इलाम
कविता लेखक : इन्दिरा अधिकारी लाग्छ मलाई तिमीअन्तु डाँडामा लालिपोतेरनिस्कदै गरेको त्योसुर्यको किरण झैं प्राकृतिक सौन्दर्यले पूर्णमाइ पोखरिमामुस्कुराइरहेको कमलको फूल झै अझ भनौकाव्य साहित्य संस्कृति र कलाका बगैंचामाढ्कमक्क फूलिरहेका क्रान्तिकारी फूलहरु झैं लाग्छ मलाई तिमीपूर्वको त्यो क्षितिजमा उज्यालो छर्नेरत्न वान्तवाहरु झैं त्यसैले तलाग्छ मलाईकहिलेकाहीत्यहीँ उज्यालोमा लपेटिएरयो मन पखालु झैंसँगसँगैविश्व ब्राह्मण डुलु झैं त्यसैले तमैले ओठहरु खोल्दै गर्दातिमिलाई कहिँकतै नदुखोसमेरा दृष्टिले तिमिलाई कहिँ कतै नधोचोस प्रिय इलामथाहा छैन मलाईतिमिलाई के लाग्छ ? लाग्छ मलाई कहिलेकाही तहावाको वेग झैँ उडेर जौंत्यो हरितमय पहाडी पाखामान्यानो तापौं तिम्रो त्यो सुन्दरशान्त र शितल काखमालुकामारी खेलौ अनिक्रान्तिको भाषामा नै ओठहरु खोलौवर्गीय संघर्षको एउटा जुनकीरी बनौं ।