जन बिहानी

1713 Posts
सिर्जना र सम्वाद कार्यक्रम सम्पन्न

सिर्जना र सम्वाद कार्यक्रम सम्पन्न

काठमाडौं : इच्छुक प्रतिष्ठानको आयोजनामा सञ्चालित सिर्जना र सम्वाद कार्यक्रमको चौथो श्रृङ्खला शनिवार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा सम्पन्न भएको छ । प्रत्येक महिनाको तेस्रो शनिवार २ बजे गरिने उक्त कार्यक्रममा यस पटक प्रगतिवादी कवि इच्छुकको तीन वटा कविता माथि गहन समीक्षा गरिएको थियो । कविता माथि समीक्षा गर्नेहरूमा अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष हिरामणी दु:खी, कवि बलराम तिमल्सिना र कवि गौरी देवकोटा हुनुहुन्थ्यो भने कविता वाचनमा कविहरू इन्दिरा अधिकारी, विष्णु न्यौपाने र सुनिता बुढाथोकी हुनुहुन्थ्यो ।  कविताहरू अजम्बरी सपना, तिलाठी र कोशी टप्पु माथि क्रमश: बलराम तिमल्सिना, गौरी देवकोटा र हिरामणी दु:खीले समीक्षा गर्नु भएको थियो भने इच्छुक प्रतिष्ठानका अध्यक्ष मित्रलाल…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा(मशाल)बीच नवलपरासीमा पार्टी एकता

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा(मशाल)बीच नवलपरासीमा पार्टी एकता

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा(मशाल) बीच नवलपरासीमा पार्टी एकता भएको छ । शुक्रवार बर्दघाटमा भएको एकता अधिबेशनले पार्टी केन्द्रीय सदस्य रवि पाण्डेयको संयोजकत्वमा ३९ सदस्सीय जिल्ला संगठन समिति निर्वाचित गरेको हो । त्यस्तै जिल्ला सहसंयोजकमा गणेश बहादुर ढकाल र भिम छन्त्याल निर्वाचित हुनुभएको सो पार्टीले जनाएको छ । एकता अधिबेशनले ४ सदस्सीय जिल्ला कार्यालय र १३ सदस्सीय सचिवालय समेत गठन गरेको छ । कार्यालयमा संयोजक , दुई सहसंयोजक र कार्यालय सदस्यमा दुर्गा नारायण चौधरी रहनुभएको छ । दुईवटा पार्टीका जिल्ला संगठन समितिलाई समायोजन गरेर नयाँ संगठन समिति निर्माण गरिएको हो । एकता अधिबेशन प्रशिक्षण तथा बैठक उद्घाटन…
Read More
वर्णविभेद र वर्गविभेदविरुद्धको सङ्घर्ष एकसाथ

वर्णविभेद र वर्गविभेदविरुद्धको सङ्घर्ष एकसाथ

हामीले वर्ण–विभेद र वर्ण–व्यवस्थासम्बन्धी ऐतिहासिक अध्ययन गर्नुपर्ने हो । त्यो गर्न पाइएको त छैन । हामीले उही पुरानै कुरा भनिरहेका छौँ । हामीले यो वर्ण–विभेदलाई वर्ग–विभेदसँग गाँस्नुपर्ने हो । त्यसलाई अझै ढङ्ग पुर्याएर गाँस्न सकिरहेका छैनौँ । हामीलाई समयको अभाव छ तर समय हुँदा पनि हामी त्यत्तिकै बसिराख्ने, जब समय आउँछ अनि काम गर्ने, त्यो बेला हतारपतार गर्ने बानी छ । हामीले यहीँबाट अभ्यास सुरु गर्नुपर्दछ । हाम्रो आदतको सत्ता कस्तो छ भने धेरै लामो समयसम्म हामी चुपचाप लागिरहेका हुन्छौँ । सम्मेलन आउने बेला हाम्रो कार्यपत्र तयार पार्दछौँ जसले गर्दा हामी धेरै पछि परेका हुन्छौँ । त्यसैले कुनै पनि बैठक…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल)बीच रूपन्देहीमा एकता

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल)बीच रूपन्देहीमा एकता

रूपन्देही : रूपन्देहीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच पार्टी एकता भएको छ । शनिबार बुटवलमा भएको एकता अधिबेशनले दिपक पौडेलको संयोजकत्वमा ६९ सदस्यीय जिल्ला सङ्गठन समिती चयन गरेको हो । त्यस्तै सह संयोजकद्वयमा बिनोद मरासिनी र रेखा खनाल निर्वाचित भएको सो पार्टीले जनाएको छ । एकता अधिबेशनले ७ सदस्सीय जिल्ला कार्यालय र २२ सदस्सीय सचिवालय समेत गठन गरेको छ । कार्यक्रम पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक निरज केसीकोे प्रमुख आतिथ्यतामा भएको थियो । एकता अधिबेशन उद्घाटन सत्रमा बोल्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक केसीले पार्र्टी एकताको बिरुद्ध छरिएका भम्रहरुलाई चिर्दै क्रान्तिको पक्षमा ईमानदारीपूर्वक…
Read More
पार्टी समितिहरुका कार्य पद्धतिहरु ( १२ मार्च १९४९) – माओ त्सेतुङ

पार्टी समितिहरुका कार्य पद्धतिहरु ( १२ मार्च १९४९) – माओ त्सेतुङ

१) पार्टी समितिको सचिवले एकजना असल “टोली नेता” बन्नु पर्दछ । एउटा पार्टी समितिमा दसदेखि वीस जनासम्म सदस्य हुन्छन्, यो समिति सेनाको एउटा टोली जस्तै हुन्छ, पार्टी सचिव चाहिं टोली नेता जस्तै हुन्छ । यस टोलीको राम्ररी नेतृत्व गर्नु साँच्चि नै सजिलो काम होइन । हाल केन्द्रीय समितिको प्रत्येक क्षेत्रीय व्यूरो र उपव्यूरोले विशाल क्षेत्रको नेतृत्व गरेको ज्यादै गहन जिम्मेवारी वहन गरेको छ । नेतृत्व गर्नु भनेको आम र विशिष्ट नीतिहरु निर्धारित गर्नु मात्र नभई सही कार्य पद्धतिहरु पत्ता लगाउनु पनि हो । सही आम र विशिष्ट नीतिहरु निर्धारित गरिसकेपछि पनि कार्य पद्धतिलाई उपेक्षा गरियो भने कठिनाईहरु पैदा हुन सक्छन्…
Read More
मोदनाथ मरहट्टाको ‘नया घामको खोजि’ कविता एक उत्कृष्ट र प्रेरणादायी कृति हो

मोदनाथ मरहट्टाको ‘नया घामको खोजि’ कविता एक उत्कृष्ट र प्रेरणादायी कृति हो

साहित्य समीक्षा लेखक : डा चूडाप्रसाद ढकाल गत शनिबार, १२ जेठ २०८१ को “मुलबाटो” मा प्रकाशित मोदनाथ मरहट्टाको कविता ‘नया घामको खोजि’ नेपाली साहित्यमा एक महत्वपूणर् सृजना हो जसले सङ्घर्ष, साहस र नयाँ बिहानको आशा व्यक्त गर्दछ । मरहट्टाको यस कविताले हाम्रो सामूहिक यात्राको संकल्पलाई प्रस्तुत गर्दछ, जसले इतिहासको अँध्यारोबाट उज्यालोको खोजी गर्छ कविताको संरचना र भाषा : कविताको संरचना सरल र स्पष्ट छ । भाषा प्रवाहशील र सहज छ, जसले पाठकलाई कविता संगै यात्रा गर्न सजिलो बनाउँछ । ‘इतिहासले ओढेको निस्पट्ट अँध्यारो मेटन’ जस्ता पंक्तिहरूले गहिरो सांस्कृतिक र ऐतिहासिक सन्देश बोकेको देखिन्छ । कविले प्राकृतिक तत्वहरूको प्रयोग गरेर हाम्रो…
Read More
सानिमा रिलायन्स लाईफलाइ कर्पोरेट वुमन्सविच क्रिकेट २०२४ को शिर्ष उपाधि

सानिमा रिलायन्स लाईफलाइ कर्पोरेट वुमन्सविच क्रिकेट २०२४ को शिर्ष उपाधि

काठमाडाैँ : सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ । जेष्ठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स बैकलाई हराउँदै सानिमा रिलायन्स लाईफको महिला क्रिकेट टिमले उक्त उपाधि हाँसिल गरेको हो । टुर्नामेन्टमा सानिमा रिलायन्स लाईफकै स्वस्तीका कार्किले वेस्ट प्लेयर अफ द सिरिज, प्लेयर अफ द फाइनल तथा वेष्ट फिल्डरको अवार्ड समेत जित्न सफल भएकी थिइन । साथै विभिन्न खेलमा सानिमा रिलायन्स लाईफकै इलिसा थापा, विमला पन्त तथा स्वस्तीका कार्कीले प्लेयर अफ द म्याच अवार्ड जित्न सफल भएका थिए । विजेता टिमको…
Read More
जुम्लामा सरकारी सवारीसाधन क्रान्तिकारी युवा संगठन नेपालले लियाे नियन्त्रण

जुम्लामा सरकारी सवारीसाधन क्रान्तिकारी युवा संगठन नेपालले लियाे नियन्त्रण

जुम्ला : मोहन बैध्य निकट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठनले सरकारी सवारीसाधन नियन्त्रणमा लिएको छ। क्रान्तिकारी युवा संगठन नेपाल ६ नं प्रदेश समितिले सरकारी सवारी साधनहरुको दुरुपयोग लाई रोक्ने कार्यक्रम अन्तर्गत शनिबार जुम्लाको ताताेपानी गाउँपालिका क्षेत्रमा प्रयोगमा ल्याएका गाडिहरु नियन्त्रमा लिएको समाचार प्राप्त भएकाे छ। नियन्त्रणमा लिएकोमा अधिकांश जिम्मेवार सरकारी कर्मचारीनै देखिन्छन् जसमा उच्च अदाल्लत जुम्लाका रजिस्टार ले प्रयोग गर्ने बागमती प्रदेश ०१०० २ झ ५१७९ नम्बरको गाडी ताताेपानी गा. पा. २ नं वाड अध्यक्ष कर्ण बा कठायत सवार क. १ ब ५२ प २२० , चन्दननाथ नगरपालिका कर्माचारी मनोज नाथ योगी सवार क. १ ब ११२…
Read More
कतारमा नेपालीको रोजगारी

कतारमा नेपालीको रोजगारी

कतार पश्चिम एशियाको एउटा देश हो । यो अरव सागरको एउटा प्रायद्वीप हो । ४,४७१ वर्ग किलोमिटरमा फैलिएको सानो क्षेत्रफल भएको यो मरुभूमिको देश हो । नेपाल, भारत, बंगलादेश लगायतका देशरूबाट गएका मजदुरहरूको श्रम र पसिनाले यो देश विकसित भएको छ । यहाँ परम्परागत राजतन्त्रात्मक व्यवस्था छ । व्यवस्थापिकाको रूपमा राजाको सल्लाहकार सभा छ । २०२१ मा पहिलो पटक सल्लाहकार सभाको लागि चुनाव भएको थियो । वैदेशिक रोजगारीमा कतारमा करिव चार लाख नेपालीहरु छन् । कमै मात्र नेपाली सरकारले घोषणा गरेको दस हजारमा विदेश आउने गर्छन । फ्री भिसा, फ्री टिकट भने पनि अधिकांस नेपाली मेन पावरलाई लाखौं रुपैयाँ खुवाएर…
Read More
साम्राज्यवादी गठबन्धन मूर्दावाद ! : “युरोपेली संसद”को निर्वाचन बहिस्कार गरौं !

साम्राज्यवादी गठबन्धन मूर्दावाद ! : “युरोपेली संसद”को निर्वाचन बहिस्कार गरौं !

काठमाडौं : “युरोपमा क्रियाशील आठओटा माओवादी पार्टीहरुद्वारा मई १६ का दिन प्रकाशित संयुक्त वक्तव्यलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा केन्द्रीय कार्यालय सचिव इन्द्रमोहन सिग्देल बसन्तले गर्नु भएको नेपालीमा भावानुवादलाई यहाँ प्रस्तुत गरिएको हो ।”अस्ट्रिया कम्युनिस्ट पार्टी (माओवादी) निर्माण समिति, कमिटी रेड स्टार, डेनमार्क, फिनल्यान्डको माओवादी समिति, माओवादी कम्युनिस्ट पार्टी फ्रान्स, रेड फ्ल्याग कमिटी, जर्मनी, नेदरल्यान्ड्सको कम्युनिस्ट कमिटी, जनताको सेवा गर –नर्वेको कम्युनिस्ट लिग, माओवादी कम्युनिस्ट पार्टी–स्पेनिश राज्यले जारी गरेको वक्तव्यलाई यहाँ प्रस्तुत गरिएको हो । अनुवादक : इन्द्रमोहन सिग्देल आगामी युरोपेली चुनावमा भाग लिन लाखौँ मानिसहरूलाई आह्वान गरिएको छ । जुन ६ देखि ९ सम्म युरोपेली संघका २७…
Read More