राष्ट्रिय उद्योग तथा व्यापार महासंघ ७ नं. प्रदेशको संयोजकमा रामचन्द्र पाठक

धनगढी : माेहन वैद्य ‘किरण’ नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्वद्ध राष्ट्रिय उद्योग तथा व्यापार महासंघ ७ नम्बर प्रदेश समितिको प्रथम प्रदेश भेला बुधबार सम्पन्न भएको छ ।

राष्ट्रिय उद्योग तथा व्यापार महासंघका केन्द्रीय कार्यालय सदस्य कैलाश जैशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश सह—सयोजक डाइमण्ड्को बिषेश आतिथ्यता थियोे । उक्त भेलाले रामचन्द्र पाठकको संयोजकत्वमा ७ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?