जन बिहानी

1713 Posts
नयाँ बर्ष

नयाँ बर्ष

नयाँ सोच नयाँ दृष्टिकोणप्रेरणा सफलताको श्रोतआशाको प्रकाशले जगाएरनयाँ सम्भावनाहरुको दीप लेखक : इन्दिरा अधिकारी स्नेह , स्मरण र सम्माननबिर्सौ माटोको गरिमास्वतन्त्रताको आधारजीवनको गहिरो रहस्य लागौ नयाँ खोज नयाँ मार्गसमानताको परिचयस्वाभिमानको आवाजसार्वभौम संघर्षमाएक जुट हौं सत्य ,निष्ठा, इमानदारिता रन्यायको जग बसालौंस्वाधीनता,स्वतन्त्रता र स्वाभिमानकोरक्षा गरौंनयाँ समाज निर्माणमा अघि बढौं। देश भित्र र बाहिर रहनुभएका सम्पूर्णआदरणीय एवं प्रियजनहरुमानयाँ बर्ष २०८१ सालको हार्दिक शुभकामना !
Read More
नयाँ बर्ष 2081 को शुभकामना

नयाँ बर्ष 2081 को शुभकामना

नेपाली दिदि बहिनी तथा दाजुभाईहरु बिक्रम संवत् 2080 लाई अतीत र इतिहासको पानामा पल्टाउदै हामी नयाँ बर्ष 2081को वर्तमानमा आई पुगेका छौं नयाँ बर्षको प्रारम्भमा हामी हाम्रा देशबासी र वाध्ताबश विदेशी भूमिमा रहनुभएका नेपाली दाजभाइ दिदी बहिनी हरूलाई संझेर सुख शान्ति तथा समुन्नतिको कामना गर्दछु। वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नु भित्ताको पात्रो फेरिएपछि जनजिवनमा स्तर बृद्धि पनि हुनु पर्दछ । तर चर्को नारा गहकिला आशा आश्वासन तथा अर्थहीन परिवर्तन वा रपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पानं सकेको छैन । चिन्ताको विषय हाम्रो यो हो प्यारो मातृभूमि नेपाल त्रिपक्षीय महाशक्तिहरुवीचको शिखर आभूषण को रुपमा रहेतापनि आफ्नै भू बनोट…
Read More
नयाँ जनवादी क्रान्तिका विरोधी र मित्र शक्तिहरू

नयाँ जनवादी क्रान्तिका विरोधी र मित्र शक्तिहरू

दस्तावेज लेख हाम्रो समाजमा आज विभिन्न अन्तर्विरोधहरू छन् । जस्तै सामन्त र किसानबिचको अन्तरविरोध, पुँजीपतिवर्ग र सामन्ती वर्गबिचको अन्तरविरोध, पुँजीपतिवर्ग र मजदुर–किसान वर्गबिचको अन्तर्विरोध, धनी किसान र मध्यमवर्गीय किसानबिचको अन्तरविरोध आदि । तर यी सम्पूर्ण अन्तरविरोधहरू समान किसिमका छैनन् । खास ऐतिहासिक स्थितिमा विभिन्नखालका अन्तर्विरोधहरूमध्ये कुनै एकले मूल अन्तरर्विरोधको रूप लिएको हुन्छ र यसले गर्दा समाजमा देखिने अन्य अन्तरर्विरोधहरू सामान्य अर्थात् गौण भएर गएका हुन्छन् । नेपालमा आज देखा परेको वर्गस्थिति र यिनीहरूको पारस्परिक सम्बन्धलाई हेर्दा २००७ सालअघि रहेको मूल अन्तरविरोध नै आजको नेपालमा पनि देखिन्छ । २००७ सालको क्रान्तिले सामन्तवाद, विदेशी एकाधिकार पुँजीवाद तथा साम्राज्यवाद र आम जनसमुदायको अन्तरद्वन्द्वमा…
Read More
आजकाे माैसम : मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

आजकाे माैसम : मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको भैरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू-भागको एक दुई…
Read More
रामेछापकाे हिमगंगाका कलेजो पीडित खिल बहादुर खत्रीद्वारा सहयोगको अपिल

रामेछापकाे हिमगंगाका कलेजो पीडित खिल बहादुर खत्रीद्वारा सहयोगको अपिल

रामेछाप : रामेछापको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका खिल बहादुर खत्रीले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । कलेजो रोगबाट पीडित खत्रीलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो । पारिवारिक स्रोतका अनुसार खत्रीको टिचिङ अस्पतालको सुरेश वाग्ले भवनको दोश्रो तल्लाको २३ नम्बर वेडमा उपचार भइरहेको छ । आर्थिक अवस्था निकै कमजोर रहेको ५१ वर्षिय खत्रीको उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिन उहाँको परिवारले सहयोगी मनहरुलाई अपिल गरेका हुन । बिरामीका भाई कपिल खत्रीले दाईको उपचारमा निक्कै समस्या भएको भन्दै सहयोगका लागि सबैसँग आग्रह गर्नुभयो । सहयोग गर्न चाहने सहयोगी मनहरुले तुलाराम खत्रीको राष्ट्रिय वाणिज्य बैँक…
Read More
राष्ट्रिय उद्योग तथा व्यापार महासंघ ७ नं. प्रदेशको संयोजकमा रामचन्द्र पाठक

राष्ट्रिय उद्योग तथा व्यापार महासंघ ७ नं. प्रदेशको संयोजकमा रामचन्द्र पाठक

धनगढी : माेहन वैद्य 'किरण' नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्वद्ध राष्ट्रिय उद्योग तथा व्यापार महासंघ ७ नम्बर प्रदेश समितिको प्रथम प्रदेश भेला बुधबार सम्पन्न भएको छ । राष्ट्रिय उद्योग तथा व्यापार महासंघका केन्द्रीय कार्यालय सदस्य कैलाश जैशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश सह—सयोजक डाइमण्ड्को बिषेश आतिथ्यता थियोे । उक्त भेलाले रामचन्द्र पाठकको संयोजकत्वमा ७ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको छ ।
Read More
तुलसीपुर उपमहानगरपालिकाले सुरु गर्याे तुलसी कम्पोस्ट मल उत्पादन

तुलसीपुर उपमहानगरपालिकाले सुरु गर्याे तुलसी कम्पोस्ट मल उत्पादन

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाले गल्ने फोहोरबाट तुलसी कम्पोस्ट मल उत्पादन सुरु गरेको छ । पालिकाले दैनिक सङ्कलन हुने गल्ने फोहोरलाई तुलसी कम्पोस्ट मलका रूपमा तयार पारेर बिक्री गर्नलाई बोरामा प्याकिङसमेत गरेको छ । उत्पादन भइरहेको मललाई किसानसम्म पुर्‍याउनका लागि तयारी गरेको छ । भूमि व्यवस्थापन तथा सरसफाइ शाखाका प्रमुख माधव पौडेलले तत्कालका लागि दैनिक ७० केजी तुलसी कम्पोस्ट मल उत्पादन भइरहेको जानकारी दिनुभयो । उहाँले जनशक्ति र आवश्यक सामग्री थपसँगै दैनिक सङ्कलन भइरहेको छ टन गल्ने फोहोरलाई तुलसी कम्पोस्ट मलका रूपमा उत्पादन गरिने बताउनुभयो । उहाँले उत्पादन गरिएको मललाई किसानको खेतबारीमा पुर्‍याउनका लागि बजारीकरणमा समेत ध्यान दिइने बताउनुभयो । मल…
Read More
संसदीय राजनीतिमा किन फर्किए विप्लव ?

संसदीय राजनीतिमा किन फर्किए विप्लव ?

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले वैशाख १५ गते इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने निर्णय गर्‍यो । चैत २४ गते उम्मेदवार मनोनयन दर्ताको दिन एमाले, माओवादी, नेकपाको जिल्ला समितिले नेम्वाङलाई समर्थन गर्ने भन्दै संयुक्त वक्तव्य जारी गरेको थियो । हाल विप्लव नेतृत्वको नेकपा संसदीय राजनीति बाहिर छ । २०६९ साल असारमा तत्कालीन एकीकृत नेकपा (माओवादी)बाट मोहन वैद्यसँगै विप्लव अलग भएका थिए । त्यसयता संसदीय निर्वाचन बहिष्कार गर्दै आएको नेकपाले संसद्वादी दल एमालेका उम्मेदवारलाई समर्थन गरेपछि विप्लव र नेकपाको आगामी यात्राबारे विश्लेषण हुन थालेको छ । अहिले विप्लव माओवादीसहित चार दलीय समाजवादी मोर्चाका संयोजक…
Read More
रविको सहकारी ठगी प्रकरणमा संसदमा नौटंकी

रविको सहकारी ठगी प्रकरणमा संसदमा नौटंकी

काठमााडौं : रवि लामिछाने पहिलोपटक गृहमन्त्री हुँदा दोहोरो नागरिकता र दोहोरो पासपोर्ट काण्डमा चोख्याइए । दोस्रो पटक गृहमन्त्री हुँदा अहिले सर्वसाधारण जनताले सहरकारीमा जम्मा गरेको करोडौ रकम हिनामिना गरेको प्रकरणमा रवि लामिछानेलाई चोख्याउन एमाले–माओवादीका नेताहरु मात्रै होइन, सिंगै राज्यसंयन्त्रको दुरुपयोग गरिएको छ । यहाँसम्म कि संसदको प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्करणमा संसदीय छानबिन समिति बनाउन माग गर्दा पनि सत्तारुढ एमाले माओवादी पार्टीका नेताहरु तयार देखिएका छैनन्, रवि लामिछाने नेतृत्वको रास्वपाको त परको कुरा । यति धेरै विवादित हुँदा पनि रवि लामिछानेले नैतिकताको आधारमा राजिनामा दिन आवश्यक ठानेका छैनन् । उनले राजिनामा दिए सत्ता ढल्ने सबैभन्दा ठूलो पीर एमाले–माओवादी…
Read More
कहिल्यै नभएको भेट

कहिल्यै नभएको भेट

शनिबारीय साहित्य : कविता लेखक: शीला योगी कहिल्यै नभएको भेट हुने वाला छभन्दै नभनेर ऊ आउने वाला छअतिथिको आसन ग्रहण गर्न होइनबेथितिलाई आगो जलाउने वाला छ । रुखो धर्तीमा धानैधानको कुइनो लगाउने भन्थ्योखाली आँगनमा विस्कुनको ओइरो लगाउने भन्थ्योरित्तो आँखाले अब जवाफ माग्नेवाला छकहिल्यै नभएको भेट हुनेवाला छभन्दै नभनेर ऊ आउने वाला छ । एक चोटी मात्र होइन सयचोटी मर्ने भन्थ्योमृत्यु भएर के भो विद्रोह अमर हुन्छ भन्थ्योअनेकोटको विद्रोह जाग्ने वाला छकहिल्यै नभएको भेट हुने वाला छभन्दै नभनेर ऊ आउने वाला छ । आकासको छानोमुनि खुसी जन्मिन्छ भन्थ्योसम्म फाँटमा मात्र होइन भीरपाखामा पनि फुल्छ भन्थ्योदोरम्भाको माटोले मूल्य सोध्नेवाला छकहिल्यै न भेटेको…
Read More