काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले अर्को उथलपुथल गर्न सक्ने बताएका छन् ।
बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा बोल्दै उनले नयाँ सत्ता समीकरणबाट काम गर्न नसके फेरी पनि उथलपुथल गर्न बेर नलाग्ने उल्लेख गरेका हुन् ।

उनले कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भन्दै आफूले यस अघि पनि सार्वजनिक रूपमै त्यस अवस्था कायमै रहे पद ओगटीराख्नुको औचित्य पुष्टि नहुने बताउदै आएको स्पष्ट गरे ।
प्रधानमन्त्री दाहालले अझै पनि काम गर्न सकिने सम्भावना देखेर नै आफू पदमा बसिरहेको बताए ।
प्रधानमन्त्री दाहालले मन्त्रालयहरूले बजेट होल्ड गरेर राख्ने र आर्थिक वर्षको अन्त्यतिर सःशर्त अनुदानको रुपमा पठाउने काम आगामी आर्थिक वर्षदेखि हुनै नदिने प्रतिबद्धता समेत व्यक्त गरे।