हिजो जेल तोड्यौँ, अब खेल तोड्नुपर्छ : विप्लव
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनयुद्धको क्रममा जेल तोड्ने योद्दाहरुले अब देश र नागरिक विरुद्ध भैरहेका षड्यन्त्र र खेल गरिरहेका गमन सर्पविरुद्ध फेरि लड्ने बेला आएको उद्घघोष गरेका छन् । जनयुद्धको वीरगाथा सन्दर्भमा २४ औं जेलब्रेक स्मृति दिवस आयोजक समितिद्वारा काठमाडौमा आज आयोजित एक कार्यक्रममा महासचिव विप्लवले यस्तो बताएका हुन् । मन्तव्यको क्रममा समाजवादी मोर्चाका संयोजक समेत रहेका विप्लवले हिजो जेल तोडियो आज खेल तोडनु पर्नेछ । हाम्रो बुद्दि पलाउने छ भन्दै सबै माओवादी र कम्युनिस्टहरु अब एक ठाँउमा आउने बेला आएको समेत बताए । “अहिलेको भू-राजनीतिक परिस्थितिले पनि हामीलाई नयाँ ढङ्गले सोच्न प्रेरित गरिरहेको छ,माओवादी एकदिन एकभै…