याति प्राप्त वैज्ञानिक सर्वहारावर्गका अभिभाबक राजनैतिक, सामाजिक, आर्थिक, सास्कृतिक, दर्शनशास्त्र, अर्थशास्त्र, द्धन्दात्मक भौतिकवादका महान दार्शनिक संसारका मजदुर एक हौ.भन्ने महान शब्दावलिलाई सत्यतत्थ्य अकाटय हुने गरि प्रमाणित गरेर देखाउँन सक्ने विश्व इतिहासमा सुनौला अक्षरले कहिल्यै नमेटिने गरि लेख्न सफल ब्यक्तित्व क कार्लमाक्र्सको नाम सम्झन सके मात्र पनि अर्कै अनुभूति हुन्छ ।अहिले…
Read More
इच्छुक स्मृति दिवसमा कथाकार इस्मालीसहित तीनजना स्रष्टा पुरस्कृत तथा सम्मानित

इच्छुक स्मृति दिवसमा कथाकार इस्मालीसहित तीनजना स्रष्टा पुरस्कृत तथा सम्मानित

काठमाडौं : २५ औं इच्छुक स्मृति दिवस तथा सांस्कृति बलिदान दिवसमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले कलाकार इस्मालीसहित तीनजना स्रष्टालाई पुरस्कृत तथा सम्मानित गरेको छ । एक लाख राशीको पुरस्कारसहित इच्छुक स्मृति पुरस्कारबाट प्रगतिवादी फाटका स्थापित साहित्यकर तथा कथाकार इस्माली पुरस्कृत तथा सम्मानित हुनुभएको छ भने २५ हजारको इच्छुक प्रतिभा पुरस्कार (साहित्यतर्फ) कवि नारायण शर्मा विपिन र सोही राशीको इच्छुक प्रतिभा पुरस्कार (कलातर्फ) जनगायक अमिट योञ्जन पुरस्कृत तथा सम्मानित हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि चैतन्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले दोसल्ला ओढाएर प्रमाण पत्र र पुरस्कार राशीसहित सम्मानित गर्नुभएको थियो । पुरस्कृत तथा सम्मानित स्रष्टा कथाकार इस्मालीले कार्यक्रमलाई…
Read More
देश र समाज परिवर्तनका निम्ति बलिदान गरेका इच्छुकको शालिक किन ढालियो ? : तक्मा केसी

देश र समाज परिवर्तनका निम्ति बलिदान गरेका इच्छुकको शालिक किन ढालियो ? : तक्मा केसी

काठमाडौं : २५ औं इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस २०८३, पुरस्कार तथा सम्मान समारोहलाई सम्बोधन गर्दै जनयुद्धका महान सहिद कृष्णसेन इच्छुककी जीवन संगिनी तक्मा केसीले जेनजी आन्दोलनताका इच्छुकको शालिक ढालिएको विषयलाई प्रमुखताका साथ उठाउँदै प्रश्न गर्नुभयो– देश र समाज परिवर्तनका निम्ति बलिदान गर्ने इच्छुकको शालिक किन ढालियो ?उहाँले भन्नुभयो, “आज हामी इच्छुकको २५ औं स्मृति दिवस मनाइरहेका छौं । यस २५ वर्षमा धेरै उथलपुथलहरु भइसके । पछिल्लो समय त अझ फरक ढंगले निकै असहजिलो परिस्थिति विकसित भएको छ । गएको भदौमा एक्कासी एउटा ठूलो परिघटना भयो । त्यस क्रममा इच्छुक लगायत अन्य प्रबुद्ध व्यक्तित्वहरु, जसले विगतका ठूल्ठूला राजनीतिक परिवर्तनमा…
Read More
क्रान्तिको बत्ति कुनै पनि हालतमा निभ्न दिँदैनौं : महासचिव  सीपी गजुरेल

क्रान्तिको बत्ति कुनै पनि हालतमा निभ्न दिँदैनौं : महासचिव सीपी गजुरेल

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले क्रान्तिको बत्ति कुनै पनि हालतमा निभ्न नदिने बताउनु भएको छ । अहिले बत्तिमा तेल कम भएको भए पनि क्रान्तिको बत्ति कुनै पनि हातलमा निभ्न नदिने बताउनु भएको हो । महासचिव गौरवले बुधबार जनयुद्धका महान सहिद कृष्णसेन इच्छुकको २५ औं स्मृति दिवस तथा सांस्कृतिक बलिदान दिवसलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो ।उहाँले क्रान्तिको कार्यभार पूरा गरेर मात्रै इच्छुक लगायत जनयुद्धका हजारौं सहिदहरुको सपना साकार हुने र त्यो नै सहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुने पनि बताउनु भयो ।उहाँले जेनजी परिघटना कुनै विद्रोह नभएर साम्राज्यवादी र विस्तारवादी शक्तिहरुको यहाँका सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु…
Read More
क्रान्तिका लागि सच्चा क्रान्तिकारीहरु दृढतापूर्वक अगाडि बढ्नुपर्छ : मोहन वैद्य किरण

क्रान्तिका लागि सच्चा क्रान्तिकारीहरु दृढतापूर्वक अगाडि बढ्नुपर्छ : मोहन वैद्य किरण

काठमाडौं : स्वास्थ्यको प्रतिकूलताकाबिच नेपाली क्रान्तिकारी कम्युनिसट आन्दोलनका धरोहर मोहन वैद्य किरणले लामो समयपछि बुधबार एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुभयो । जनयुद्धका महान सहिद कृष्णसेन इच्छुकको २५ औं स्मृति दिवस तथा सांस्कृतिक बलिदान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई उहाँले प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्नुभयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पूर्व महासचिव तथा इच्छुक सांस्कृतिक प्रतिष्ठानका संरक्षक किरणले महान सहिदहरुका सपना साकार पार्न सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु एकजुट भएर दृढतापूर्वक अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले जेनजी आन्दोलन, फागुन २१ को निर्वाचन हुँदै बालेन सरकारसम्म आइपुग्दा सबै चर्तिकला देखिसकिएको भन्दै कुनै पनि चिज स्थायी नहुने र माक्र्सवादले हरेक चिज बदलिन्छ भन्नेमा विश्वास…
Read More
सुकुम्बासीका माग पुरा गराउन सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक

सुकुम्बासीका माग पुरा गराउन सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक

काठमाडौं : बस्न दे सरकार ! बाँच्न दे सरकार !! नाराका साथ ‘नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति’ले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा समितिले १५ बुँदे माग राख्दै पूरा नभएर सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेको हो । समितिका संयोजक खगेन्द्र पौडेलले लाखौं भूमिहीन–सुकुम्बासी समुदायमाथि वैकल्पिक पुनस्र्थापना, उचित व्यवस्थापन बिना डोजर लगाइएकोले संघर्षमा उत्रिन बाध्य भएको जानकारी दिए । जेठ ३ र ४ गते बुटवलमा भएको विशाल जन प्रदर्शन सहित राष्ट्रिय भेलामार्फत सघर्षका कार्यक्रम तय गरेको र आफूहरुले उठाएका १५ बुँदे माग पूरा नभए सोही अनुरुप संघर्ष चर्काउने…
Read More
सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

काठमाडाैँ : सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो । यस पुनर्जागरण अभियान ज्येष्ठ ११ गते देखी ३१ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने संस्थाले जनाएको छ । सामान्य अवस्थामा बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ । संस्थाले सार्बजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्ब शुल्कमा छुटको सेवा सुबिधा लिई व्यतित…
Read More
अण्डाको नयाँ मूल्य : बढ्यो अण्डाको मूल्य, अब एक क्रेटकै ५४५ रुपैयाँ

अण्डाको नयाँ मूल्य : बढ्यो अण्डाको मूल्य, अब एक क्रेटकै ५४५ रुपैयाँ

चितवन : नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ । संघको मिति २०८३ जेठ ११ गते बनेपा र काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकको निर्णय अनुसार नयाँ मूल्य निर्धारण गरिएको हो । संघले चितवनलाई आधार मानेर तोकेको नयाँ मूल्य जेठ १२ गतेदेखि नै लागू हुनेछ । संघका सचिव मदन पोखरेलका अनुसार विभिन्न साइजका अण्डाको प्रतिक्रेट मूल्य निम्न अनुसार कायम गरिएको छः एक्सएल अण्डाः ५४५ रुपैयाँठूलो अण्डा ५३० रुपैयाँमध्यम अण्डा ५०० रुपैयाँसानो अण्डा ४०० रुपैयाँ यस्तै, उपभोक्ताका लागि प्रतिगोटा अण्डाको खुद्रा मूल्य २५ रुपैयाँ तोकिएको छ । संघले सम्पूर्ण व्यवसायी तथा सरोकारवालाहरूलाई तोकिएकै मूल्यमा कारोबार गर्न अनुरोध गरेको…
Read More
आजको मौसम कतै मेघगर्जनसहित वर्षा, कतै चल्नेछ तातो हावा

आजको मौसम कतै मेघगर्जनसहित वर्षा, कतै चल्नेछ तातो हावा

काठमाडौँ : हाल नेपालको मौसममा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ। यसकै असरका कारण देशका विभिन्न हिस्सामा मौसमको कडा रूप देखिने सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा अहिले साधारणतया बादल लागेको छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्र पनि बादलले ढाकिएका छन्।मधेस प्रदेश लगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा भने आंशिक बादल लागेको छ भने बाँकी तराई भू-भागको मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा…
Read More