सहिद, वेपत्ता र जेलब्रेकको सपनालाई पूरा गर्छाैँ : सुदर्शन

शाेभराज बराल/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन) ले प्रचण्ड र विप्लव आफ्नो कमाण्डर भएको बताएका छन् । जनयुद्धको वीरगाथा सन्दर्भमा २४ औं जेलब्रेक स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सुदर्शनले जनयुद्धको क्रममा प्रचण्ड र विप्लव आफ्नो कमाण्डर भएको बताएका हुन् ।

जनयुद्धको समयमा कम्युनिस्टहरु ढुंगामा पनि उमृनु पर्छ भन्ने भावनाका साथ संघर्षमा होमिएको बताए । उनले जनयुद्धका क्रममा आफू बाजुराबाट भाग्न सफल भएको बताउँदै एकीकृत क्रान्तिको क्रममा पनि आफू नख्खु जेलमा ३ बर्ष बसेको स्मरण गरे ।

‘हामी फेरि पनि कुइरोको काग जस्तो अल्मलिन थालेका छौं । हामी स्पस्ट रूपमा अगाडि जान सकेनौं भने इतिहासले कठोर मुल्यांकन गर्नेछ ।’, उनले भने, ‘प्रचण्ड र विप्लव मेरा दुबै कमान्डर हुनुहुन्छ, तपाईहरु इतिहास सम्झेर अगाडि बढौं । वैज्ञानिक समाजवादको दिशामा जानेबारे सोचौं ।’

सहिद, वेपत्ता र जेलब्रेकको सपनालाई पूरा गर्न आट गर्नुपर्ने बताए । उनले आफूलाई सम्मान गर्दा एकातिर सम्मानित भएर न्यानो महसुुस भएको र अर्कोतिर अर्कोतिर संसदवाद सल्किन्छ कि भनेर चिसो पनि लागि बताए ।

भिडियाेसहित

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?