जन बिहानी

1713 Posts
‘सहकारी पीडितलाई न्याय दे’ भन्दै प्रधानमन्त्रीलाई देखायो कालो झण्डा

‘सहकारी पीडितलाई न्याय दे’ भन्दै प्रधानमन्त्रीलाई देखायो कालो झण्डा

पोखरा : पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका छन् । आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए । कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।प्रधानमन्त्री प्रचण्ड गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलगायतमा सहभागी हुन मंगलबार पोखरा गएका थिए । आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी भएर पार्टी प्रशिक्षण कार्यक्रममा जाँदै…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच अर्घाखाँचीकाे एकता अधिवेशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच अर्घाखाँचीकाे एकता अधिवेशन

अर्घाखाँची : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच अर्घाखाँची जिल्लामा एकता अधिवसन २०८१ जेठ २० गते सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशका सहसयोजक कृष्ण केसीले सम्बोधन गदै नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्नका लागि देशी विदेशी शक्तिहरुको कसरत भइरहेको बताए । देशको राष्ट्रिय स्वाधिनताको विषयमा पटक पटक सरकारमा गएका कम्युनिष्ट नामधारी दलहरुले सत्तासंग सौदावाजी गरिरहेकोले राष्ट्रिय स्वाधिनताको लागि विचार मिल्ने कम्युनिष्ट पार्टीहरुसंगको एकता हुनुपर्ने कुरामा जोड दिए । नेता केसीले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको विषयमा आवाज बुलन्द गर्न आवश्यक रहेको बताए । कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य अर्जुन,केन्द्रीय सदस्य कौडिल्य,ओबिराम,केन्द्रिय तथा जिल्ला…
Read More
भारतीय लोकसभा निर्वाचन : भाजपाको लोकप्रियता घट्यो

भारतीय लोकसभा निर्वाचन : भाजपाको लोकप्रियता घट्यो

काठमाडौँ : भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)को लोकप्रियता घटेको देखिएको छ । २०१९ मा सम्पन्न निर्वाचनमा ३०३ सिट जितेको भाजपाले हाल केवल २४० सिटमा मात्र विजयी भयो । पार्टीले गएको चुनावको तुलनामा ६३ सिट गुमाएको हो । बहुमत गुमाए पनि भाजपा पहिलो दल बन्न भने सफल भएको छ । साथै भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिएलाई भने बहुमत प्राप्त भएको छ। यो गठबन्धनले २ सय ९२ सिट जितेको भारतको निर्वाचन आयोगले जनाएको छ। गठबन्धन कायमै रहेमा मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने देखिन्छ । यता प्रमुख…
Read More
टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित

टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित

काठमाडौँ : टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पछ्याएको हो झिनो लक्ष्य प्रस्तुत गरेको नेपालले खेलमा विकेट लिने थुप्रे अवसर गुमाएको थियो । सोमपाल कामी र कप्तान रोहित पौडेल क्याच लिने अवसरबाट चुकेका थिए । नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ५४ रन बनाए । विक्रमजित सिंहले २८ बलमा २२ रन जोडे । साइब्रान्ड एन्जलब्रर्चटले १६ बलमा १४ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) कपिलवस्तुमा एकता अधिवेशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) कपिलवस्तुमा एकता अधिवेशन

कपिलवस्तु : क्रान्तिकारी कम्युनिस्ट पार्टीनेपाल र नेकपा(मशाल) बीच कपिलवस्तुमा पार्टी एकता भएको छ । मंगलबार बाणगगा नगरपालिकाको सिउटीमा भएको एकता अधिबेशनले पार्टी केन्द्रीय सदस्य सेरमान थारुको संयोजकत्वमा ३९ सदस्य जिल्ला संगठन समिति निर्वाचित गरेको हो । त्यस्तै जिल्ला सह- संयोजकहरुमा वीर बहादुर बिक क.संर्घष,टुकलाल पुन क. यात्री र कमल उप्रेती निर्वाचित हुनुभएको सो पार्टीले जनाएको छ । एकता अधिबेशनले ५ सदस्य कार्यालय र १४ सदस्य सचिवालय समेत गठन गरेको छ । दुईवटा पार्टीका जिल्ला संगठन समितिलाई समायोजन गरेर नयाँ संगठन समिति निर्माण गरिएको हो । एकता अधिबेशन प्रशिक्षण तथा बैठक उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा…
Read More
वैदेशिक रोजगार विभागका महानिर्देशक घिमिरेले भने, ‘एजेन्टका कारण ठगीका घटना बढ्यो’

वैदेशिक रोजगार विभागका महानिर्देशक घिमिरेले भने, ‘एजेन्टका कारण ठगीका घटना बढ्यो’

काठमाडौं : वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले एजेन्टहरूका कारण ठगीका घटना बढिरहेको छ । विगतमा मेनपावर व्यवसायीहरूले एजेन्ट तथा ब्रोकरहरू नियुक्त गरेसँगै त्यस्ता घटनाहरू बढिरहेको हो । ‘फ्रि भिसा फ्रि टिकट भनेपछि मेनपावरलाई सेवा शुल्क तोकिएन । मेनपावरले एजेन्टहरू नियुक्त गरे । ती एजेन्टहरूले मनलाग्दी तरिकाले पैसा उठाए । उनीहरू न आधिकारिक व्यक्ति हुन्, न लाइसेन्स हुन्छ । उनीहरूकै कारण समस्या आइरहेको हो,’ महानिर्देशक घिमिरेले भने । एजेन्टमार्फत हुने गरेका ठगीमा विभिन्न प्रमाण हेरेर कानुनी कारबाही गर्दै आएको उनको भनाइ छ । ‘च्याट गरेको रेकर्ड लिन्छौँ । उसको खातामा पैसा गएको छ कि छैन भनेर हेर्छौं । विदेश गएको…
Read More
विश्वकपमा आज नेदरल्यान्ड्ससँग नेपालले प्रतिस्पर्धा गर्दै

विश्वकपमा आज नेदरल्यान्ड्ससँग नेपालले प्रतिस्पर्धा गर्दै

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमले १० वर्षपछि आईसीसी ट्वान्टी २० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपालले मंगलबारको खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । ट्वान्टी २० विश्वकपमा नेपालले १० वर्षपछि चुनौती प्रस्तुत गर्न लागेको हो । यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो । नेपालले उक्त संस्करणमा समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध खेलेको थियो । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् । नेदरल्यान्ड्स ट्वान्टी २० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्दीसमेत हो । यसअघि…
Read More
मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, मधेस, कोशी र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । बागमती, मधेस, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति भने मधेश, कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा…
Read More
नव जागरण एकेडेमी र नागार्जुन नगरपालिकाकाे सहकार्यमा व्यवसायीलाई अभिमुखिकरण तालिम

नव जागरण एकेडेमी र नागार्जुन नगरपालिकाकाे सहकार्यमा व्यवसायीलाई अभिमुखिकरण तालिम

काठमाडाैँ : आर्थिक बर्षको अन्तिम समयमा व्यवसायीलाई क्लोजिङ तथा लेखा परिक्षणको हतार छ । प्रत्येक आर्थिक बर्षको आन्तिममा बर्षभरीका सबै कारोबारको लेखा परिक्षण गर्नुपर्ने प्रावधान भएका कारण व्यवसायीहरु यो समयमा कर फस्यौट गर्नमा ब्यस्त देखिन्छन । कतिपय स्थानीय तहले कर फर्स्यौट गर्न ताकेता गरिरहेका छन । कर प्रणालीका बारेमा कतिपय व्यवसायीलाई जानकारी नहुदा आर्थिक बर्षको अन्तिममा व्यवसायीलाई बढी प्रेसरमा पर्ने गरेका छन । स्थानीय तहले व्यवसायीलाई करको दर, करको दायरा तथा अन्त शुल्कका बारेमा प्रयाप्त जानकारी दिन नसक्दा मझौला व्यवसायीले दोश्रो ब्यक्ति प्रयोग गर्न बाध्य भइरहेका हुन्छन । दोश्रो ब्यक्तिको प्रयोगले ब्यवसायी मारमा परिरहेको अवस्थालाई मध्यनजर राख्दै नव जागरण एकेडेमीले…
Read More
मानवताको कलंक जातपात र छुवाछुत विभेद हुन्

मानवताको कलंक जातपात र छुवाछुत विभेद हुन्

हाम्रो देशका दलित भनिएका र बनाईएकाहरु प्राविधिक हुन् । उनीहरु प्रविधिलाई प्रस्फुटन गरी त्यसमा कला भरेर, पसिना छरेर, पसिना पोखेर सामानहरु उत्पादन गर्ने र समाजलाई अगाडि बढाउने कामको नेतृत्व र काम गर्दै आएका समाजको उच्च ज्ञानका धनी मानिसहरु हुन् । जुनसुकै अवस्थामा आफूले जानेको प्रविधिको प्रयोग गरेर सीपको समाजमा योगदान दिएका मान्छेहरुलाई यो समाजले सक्दो शोषणमा पारेर राख्यो । समाजले तल्लो जाति भनेर अछुत बनायो । उनीहरुलाई समाजबाट बहिस्कार गर्ने, उनीहरुलाई अस्वीकार गर्ने गर्दै आयो। उनीहरुलाई मात्र होईन उनका छोराछोरी शाखा सन्तान समेतलाई अछुत बनाएर राख्यो । समाजमा सिर्जनाको काम गर्नेहरुलाई समाजले अछुत बनायो । समाज तथा राज्यले उनीहरुलाई सँधै…
Read More